निर्णय नं. ३६९८ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६९८ - लिखत बदर भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/११/२९ २४१४ निर्णय नं. ३६९८ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको दे.पु.नं. ५२६ फैसला भएको मिति : २०४५।११।२९।१ मा पुनरावेदक/वादी : जि.धनुषा वरमझिया गा.पं.वा.नं.६ बस्ने दुर्गाप्रसाद प्रधानाड्ड विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने वेतिमाया प्रधानाड्डसमेत मुद्दा : लिखत बदर (१) बन्देजी मिलापत्रको सम्बन्धमा करकाप मुद्दा परी करकाप नठहरी सो मिलापत्र कायमै रहेको स्थितिमा एकासगोलको मान्न नमिल्ने । (प्रकरण नं. १३) (२) बेगल भई आफू खुस गर्न पाउने जग्गा विक्री गरेकोमा सो लिखत बदर हुन नसक्ने । (प्रकरण नं. १३) विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. म.क्षे.अ.को फैसला कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमतिपाउँ भन्ने निवेदनमा स.अ. डि.बे.का मिति २०४३।४।२२ गतेको आदेशद्वारा अनुमति प्राप्त गरी पुनरावेदन पर्न आएकोमा मुद्दाको तथ्य यसप्रकार छ । २. वेतिमाया काकी नाताको भएको निजको लोग्ने जगतबहादुर मेरो बाबु कृष्णबहादुर एकासगोलमा बसेको जगतबहादुर स्वर्गे भई निजका नाममा रहेको मसमेतको हकाधिकारको जग्गा मसमेतले भोगादी चलन गरि आएको र म समेतको हक लाग्ने विपक्षी वेतिमायाका नाममा दर्ता रहेको विभिन्न कित्ताको ज.वि. १–१२–१० विपक्षी वेतिमायाले विपक्षी वेचुवा तामाङलाई विक्री गरेकोले मेरो मन्जूरी बेगर सो कार्य गरेको हुँदा २ खण्ड को १ खण्ड लिखत दर्ता बदर गरी मेरा नाममा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. विपक्षी मसंग भिन्न भई बसेका भतिजा हुन । मेरा पति २०१९ सालमा नै भिन्न भई बेगल बस्नु भएको हो । मैले बिक्री गरेको जग्गा पैतृक सम्पत्ति नभई मेरा पतिले बाँडफाँड गरी १९८३ मा नापी गराएको जग्गा हो तसर्थ झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको वेतिमाया प्रधानाङ्गको प्रतिउत्तरपत्र । ४. वेतिमायाबाट मैले खरीद गरी लिएको जग्गा जगतबहादुरको स्वआर्जनको सम्पत्ति हो । तसर्थ अ.बं. ८२ नं. बमोजिम हकदैया नपुग्ने व्यक्तिले गरेको अनाधिकार फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको वेचुवा तामाङको प्रतिउत्तरपत्र । ५. सगोलको नै हो भन्ने प्रमाण पेश नभएको घरको मुख्यले आधिसम्म व्यवहार चलाउन बिक्री गर्न पाउने कानुनी व्यवस्था भएको समेतबाट वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति २०३८।१०।१२ गतेको फैसला । ६. सो फैसलामा चित्त बुझेन, उक्त फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको दुर्गाप्रसाद प्रधानाड्डको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ७. यी पक्षहरू अंशियार भए पनि अचल सम्पत्ति सगोलमा रहेको तथ्य पुष्टि हुन आएको काकी नाताको वेतिमायालाई अंश बण्डाको १९ नं. को सुविधा प्राप्त हुन सक्ने नहुनाले आधा लिखत र दर्ता बदर गरी फिरादीको नाममा दर्ता हुने ठहर्छ भन्ने समेत व्यवहोराको जनकपुर अञ्चल अदालतको फैसला । ८. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.वेतिमाया समेतको निवेदन मा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत म.क्षेत्रीय अदालतको आदेश । ९. रघुनाथपुर मालमा मिलापत्र गरे भनेको मिति २०१९।८।२८ गतेको मिलापत्रबाट वादी र वेतिमायााको पति जगतबहादुर छुट्टी भिन्न भएको देखिन्छ । जगतबहादुरले वादी उपर करकाप मुद्दा