निर्णय नं. ३६९२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६९२ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/१२/०१ २२४४ निर्णय नं. ३६९२ ने.का.प. २०४६ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रि.पु.ई.नं. ४३ आदेश भएको मिति : २०४५।१२।१।३ मा विपक्षी/प्रत्यर्थी : जि. पर्सा बीरगंज न.पं. वार्ड नं. १९ बस्ने सिउरतिया कानू विरुद्ध विपक्षी/रिटनिवेदक : जि. पर्सा बीरगंज न.पं. वार्ड नं. ६ बस्ने शिवशंकरप्रसाद श्रीवास्तव मुद्दा : उत्प्रेषण (१) कुनै त्रुटि भए मौकामै संशोधनको लागि कारवाही चलाई संशोधन गराउनु पर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रत्यर्थी/भू.सु.का. तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी विपक्षी/रिटनिवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. यस अदालत संयुक्त इजलासको मिति २०४१।३।२३ को निर्णय दोहर्‍याई पाउँ भनी सिउरतिया कानूले श्री ५ महाराजाधिराज सरकारमा बिन्तिपत्र दिएकोमा फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्स भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. म निवेदक शिवशंकरले रमेशमान अमात्यसँग निजको नाउँ दर्ताको जि.बारा प्र.टोकनी गा.पं. नगवाको वा.नं. ८ कि.नं. ९५ को जग्गा विगाहा ०–११–० मध्ये दक्षिणतर्फबाट ०–४–० जग्गा ०३४ साल भाद्र ४ गते राजीनामा गराई लिएकोमा म्यादभित्र पारित नगरी दिएबाट अदालतमा मुद्दा दिई पास हुने ठहर भई उक्त कि.नंं ९५ बाट कित्ताकाट भई कि.नं. २७४ को जग्गा मेरो नाममा नामसारी भई ज.ध.प्र.पू. दिइएकोमा मोहियानी पनि मेरै कायम गरिएको छ । विपक्षी मध्येको सिउरतियाले उक्त साविक कि.नं. ९५ को जग्गामा मोहियानी कायम गरी पाउन निवेदन दिएछन् । मेरो दाता रमेशमानले राजीनामा गरी दिँदा साक्षीमा विपक्षी सिउरतिया, निजको लोग्ने कुन्जविहारीको छोरा ब्रम्हनारायण समेत साक्षी बसेका छन्, मेरो दाताले मलाई लिखत गरिदिनु अगाडि उक्त जग्गामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ बमोजिमको प्रकृयाबाट मात्र मोही हुन सक्ने थियो । सो भए गरेको पक्का प्रमाण पेश नभएबाट मैले खरीद गरी लिएको कि.नं. ९५ को कि.का.भै कि.नं. २७४ को जग्गामा कुनै मोही नभएको कुरा प्रतिवाद गरेको थिएँ । विपक्षी भू.सु.का. ले गणेशकुमारीले रमेशमान अमात्यलाई बिक्री गरिदिए जति कुन्जविहारीको नाउँमा मोही कायम गरी दिने भनी फैसला हुँदा कि.नं. ९५ छूट हुन गएको मिति ०२७ चैत्रको फैसला नक्कलबाट वादीको पतिलाई मोही कायम गरी दिने मनसाय साविक निर्णयबाट देखिन आउने भन्ने तर्क गर्दै उक्त जग्गामा मोही कायम हुने भन्ने मिति ०३९।१०।१७ मा भू.सु.का. पर्साबाट निर्णय भयो । ३. भू.सु.का. ले भ्रमात्मक रुपमा फैसलाको मनसायलाई आधार मान्नु भएको छ । कदाचित ठहरमा छूट भएको स्थितिमा पक्षले संशोधन नगराएमा छूट भएको जग्गालाई अड्डा अदालतले कार्यान्वयन गराउन नसक्ने उक्त साविक कि.नं. ९५ को जग्गामा कोही पनि मोही नदेखिएको पक्का प्रमाणको अभावमा सिउरतियाले हक साफी गर्न नपाउने ०३९।५।१६ मा मालपोत कार्यालय बाराले फैसला पनि गरिसकेको सिउरतियाको पति कुन्जविहारी कै मेरो दाता रमेशमानको पालामा मोहियानी कायम भएको प्रमाण नै नभएपछि लोग्नेको हकको आधारमा आएकी सिउरतियाको मोहियानी हक कायम रहन