निर्णय नं. ३६९३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६९३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/०१/२२ २१९४ निर्णय नं. ३६९३ ने.का.प. २०४६ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रि.पु.ई.नं. ४४ आदेश भएको मिति : २०४६।१।२२।५ मा निवेदक : जि.मोरङ वि.न.पं. वार्ड १० बस्ने पुष्पनिधि तिवारीको मु.स. गर्ने ऐ.ऐ. बस्ने केदारनिधि तिवारी विरुद्ध विपक्षी : जि.मोरङ बबिया विर्ता गा.पं. वार्ड ३ स्थित निम्नमाध्यमिक विद्यालय दौलतपुरसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) आफ्नो नाउँ दर्ता तथा हक स्वामित्वको जग्गाहरू कसैले दर्ता गराएको भए कानुन बमोजिम नालेश उजूर गरी आफ्नो हक कायम गराउनु पर्ने । (प्रकरण नं. १३) (२) अन्य उपचारको बाटो हुँदाहुँदै सो बाटोको अवलम्बन नगरी पर्न आएको रिटनिवेदनबाट असाधरण अधिकार क्षेत्रको प्रयोग गर्न नमिल्ने । (प्रकरण नं. १३) प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.बब्बरप्रसाद सिंह १. श्री ५ महाराजाधिराज सरकारको जुनाफमा सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।३।२२ को निर्णय पूर्ण इजलासबाट दोहोर्‍याई हेरिदिनु भन्ने हु.प्र. बक्स पाउँ भनी रिटनिवेदक पुष्पनिधि तिवारीले चढाएको बिन्तिपत्रमा संयुक्त इजलासबाट आदेश भएको मिसिल झिकी पूर्ण इजलासबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र. बक्स भई पेश हुनआएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. १९७० सालको दर्तावाला इस्का चौधरी र यिनका छोरा बुहारी पाला देखिको बबिया विर्ता गा.पं. वार्ड नं. ४(क) को नक्सामा देखिने त्यै पोखरी पश्चिम पट्टी नक्साबाट देखिने वार्ड नं. ६(ग) को जग्गा समेत ०१४ सालको बालीदेखि मैले राजीनामा पास गराई भोगचलन गरेपछि हाल स्कूलका सभापति सखिचनले तेतारु नाउँ राखी पैनीको मुख बन्द गरे खुलाई पाउँ भनी उजूर गरेको सोही पूरानो कच्ची बाँधदेखि अं. ११०० फुट तल मैले ०२३ सालमा कच्ची बाँध बाधी सो बाँध पूर्व छेउबाट आफ्नै आवादी खेतमा पैनी बनाई पठाउने गरेको उक्त ४(क) को नक्साबाट देखिन्छ । उक्त पैनी र पोखरी आफ्नै नम्बरी जग्गालाई पानीले डुबाएकोले अर्काले खर खिचोला नगरोस भनी गा.पं. ऐन, २९(क) बमोजिम मेरो नाउँमा दर्ता गरिपाउँ भनी द.नं. ५७८ मिति ०३१।१२।२५ मा जग्गा आवाद गर्नेको ७ नं. बमोजिम मेरो नाउँमा दर्ता गर्न मनासिब ठहराई सरजमीन समेत भएको विपक्षी सखिचन समेतले म उपर ०१७।५।२ मा यही जग्गाको बाँध पैनीलाई लिएर विराटनगर गोश्वारामा दिएको मुद्दामा गराएको नक्सामा हालको विवादको कि.नं. १७० हाम्रो १९७० सालदेखिको हो भन्ने देखिन्छ । मैले पक्की बाँध बाधेकोमा ०३९ सालमा ललितबहादुर समेतले पक्की साइफुल बाँध भत्काए भन्ने मेरो मोरङ जि.अ. मा उजूर पर्दा भएको नक्सामा समेत सो बाँध बबिया गा.पं. वार्ड नं. ४(क) कि.नं. १७० मा देखिएकै छ । उक्त कि.नं. १७० को जग्गा पानी पोखरी हुँदा हामीले पटन गरी रहेकोमा विपक्षी स्कूलले अनधिकृत रुपमा सिफारिश गराई स्कूलको नाउँमा दर्ता गराएछन् । पछि गाउँ पञ्चायत सभाको बैठकले समेत गाउँ पञ्चायतको सभापति स्कूलले दर्ता गराएको बेमनासिब हुँदा बदर गर्ने समेत ०३५।१२।२६ का गाउँ सभाले पास गरेको निर्णय जि.पञ्चायतमा कारवाई निमित्त पठाउनु पर्नेमा जिल्ला शिक्षा कार्यालयमा पठाए । ३. साविक देखि मेरो