निर्णय नं. ३७०५ - बकसपत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७०५ - बकसपत्र बदर भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/११/२२ ३२२० निर्णय नं. ३७०५ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं. ५१९ फैसला भएको मिति : २०४५।११।२२।१ मा पुनरावेदक/वादी : झापा जिल्ला धाइजन गा.पं. वडा नं. १ बस्ने मदनकृष्ण प्रसाई विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने जयन्त प्रसाईसमेत मुद्दा : बकसपत्र बदर (१) आफूखुस गर्न पाउने बाहेक अरुमा अंशियारा वा हक पुग्नेको मन्जूरीको लिखत नलिई अथवा साक्षी नराखी बकस दिएको सदर नहुने । (प्रकरण नं. १५) (२) एकाघर भन्नाले एकासगोलको भन्ने बुझिने । (प्रकरण नं. १५) (३) उमेर पुगेका अंशियारा छोराको मन्जूरी लिई बकसपत्र दिएको नदेखिँदा र ३ अंशियार देखिँदा विवादको बकसपत्र लिखत मध्ये ३ भागको १ भाग लिखत र सो लिखतको आधारमा गराएको दर्ता बदर हुने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुथान प्याकुरेल फैसला न्या.पृथ्वीबहादुर सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी मध्ये जयन्ता आमा, रमादेवी, दिदी पिता खड्गप्रसाद २००१ सालमा स्वर्गे हुनु भयो । छोरा २ मा जेठा गोपालकृष्ण र म फिरादी, गोपालकृष्ण र आमा अघि नै छुट्टी भिन्न भई गोपालकृष्णलाई अराष्ट्रिय मुद्दा परी वहाँको अंश श्री ५ को सरकारबाटै जफत भएकोमा म फिरादी र आमा जयन्ता एकाघर सगोलमा छौं । म समेतको अंश हक लाग्ने पैतृक सम्पत्ति केही आमाको नाउँमा र केही मेरो नाउँमा दर्ता भई भोगी आएको, आमा वृद्धावस्थाकी हुँदा गोपालकृष्ण र रमादेवीले आफ्नो फाइदा मेरो नोक्सान पार्न म घरमा नभएको मौका पारी पैतृक सम्पत्ति धुलावारी गा.पं. वडा नं. २ को कि.नं. १५२ को जग्गा विगाहा ४–०–० मध्ये रु. ४०,०००।– पर्ने रु. १२,०००।– मोलिने भनी ०३४।९।१९ मा रमादेवीले जयन्ताबाट बकसपत्र गराई लिनु दिनु भएछ पास गरिपाउँ भनी मुद्दा परी झापा जिल्ला अदालतबाट पास हुने ठहरी ०३५।१२।१२ मा फैसला भएछ र ०३६।१०।९ मा पास गराई लिनु भएछ ०३७।३।४ मा नक्कल लिँदा थाहा पाएकोले उजूर गर्न आएको छु उक्त कि.नं. १५२ को जग्गा विगाहा ४–०–० को बकसपत्र बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादी दावी । ३. वादी र आमा ०१७ सालमा छुट्टी भिन्न हुनुभएको आमाको नाउँको जग्गा आमाले २०१९ सालमा ३ बहिनी छोरी जमुना देवी, पद्मा देवी ओली, रमादेवी वानियालाई ०१९ साल फाल्गुण ७ गते आमाका नाउँको जग्गा बकसपत्र गरिदिएकाले वादी दावी बमोजिम लिखत र दर्ता बदर हुने होइन फिराद दावा झूठ्ठा हो झूठ्ठा दावाबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत रमादेवी वानियाको प्रतिउत्तर जिकिर । ४. अंशबण्डाको १९ नं. ले अचलसम्पत्तिमा आधासम्म आफूखुस गर्न पाउनेमा सम्पूर्ण बकसपत्र बदर गरिपाउँ भन्ने वादी दावामा आधासम्म बकसपत्र लिखत र दर्ता बदर हुनेठहर्छ भन्नेसमेत शुरु झा.जि.अ.को फैसला । ५. आफूखुस गर्न पाउने जग्गा बकसपत्र गरिदिएकोले सो जग्गा मध्ये आधा जग्गाको लिखत र दर्ता बदर हुने ठहर्याएको झापा जिल्ला अदालतको फैसला उपर चित्त बुझेन बकसपत्र लिखत सदर हने न्याय गरिपाउँ भन्ने समेत प्र. रमादेवीको पुनरावेदनपत्र । ६. विवादास्पद लिखत मध्ये ३ भागको १ भाग लिखत र सो बाट गराएको दर्ता बदर हुने ठहर्छ शुरु झापा जि.अ.ले केही गल्