निर्णय नं. ३७०३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७०३ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/१२/२८ २४४७ निर्णय नं. ३७०३ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. १६४९ आदेश भएको मिति : २०४५।१२।२८।२ मा निवेदक : का.जि. मच्छेगाउँ गा.पं.वा.नं. १ बस्ने कृष्णबहादुर देसार विरुद्ध प्रत्यर्थी : अध्यक्ष तथा महाप्रबन्धक, कृषि विकास बैंकसमेत विषय : उत्प्रेषण (१) विशेष अवस्थामा सफाईको सबूद पेश गर्ने अवसरबाट बन्चित गर्ने प्रयोजनका लागि नियम ६(२) बमोजिम पर्चा खडा गरी सजायँ गर्न सकिने देखिन्छ तर यसबाट उचित र पर्याप्त कारण बिना नै पर्चा खडा गरी सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १३) (२) मौका दिँदा अव्यवहारिक हुने भन्नलाई खडा भएको पर्चामा स्पष्ट र किटान साथ अव्यवहारिक हुने कारणको उल्लेख हुनुपर्नेमा निवेदकको सम्बन्धमा खडा गरिएको पर्चामा सो किसिमले अभिव्यक्त भएको देखिन नआएकोले खडा भएको सो पर्चालाई कृ.बि.बैं, कर्मचारी सेवा शर्त नियमावली, २०२४ को नियम ६(१)ङ को प्रयोजनको लागि सो कानुन अनुकूल भएको भन्न नमिल्ने । (प्रकरण नं. १४) रिटनिवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रसाद घिमिरे उल्लेखित मुद्दा : सामान्य प्रशासन मन्त्रालय विरुद्ध श्रीलाल झा रि.नं. ६८, ६९, मिति २०४५।१०।१८ मा फुलबेञ्चबाट सिद्धान्त प्रतिपादन भएको । आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधान १६।७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. म निवेदक कृषि विकास बैंक मुख्य कार्यालयको मिति २०२८।१०।१६ को पत्रानुसार लेखापाल पदमा ६ महीनाको परीक्षण कालमा नियुक्त भई कार्यरत थिएँ । मिति २०२९।४।१६ देखि परीक्षण काल समाप्त भई सोही लेखापाल पदमा स्थायी रुपमा नियुक्त भएको छु । मिति २०३३।९।१२ को निर्णयानुसार मिति २०३३।९।१४ देखि लागू हुने गरी कार्यालय सहायक पदमा बढुवा भएको र मु.का. को २०३३।१०।८ को पत्रानुसार शाखा कार्यालय कलैयाबाट मु.का. काठमाडौंमा सरुवा भई ०४१ साल मार्ग मसान्तसम्म ७ वर्ष कामकाज गरेको थिएँ । मु.का. को २०४१।७।३ को निर्णयानुसार उपशाखा कार्यालय सिन्धुलीमा कायम मुकायम उपशाखा प्रबन्धक पदमा हाजिर भई कामकाज गरिरहेको थिएँ । यस अवस्थामा कृ.वि.बैं. सिन्धुली उपशाखाको का.मु. उपशाखा प्रबन्धकमा रही कामकाज गर्नु हुँदा सो कार्यालयबाट ऋण लगानी गर्दा किसानबाट कमिशन खाने गरेकोले तपाईले तपाईको आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगरेको अभियोगमा भविष्यमा बैंकको नोकरीको निमित्त अयोग्य नठहरिने गरी अध्यक्ष तथा महाप्रबन्धकज्यूबाट मिति ०४२ साल माघ २४ गते खडा गरेको पर्चा अनुसार तपाईलाई तपाईको पदाधिकार रहेको कार्यालय सहायक पदबाट उक्त मिति देखि नै हटाइसकेको भन्ने पत्र ०४२।१०।२५ मा प्राप्त भयो । ३. उक्त मितिका निर्णय पर्चाहरूको नक्कल पटक पटक माग गर्दा निर्णय पर्चाको नक्कल दिन मिल्दैन भन्ने जवाफ उक्त विपक्षी कार्यालयबाट पाइयो । मलाई सेवाबाट हटाउँदा पर्चा खडा गरिए तापनि उक्त पर्चामा अन्य व्यवहारिक कारण के पर्‍यो सोसमेत खुलाउन सकेको छैन । जस्ले गर्दा कर्मचारी सेवा शर्त नियमावली, २०२४ को परिच्छेद ७ को नियम ६(२) को प्रत्यक्ष उल्लंघन भएको छ । ४. म निवेदकलाई हटाउँदा लगाइएको तथाकथित आरोप ऋण लगानी गर्दा किसानहरूबाट कमिशन खाने गरेकोले आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगरेको भ