निर्णय नं. ३६९५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६९५ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/०१/२७ २१९५ निर्णय नं. ३६९५ ने.का.प. २०४६ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पू.इ.नं. २४ फैसला भएको मिति : २०४६।१।२७।३ मा निवेदक/प्रतिवादी : जि.का. कारागार शाखा काठमाडौंमा थुनामा रहेका रामप्रसाद पन्त विरुद्ध विपक्षी/वादी : रामप्रसाद सेढाइको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) वारदात स्थलमा उपस्थित रहेकै प्रमाणित भएको यस स्थितिमा प्रतिवादीले चोरीको ६ नं. अनुसार चोरी डाँका गरेको र ज्यान सम्बन्धीको १७(३) अन्तर्गतको अपराधसम्म गरेको ठहर्ने । (प्रकरण नं. २७) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी प्रत्यर्थी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.पृथ्वीबहादुर सिंह १. श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालतबाट मिति २०४३।९।७ मा भएको फैसला दोहराई पाउँ भनी न्यायिक समिति मार्फत चढाई पठाएको विन्तिपत्र न्यायिक समितिले चढाई पठाएको पर्चा समेतका व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त फैसला दोहराई हेरी कानुन बमोजिम गर्न हुकूम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४५।४।३० मा लेखिआए अनुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. का.प.जि. खरेलथोक गा.पं. वडा नं. १ निवासी बालकृष्ण खरेलको घरमा निजको घर जग्गा रेखदेख कामकाज गरी बस्ने अं. वर्ष ४५ को नाम थाहा नभएको जात खरेल बाहुनलाई मिति २०३९।५।२६ गते राती के कति बजे हो, ५–६ जना भई बाँधछाँद गरी मरणासन्न हालतमा कुटपीट गरी छाडी भागी गएको भनी निजकै स्वास्नी लाटीको इसाराबाट थाहा पाएको र भोलिपल्ट बिहान मानिसहरूले थाहा पाई डोरी खोली राखेपछि मलाई खबर गर्न आएकोमा ४ बजे सो घटनास्थलमा पुगी हेर्दा निजको हालत चिन्ताजनक भएकोले अस्पतालतर्फ लैजाने कुरा हुँदाहुँदै ६.३० बजे निज मरेको र सो घरमा लगाई राखेको चोटा कोठाको ताल्चा समेत तोडफोड गरेको रहेछ, धनमाल के कति लगे सो थाहा पाउन घर धनी काठमाडौमा भएको घर धनी नआई केही थाहा नहुने भएकोले मानिसहरू कुरुवा राखी जाहेर गर्न आएको छु । नियमानुसार कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको उप प्र.पं. रामप्रसाद सेढाइको मिति २०३९।५।२८ को जाहेरी दरखास्त । ४. मुखको दायाँपट्टि मुख र नाकबाट रगत चुही सुकेको, बायाँ आखाँको माथि तालुमा कुनै धार नभएको चिजले हिर्काएको जस्तो ११२” लम्बा, १” चौडाको निल र रगत नफुटेको घाउ, घाँटीमा चारैतिर नागबेली सानो डोरीको डाम देखिएको, पेट सबै निलो, जिउभरी ठाउँ ठाउँमा निलडाम देखिएको, पिसाब नली मुनिको भागमा नागबेली डोरी डाम सन्धीको चारैतर्फ देखिएको भन्ने समेत व्यहोराको मिति २०३९।५।२९ को लाश प्रकृति मुचुल्का । ५. बालकृष्ण खरेलको घरमा रेखदेख गर्न राखेका पदमहरीलाई नामालुम कहाँका डाँकाहरू आई मिति २०३९।५।२६ गते राती कुटपीट बाँधछाँद गरी, धनमाल चोरी गरी लग्यो भन्ने निजकै लाटी श्रीमतीले ऐ. २७ गते बिहान मेरो घरमा इशारा गर्दै बोलाउन आएकोले म र मेरो साला निर्मान श्रेष्ठ समेत घटनास्थलमा जाँदा, पदमहरी अचेत अवस्थामा भान्छा कोठामा लडी रहेका निजको मुख नाकबाट रगत बगी रहेको देखी डरले भित्र पस्न नसकी केशव खरेललाई डाक्न गई ल्याएपछि घटनास्थलभित्र पसी हेर्द