निर्णय नं. ३७०८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७०८ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/११/०८ २४७३ निर्णय नं. ३७०८ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रि.नं. १६९९ आदेश भएको मिति : २०४५।११।८।१ मा निवेदक : जि.सिराहा सुखचैना गा.पं.वा.नं.९ बस्ने जनकल्याण मा.वि. गौरीपुर नि.मा.वि. शिक्षक पदबाट अवकाश दिइएका शिवदयाल कारक विरुद्ध प्रत्यर्थी : सञ्चालक समिति, श्री जनकल्याण मा.वि. गौरीपुर, सिराहासमेत विषय : उत्प्रेषण (१) कुनै सफाईको मोका नै नदिई तथा पर्चा समेत खडा नगरी अवकाश दिने गरी गरेको निर्णय र सो अवकाश सम्बन्धी पत्र तथा सो निर्णयलाई समर्थन गर्ने भएको पुनरावेदन निर्णय समेत कानुन प्रतिकूल देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा तथा निवेदन जिकिर यस प्रकार रहेछ । २. श्री जनकल्याण मा.वि. गौरीपुर सिराहाको ०४२।११।२१ को अवकाश सम्बन्धको का.मु.प्र.अ. विश्वनाथ चौधरीले हस्ताक्षर गरेको पत्र म पुनरावेदकलाई मिति २०४२।११।२७ मा बुझाइयो । उक्त पत्रमा जि.का.शिक्षा शाखाको मिति २०४२।४।२२ को पत्रानुसार म निवेदकले पञ्चायती व्यवस्था विरोधी क्रियाकलापमा निकै सक्रियताका साथ भाग लिई राखेको र सो क्रियाकलापले गर्दा हाल थुनामा समेत रहेकोमा निजलाई शिक्षक पदबाट अवकाश दिने भन्ने उल्लेख भएको र विद्यालय सञ्चालक समितिले सो पत्रको समर्थन गरेको हुँदा सञ्चालक समितिको निर्णय भएको मिति २०४२।७।२३ गते देखि नै म निवेदकलाई अवकाश दिइएको कुरा उल्लेख गरेको छ । सो उपर जिल्ला शिक्षा समिति सिराहामा पुनरावेदन गरेकोमा उक्त सञ्चालक समितिकै निर्णयलाई समर्थन गरेको पत्र मिति २०४३।४।२७ मा मलाई बुझाइयो । यसरी शिक्षा नियमावलीको नियम ४७(ख)(१) बमोजिम सफाईको मौका नै नदिई ऐ.को नियम ४७(ग) बमोजिम श्री ५ को सरकारको निर्देशन बिना गैरकानुनी ढंगबाट मलाई अवकाश दिइएको छ । साथै कुन कानुन अन्तर्गत के कसूर गरेको कुनै उल्लेख नै छैन । मिति २०४२।११।२१ को अवकाशको पत्र मिति ०४२।११।२७ मा बुझाई ०४२।७।२३ देखि नै लागू हुने गरी भुतलक्षी प्रमाण हुने गरी हटाइएको छ । पञ्चायती व्यवस्था विरोधी क्रियाकलापमा कहिल्यै नलागेको व्यक्तिलाई हुलमूलमा शा.सु. ऐन अन्तर्गत थुनामा राखिए पनि मुक्त भई अध्ययन गरिरहेको अवस्थामा यसरी अनधिकृत निकायको पत्रबाट गैरकानुनी तवरले हटाइएको हुँदा उक्त अवकाश दिने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी सो निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने समेतको रिटनिवेदन जिकिर । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाउनु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ४. विपक्षी यस स्कूलमा आएपछि अध्ययन कार्यमा लापरवाही गरी उल्टो राजनीति गरी हिड्नु भएको छ । जुन कुरा निजको बिगत २ वर्षको रेकर्ड हेर्दा थाहा हुन्छ । ०४१ साल भाद्र १५ गतेदेखि बिना सूचना स्कूलमा अनुपस्थित रही ८ महीना पछि ०४१।१२।१४ मा उपस्थित हुनु भयो । यस अवधिमा रुस जानु भएको रहेछ पुनः ०४२।२।१३ देखि अनुपस्थित भई ०४२।२।१५ देखि पञ्चायती व्यवस्था प्रतिकूल काम कारवाहीमा संलग्न रहेबाट शा.सु. अन्तर्गत निजलाई थुनामा राख