निर्णय नं. ९०४६ - वैदेशिक रोजगार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०४६ - वैदेशिक रोजगार भाग: ५५ साल: २०७० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७०/०१/२२ ४७०५ ने.का.प. २०७०, अङ्क ८ निर्णय नं.९०४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री ज्ञानेन्द्र बहादुर कार्की फैसला मिति : २०७०।१।२२।१ ०६५–CR–०७१२ मुद्दा : वैदेशिक रोजगार । पुनरावेदक/प्रतिवादी : झापा जिल्ला, दमक नगरपालिका वडा नं.११ बस्ने सतिस साह विरूद्ध विपक्षी/वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार § वैदेशिक रोजगार ठगी कसूर हुनको लागि विदेश पठाई रोजगारमा लगाई दिन्छु भनी इजाजत लिएका कम्पनी सञ्चालक हुन वा अन्य जो कोही व्यक्तिले अर्को व्यक्तिलाई झुक्यानमा पारी कुनै सम्पति लिई विदेश नपठाएको र रकम पनि फिर्ता नगरेको अवस्था हुनुपर्ने । § ठगी गर्ने मनसाय पनि नभएको, ठगी गर्ने भनिएका मुख्य व्यक्तिसँग ठगी गर्ने कार्यमा मिलेको नदेखिएको र ठगी गर्दछ भन्ने थाहा जानकारी पनि नभएको अवस्थामा अर्को व्यक्तिलाई आफूसँग कुनै काम गर्न सल्लाहमात्र दिएको आधारमा ठगी गरेको हो भन्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल विपक्षी/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता भरतलाल शर्मा अवलम्बित नजीर : सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०४२ फैसला न्या. ज्ञानेन्द्रबहादुर कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०६५।८।११ को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– प्रतिवादी सतिस साहले मलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाई दिन्छु भनी रू. ८,००,०००। (आठ लाख) लिई वैदेशिक रोजगारमा नपठाई भारतको दिल्ली हुँदै बम्बईसम्म मात्र पुर्‍याई अलपत्र पारी आफू बेपत्ता भई मेरो रकम फिर्ता नगरी ठगी गरी वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४(२) बमोजिम अपराध गरेको हुँदा निजलाई पक्राउ गरी सोही ऐन बमोजिम कारवाही गरी मबाट लिएको रकम र क्षतिपूर्तिसमेत दिलाई भराई पाऊँ भन्ने व्यहोराको जाहेरवाला मानकुमार श्रेष्ठले श्रम तथा रोजगार प्रबर्द्धन विभागसमक्ष दिएको जाहेरी दर्खास्त । जाहेरवाला र मसमेतका व्यक्तिहरूले अमेरिका जान भनी भारतीय नागरिक विजेन्द्र शर्मालाई हामी सबैले रू.१५,२५,०००।– (पन्ध्र लाख पच्चीस हजारमात्र) भारतीय रूपैया बुझाएका हौं । निज विजेन्द्र शर्मासँग ममार्फत जाहेरवालाको सम्पर्क भएको र जाहेरवालाले नै रकम दिएका हुन् । मैले जाहेरवालाबाट रकम लिई वैदेशिक रोजगारमा पठाउने गरेको होइन भन्ने व्यहोराको प्रतिवादी सतिस साहले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान । प्रतिवादी सतिस साहसँग रू ७५,००० नगद धरौट माग गर्ने गरी अनुसन्धान अधिकृतबाट खडा गरेको निर्णय पर्चा र प्रतिवादीले धरौट राख्न नसक्ने भनी गरी दिएको कागज । जाहेरवालालाई वैदेशिक रोजगारमा पठाई दिन्छु भनी जाहेरवालाबाट रू. ८,००,०००।– (आठ लाख) लिएको भन्ने कुरा प्रतिवादीबाटै सुनी थाहा पाएको हुँ भन्ने व्यहोराको भीम पौडेल समेतका मानिसहरूले लेखाई दिएको वस्तुस्थिति मुचुल्का । जाहेरवालालाई वैदेशिक रोजगारको लागि अमेरिका पठाउन भनी प्रतिवादीले साथमा लिई गएको देखेको हो । धेरै समयपछि जाहेरवालालाई दमकमा नै भेट्दा विदेश नपठाई प्रतिवादीले ठगी गरेको भन्ने थाहा भयो । त्यसपछि समाजका मानिसहरू बसेर छलफल गर्दा जाहेरवालाको रकम मैले भारतीय नागरिक विजेन्द्र शर्मालाई बुझाउन लिएको हो । उक्त रकमको दायित्व मैले लि