निर्णय नं. ३७०७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७०७ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/०३/२९ २६९२ निर्णय नं. ३७०७ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रि.नं. १५२५ आदेश भएको मिति : २०४५।३।२९।४ मा निवेदिका : ल.पु.जि. चापागाउँ गा.पं. वडा नं. ४ बस्ने हर्षमाया देसार विरुद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय, ललितपुरसमेत विषय : उत्प्रेषण (१) लिखतमा साक्षी बसी सकेकोले लिखतको सम्बन्धमा दावी गर्ने हक नरहने । (प्रकरण नं. १०) (२) आफ्नो हकको जग्गा बिक्री भएको भए सो कुरा थाहा भएपछि लिखत बदरमा उजूर गरी आफ्नो हक जति बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. ११) निवेदिकातर्फबाट : विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जितबहादुर कार्की, विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. बुद्धिलालको छोरा विपक्षी मध्येका तुयुचा र कृष्णलालको एकाघरको दाजु मधेसी श्रेष्ठले म निवेदकसँग १८००।– कर्जा लिई ल.पु.जि. चापागाउँ भंसारटोल वारखानवी टोलको पूर्व हिरामायाको घर, पश्चिम लालबहादुरको घर, उत्तर चोक, दक्षिण मुलबाटो यति ४ किल्ला भित्रको दक्षिण मोहडा पूर्व पश्चिम लङको २ नाले ३ कवले ३ तले कच्ची गा¥हो, परालको छाना भएको घर र लगापात समेत आफ्ना एकाघरको भाइ भीमलाल समेत साक्षी राखी मिति ०२३।२।१० गते फार्छेपत्र पास गरिदिनु भई म निवेदिकाले भोगचलन गरिआएको छु । विपक्षी मध्येका कृष्णलाल श्रेष्ठले निवेदिकासंग रु. १९५।– लिई पछि कुनै उजूरी दावी नगर्ने गरी मिति ०२३।११।१२ मा र विपक्षी मध्ये तुयुचा श्रेष्ठले निवेदिकासंग रु. ४५०।– लिई मिति २०२५।२।२१ मा कागज गरिदिएका थिए । उक्त फार्छेपत्र बमोजिमको सर्भे नापीमा ल.पु.जि. चापागाउँ गा.पं. वा.नं. ४(ङ) कि.नं. ११० क्षेत्रफल ०–०–३ कायम भई नाप नक्सा भई राखेको हुँदा सो कि.नं. ११० को घर जग्गा मेरो नाममा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा पाउँ भनी निवेदिकाले मालपोत कार्यालय ललितपुरमा निवेदन दिएका थिए । विपक्षी मध्येका कान्छा भन्ने भीमलाल श्रेष्ठ, विपक्षी तुयुचा श्रेष्ठ र कृष्णलाल श्रेष्ठले समेत उक्त घर जग्गामा आ–आफ्नो हक देखाई निवेदकलाई जग्गाधनी प्रमाणपुर्जा दिन मन्जूर छैन भनी मालपोत कार्यालयमा बयान गरेपछि मालपोत कार्यालय ललितपुरबाट चापागाउँ वा.नं. ४(ङ) को कि.नं. ११० को क्षेत्रफल ०–०–३ को घर जग्गा ४ खण्डको १ खण्ड कृष्णलाललाई सोही ४ खण्डको १ खण्ड, तुयुचालाई र बाँकी आधा भाग हर्षमाया देसारलाई कायम गर्न यसमा तर्फ खुलाई माग गरेका बखत दर्ता गर्न समिति मार्फत विभागमा पेश गर्नु भनी पेश गरिएको टिप्पणी बमोजिम दर्ता गर्न पुनरावेदनको म्याद नाघेपछि समितिमा राख्ने भनी मिति ०४२।१।१६ मा निर्णय आदेश भयो । सो निर्णय उपर जि.का. ललितपुरमा पुनरावेदन गरेकोमा सो कार्यालयबाट मालपोत कार्यालयको निर्णय सदर गरी मिति ०४४।५।१५ मा पुनरावेदन फैसला भयो । बुद्धिलालका ४ छोराहरू मदेशी श्रेष्ठ, भीमलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ र तुयुचा श्रेष्ठ भएकोमा मदेशी श्रेष्ठबाट उल्लिखित घर जग्गा मिति ०२३।२।१० मा फार्छेपत्र गरिदिएपछि त्यसबाट विपक्षीहरूको हकमा असर परेको भए हदम्याद भित्र नालेश गरी लिखत बदर गराउन सक्नु पर्नेमा सो गरेको छैन । आफ्न