निर्णय नं. ३६९७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६९७ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/११/१८ २३०१ निर्णय नं. ३६९७ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४०६ सम्वत् २०४५ सालको फौ.पु.नं. ६१३ फैसला भएको मिति : २०४५।११।१८।४ मा पुनरावेदक/वादी : सोनफी राय यादवको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.म. सुन्दरपुर गा.पं. वार्ड नं.२ बस्ने विन्देश्वर राय यादवसमेत मुद्दा : कर्तव्य ज्यान (१) चिकित्सकको प्रमाणलाई अकाट्य मान्नु पर्ने हुँदैन, अन्य सबूद प्रमाणको दाँजोमा मूल्यांकन गर्नुपर्ने, पुनरावेदक विरामी भई उपचार गराएको भन्ने अवस्था देखिँदैन, यस स्थितिमा प्रतिवादीले पेश गरेको चिकित्सकको प्रमाणपत्र विश्वसनीय नदेखिने । (प्रकरण नं. २०) (२) यस यसले यस यस ठाउँमा चोट छाडेको भन्ने तथ्ययुक्त सबूद प्रमाण केही नदेखिएको स्थितिमा अपराधी कायम गर्न नमिल्ने । (प्रकरण नं. २१) पुनरावेदक तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बगोटी र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर दुबै पक्षको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मिति २०४१।२।६।७ बिहान अं. ८.३० (साविक पेज नं. ४५) बजेको समयमा म आफ्नो खलीहानमा बसिरहेको अवस्था चन्देवश्वर रायले भाला र जुगल राय, सिगेश्वर, सोन्फी राय, सत्यनारायण राय, दिनेश राय, रामवरण राय, चलितर राय समेतले लाठी लिई हुल भई आई यो मन्दिर देखि दक्षिण पट्टिको घर जग्गा मेरो हो भनी रामवरण समेत सबैजनाले भनेकोमा प्रमाण देखाउ भनी भन्दा म उपर उल्लिखित मानिसहरूले भाला समेतले हमला गरेकोमा काका राम औतारले यस्तो अन्याय गरी कुटपीट गर्न हुँदैन भनी भनेकोमा चण्डेश्वरले हातमा लिएको भाला तथा अन्य व्यक्तिले लाठीले काका समेतलाई प्रहार गरी म र काकालाई सख्त घाइते पारेको अवस्था छोरा जवाहरलाल समेतले बचाउन खोज्दा निजलाई समेत उल्लिखित मानिसहरूले कुटपीट गरेको काका राम औतारलाई उपचार गराउन अस्पताल लाँदा निज मरी सकेछन् अतः माथि उल्लिखित व्यक्तिहरूलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको सोन्फी राय यादवको जाहेरी । ३. निधारको बायाँ साइड माथि टाउकोमा १” चौडाई ११२ ” लम्बाई १२ ” गहिराई भएको खोपील्टो परी रगत बगी रहेको बायाँ आँखा सुनिएर निलो भएको भन्ने समेतको लाश प्रकृति मुचुल्का । ४. मिति २०४१।२।६ गते बिहान अं. ८.३० बजे हात गोडा धोइरहेकोमा बाबु सोन्फी रायको आवाज सुनी जाँदा चण्डेश्वर, सिगेश्वर, जुगल, विन्देश्वर, सोन्फी राय, सत्यनारायण, दिनेश राय, रामवरण, राम चलीतर राय समेतले भाला लाठीले बुबा सोन्फी र बाजे राम औतारलाई कुटपीट गरी रगत पक्ष पारेको देखी यस्तो अन्याय नगर्नुस भन्दा म समेतलाई कुटपीट गरेको बाजे राम औतारलाई उपचार गराउन अस्पताल लाँदा निज मरी सकेको रहेछन् भन्ने समेतको जवाहरलाल यादवको कागज । ५. म कृषि विभाग अन्तर्गत धनुषा कृषि शाखा मातहत कार्यक्षेत्र बेंगाडावरमा नायब प्राविधिक सहायक पदमा काम गर्दै आएको हुँदा वारदातको दिन म गाउँ घरमा छैन, जवाहर रायले मलाई किन पोले थाहा छैन, मेरो दाज्यु चण्डेश्वर समेतको र गाउँको रामऔतार राय पक्ष बीच झैझगडा भई कुटपीट भई बढी चोट ल