निर्णय नं. ३७०१ - खाना खर्च

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७०१ - खाना खर्च भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/११/११ २८७२ निर्णय नं. ३७०१ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं. ७७४ फैसला भएको मिति : २०४५।११।११।४ मा पुनरावेदक/वादी : तौलिहवा न.पं.वा.नं. २ बस्ने श्यामादेवी कसोधन विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ. तोलिहवा वा.नं. ३ बस्ने घिराउ भन्ने कृष्णकुमार कसोधन मुद्दा : खाना खर्च (१) अंश लिई भिन्न बसेकी स्वास्नीले पालन पोषण गरेको छोरीको खर्च बाबुले व्यहोर्नु नपर्ने भन्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पश्चिमाञ्चल क्षे.अ.को मिति २०४३।८।२३।२ को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी पक्षको यस अदालतमा निवेदन परी पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २. विपक्षी घिराउ भन्ने कृष्णकुमार मेरो लोग्ने हुन । निजसँग मेरो अंश मुद्दा परी अञ्चल अदालत लगायतबाट मैले अंश पाउने ठहरी फैसला भएको छ । मेरो छोरी जानकीको मेरो माइतीले हेरविचार गर्न छाडेकाले २०३६।७।१ गते विपक्षी लोग्नेसँग गई छोरी पालन पोषण गर्नु पर्‍यो जिम्मा लिनुस् होइन भने मासिक रु. ३००।– पालन पोषण र शिक्षा दीक्षाको लागि दिनुस् भन्दा निजले इन्कार गरेको हुँदा नाबालक छोरी निजकै जिम्मा लगाई दिई २०३६।७।१ देखि २०३७।६।२७ सम्मको मासिक रु. ३००।– ले हुने रु. ३५७०।– विपक्षबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको वादी दावी । ३. वादी दावी अनुसार विपक्ष म संग आई छोरी जिम्मा लिनुहोस् भनेको होइन । सम्मानित अदालतको रोहवरमा छोरी जानकीलाई जिम्मा दिलाई पाउँ । म छोरीको पालन पोषण र जिम्मा लिन तयार छु । जस्को जुन कुरामा हक पुग्छ उसले सो कुरामा दावी गरेमा मात्र नालिस लाग्ने कानुनी व्यवस्था भएकोमा प्रस्तुत मुद्दा विपक्षले छोरीको हकमा पनि दायर नगरी सोझै दायर गरेकोले दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. अ.बं. ८२ नं. बमोजिम जानकीदेवीले उजूर गर्ने हक देखिएकोले यी वादीको हकदैया नपुग्नेको उजूर भएकोले अ.बं. १८० नं. बमोजिम खारेज हुन्छ भन्ने समेत व्यहोराको २०३९।३।३१ को कपिलबस्तु जि.अ.को फैसला ५. उक्त फैसलामा चित्त बुझेन । वादी दावी बमोजिम मैले पाल्दा लागेको खर्च रु. ३५७०।–दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादीको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. नाबालक जानकीलाई पाल्न अदालतको रोहवरमा विपक्षी जिम्मा लगाई पाउँ भनी वादी दावी भएकोमा प्रतिउत्तर व्यहोरामा मन्जूर पनि भएको सो सम्बन्धमा भने शुरु जि.अ.ले केही बोलेकै नदेखिँदा अ.बं. १९२ नं. बमोजिम शुरुको फैसला बदर हुने ठहर्छ । वादी दावी जति कुरामा एकै पटक निर्णय गर्नु भनी दुबै पक्षलाई तारेख तोकी मिसिल शुरु जि.अ.मा पठाई दिनु भन्ने समेत व्यहोराको लुम्बिनी अञ्चल अदालतको २०४०।६।५ को फैसला । ७. वादी दावी बमोजिम प्रतिवादीबाट खाना खर्च भराई पाउने र छोरी जानकीलाई मुद्दाको अन्तिम टुङ्गो लागेपछि अदालतबाट प्रतिवादी कृष्णकुमारलाई जिम्मा लगाई दिने समेत ठहर्छ भन्ने समेत व्यहोराको शुरु जि.अ.को फैसला । ८. शुरु जि.अ.को इन्साफमा चित्त बुझेन भनी प्रतिवाद