निर्णय नं. ३६९४ - बिगो भराई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६९४ - बिगो भराई पाउँ भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/१२/२९ २९६० निर्णय नं. ३६९४ ने.का.प. २०४६ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको दे.पु.ई.नं. ८६ फैसला भएको मिति : २०४५।१२।२९।३ मा निवेदक/वादी : बुटवल न.पं.वा.नं. ६ बस्ने हरिप्रसाद पाण्डे विरुद्ध विपक्षी/प्रतिवादी : जि.रुपन्देही परौहा गा.पं. वडा नं. ७ बस्ने भुवनेश्वर श्रेष्ठ मुद्दा : बिगो भराई पाउँ (१) अ.बं. १७१(क) नं. बमोजिम बेचबिखन समेत गर्न रोक्का रहेको सम्पत्ति रोक्का फुकुवा नभएसम्म अरुका नाममा बेचबिखन दर्ता नामसारी हुने अवस्था रहँदैन, अरुका नाममा बेचबिखन दर्ता नामसारी भएमा पनि त्यसले कानुनी मान्यता प्राप्त गर्न सक्ने अवस्था नहुने । (प्रकरण नं. १४) निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल फैसला न्या.बब्बरप्रसाद सिंह १. श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट २०४२।३।३१ मा भएको निर्णय दोहोराई पाउँ भनी हरिप्रसाद पाण्डेको हकमा तीर्थ डंगोलले न्यायिक समिति मार्फत चढाएको निवेदनहरू र न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरबारबाट मिति २०४३।२।२२ गतेमा लेखिई आएको व्यहोरा पेश हुँदा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट भएको २०४३।३।१२ गतेको आदेशानुसार यस इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :– २. विपक्षीसंगको लेनदेन मुद्दामा मैले प्रतिवादीबाट रु. ५०,०००।– र व्याज रु. १८,९३०।४१ र अन्य दस्तूर र कोर्टफी समेत रु. २२४२।– समेत जम्मा रु. ७१,१७२।४१ भराई लिन पाउने गरी रुपन्देही जिल्ला अदालतबाट मिति २०३८।७।२७ मा फैसला भएकोले प्रतिवादीका हकको सेमलार आ.गा.पं. वडा नं. २(ख) कि.नं. ६० को ज.वि. ०–१९–१० जग्गा र सोही जग्गामा बनेको घर समेतबाट बिगो भराइपाउँ भन्नेसमेत व्यहोराको वादी हरिप्रसाद पाण्डेको मिति २०३८।९।२९ गतेको निवेदन । ३. फैसला अनुसार बिगो भराई दिन प्रतिवादीका नाममा ३५ दिने म्याद जारी भई गएकोमा निजले बिगो दाखिल नगरेकोले बिगो भराउने कारवाही भएकोमा दरखास्तमा लेखिएको जग्गा प्रतिवादीको नाममा नभई कूलप्रसाद र भीमलालको नाममा दर्ता भएको भन्ने मालपोत कार्यालय, रुपन्देहीको पत्रबाट देखिएकोले एकाले खाएको बिगोमा अर्को व्यक्तिको जग्गा लिलाम गरी बिगो भराउन नमिल्ने हुँदा कानुन बमोजिम गर्नु भनी दरखास्तवालालाई सुनाई दिनु भन्ने समेत रुपन्देही जिल्ला अदालतबाट मिति २०३९।९।१६ मा भएको आदेश । ४. विवादको जग्गा मिति २०२७।९।१८ मा भुवनेश्रवरका नाममा फिल्डबुकमा नापी भइसकेको छ र रोक्का राख्ने आदेश हुँदा भुवनेश्वरकै नाममा श्रेस्ताबाट देखिन्छ । रोक्का राख्ने आदेश गएपछि रोक्का राख्ने आदेशको प्रतिकूल मिति २०३८।९।९ मा निजै भुवनेश्वरको छोडपत्र समेतको आधारमा मालपोत कार्यालयले कि.नं. ६० फोड गरी कि.नं. १६५, १६६ कायम गरी कूलप्रसाद र भीमलालका नाममा दर्ता गरिदिनु भएको हुँदा भएको आदेशमा चित्त बुझेन भन्ने समेत वादी हरिप्रसाद पाण्डेको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ५. अन्य व्यक्तिको नाममा रहेको जग्गा अदालतबाट दर्ता बदर नभएसम्म कायम रहने हुँदा पुनरावेदन जिकिर पुग्न सक्ने भए