निर्णय नं. ३६९६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६९६ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/११/१५ २१८२ निर्णय नं. ३६९६ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. १९०२ आदेश भएको मिति : २०४५।११।१५।१ मा निवेदक : जि. सप्तरी बनैनिया गा.पं. वडा नं. ४ बस्ने चन्द्रनारायण सिंह विरुद्ध विपक्षी : श्री निर्वाचन विशेष अदालत मुकाम जिल्ला अदालत सप्तरीसमेत विषय : उत्प्रेषण (१) कानुन बमोजिम सम्पूर्ण निर्वाचन बदर गराई माग्ने अथवा निर्वाचित घोषित गराई पाउँ भनी प्रष्ट दावी लिनुपर्ने कानुनी व्यवस्था भएकोमा दुवै कुराको दावी गर्नु कानुनसंगत नदेखिने । (प्रकरण नं. १०) (२) निर्वाचन विशेष अदालतमा सम्बन्धित जिल्ला न्यायाधीशलाई तोकेकोमा अतिरिक्त जिल्ला न्यायाधीशले निर्णय गरेको मिलेन भन्नेतर्फ हेर्दा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा २(क) अनुसार जिल्ला न्यायाधीश भन्नाले अतिरिक्त जिल्ला न्यायाधीशलाई पनि बुझाउँदछ, तसर्थ अतिरिक्त जिल्ला न्यायाधीशले निर्णय गरेको कारणबाट मात्र अनधिकृत वा गैरकानुनी फैसला मान्न नमिल्ने । (प्रकरण नं. १०) (३) मुद्दाको औचित्य अनुसार मात्र पुनः मतपत्र गन्ति गरिने हुन्छ, उजूरी पर्नासाथ मतपत्र गन्ति गर्नुपर्ने कानुनी बाध्यता होइन, उजूरीको निर्णय गर्नका लागि कति हदसम्म मतपत्रको गन्ति गर्न आवश्यक छ भन्ने कुरा मुद्दाको तथ्यमा निर्भर हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. २०४३ साल चैत्र ७ गते सप्तरी जिल्लाका स्थानीय पञ्चायतहरूको निर्वाचन हुँदा म निवेदक र विपक्षी बलराम यादव समेत बनैनिया गा.पं.को प्रधानपञ्चको उम्मेदवार भएका थियौं । मतदान हुँदा विपक्षी बलरामप्रसाद यादवले जबरजस्ती ७० मतपत्रमा छाप लगाई आफ्नो पक्षमा हाले तैपनि निजको तुलनामा कानुन अनुसार सदर हुने ११३ मत मेरो पक्षमा बढी प्राप्त भएको थियो तर विपक्षी मतदान अधिकृतले मेरो ६५ मतपत्रलाई दोहोरो छाप लागेको भनी बदर गर्नु भयो जबकी ती ६५ थान मतपत्रमा मेरो चुनाव चिन्ह घडी र कोही पनि उम्मेदवार नभएको चिन्ह गिलासमा मात्र छाप अंकित थियो । त्यस्तै ३० वटा मेरो निर्वाचन चिन्ह घडीमा छाप लागेका मतपत्रहरूलाई फोहोर भनी बदर गरियो र विपक्षी र मेरो दुबै उम्मेदवारको चुनाव चिन्ह अर्थात घडी र गाई चिन्हमा दोहोरो छाप लागेको ३५ वटा मतपत्रहरूलाई विपक्षीको हकमा सदर मतपत्र भनी गन्ति गरिदिनु भयो । यसरी म ११३ बढी मतले विजयी भएकोलाई १७ मतले पराजित भएको ठहर्याई विपक्षी बलराम यादवलाई विजयी घोषित गरियो । त्यस उपर चित्त नबुझी विपक्षी निर्वाचन विशेष अदालत सप्तरीमा उजूरी गरेकोमा मेरो दावी विरोधाभाषपूर्ण तथा तथ्यहिन देखिएको भन्दै उजूरी खारेज गरियो । ३. श्री ५ को सरकारले राजपत्रमा सूचना प्रकाशित गरी गठन गरेको निर्वाचन विशेष अदालतमा सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई तोकेकोमा मेरो उजूरीको कारवाही निर्णय अतिरिक्त जिल्ला न्यायाधीशबाट भएकोले सो निर्णय नै अनधिकृत र गैरकानुनी छ । मेरो उजूरी विरोधाभाष र भ्रमात्मक छैन, पूर्णरुपले स्पष्ट छ । म