निर्णय नं. ३७०९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७०९ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/१२/३० २७८७ निर्णय नं. ३७०९ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नि.नं. १०।१६९३ आदेश भएको मिति : २०४५।१२।३०।४ मा निवेदक : जि.महोत्तरी ईटहरी गा.पं.वा.नं.२ बस्ने लक्ष्मीनारायण सिंह विरुद्ध विपक्षी : श्री प्रधानपञ्च, गा.पं. कार्यालय, समसी प्रवाह, महोत्तरीसमेत विषय : उत्प्रेषण (१) श्री ५ को सरकारबाट सञ्चालन हुने हेल्थपोष्टका लागि प्रचलित कानुन बमोजिम श्री ५ को सरकारले जग्गा प्राप्त गर्ने हुँदा हेल्थपोष्टका लागि गाउँ पञ्चायतले जग्गा प्राप्त गरिदिने होइन (प्रकरण नं. ८) (२) गाउँ पञ्चायतले गाउँ पञ्चायत ऐन, २०१८ को दफा ३० (क) अनुसार जग्गा प्राप्त गरी आफूले सो जग्गा विकास र निर्माण कार्यमा उपभोग नगरी श्री ५ को सरकारद्वारा सञ्चालन हुने हेल्थपोष्टका नाममा दानपत्रको रजिष्ट्रेशन पास गरिदिएको विकास र निर्माण सम्बन्धी कामको लागि जग्गा प्राप्त गरेको हो भनी मान्न नमिल्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ । २. जि. महोत्तरी गा.पं. समसी वडा नं. ३ कि.नं. १५० को २–०–७ १/२ जग्गा मेरो पैतृक सम्पत्ति भई जग्गाधनी प्रमाण पुर्जा पाई तिरो समेत तिरी भोग गर्दै आएकोमा सो जग्गा मध्ये पश्चिम उत्तरतर्फबाट अं. ०–१०–० जग्गा हेल्थपोष्ट भवन निर्माण गर्नको लागि भनी गा.पं. को ०४०।८।१८ को निर्णय अनुसार गा.पं. ऐन, ०१९ को दफा ३० (क)(१)(२) अनुसार अधिग्रहण गरिएकोले मालपोत कार्यालयका नाममा सिफारिश पाउँ भनी जिल्ला पञ्चायत सचिवालय महोत्तरीमा लेखी जिल्ला पञ्चायत सचिवालयबाट दा.खा. गरिदिन अनुरोध छ भनी मालपोत कार्यालयमा पठाइयो र मालपोत कार्यालयबाट पनि सो २–०–७ १/२ जग्गा मध्येबाट ०–१०–० जग्गा गा.पं. कार्यालयका नाममा दा.खा. गरिदिने भनी ०४१।२।१९ मा निर्णय गरेपछि गा.पं. कार्यालय समसीका प्रधानपञ्चले सो जग्गा जिल्ला कार्यालय जनस्वास्थ्य उपशाखा कार्यालय समसी हेल्थपोष्टका नाममा ०४१।२।२४।४ मा रु. ३,०००।– मोल देखाई एकलौटी हकभोग भएको देखाई दानपत्रको रजिष्ट्रेशन पास गरिदिनु भएको कुरा मालपोत बुझाउन जाँदा र मालपोत बुझाई रसिद पाउँदा मेरो जग्गाको कि.नं. १५० उल्लेख नभएकोले सोध्दा मालपोत अधिकृतबाट सम्पूर्ण कुरा छर्लङ्ग भयो । गा.पं. कार्यालयमा गई गा.पं. को निर्णय सहितको अधिग्रहणका सम्पूर्ण कागजातहरूको नक्कल माग गर्दा समेत नपाएकोले म जग्गाधनीलाई थाहा जानकारी केही नदिई गरिएको अधिग्रहण सम्बन्धी काम कारवाही बेरीतको हुँदा बदरभागी छ । गाउँ पञ्चायतले आफ्नो क्षेत्रमा विकास तथा निर्माण सम्बन्धी कामको लागि जग्गाको आवश्यकता परेमा तोकिए बमोजिमको रीत पुर्‍याई जग्गा प्राप्त गर्न सक्ने र सो को मुआब्जा गाउँ सभाले तोके अनुसार दिनु पर्ने व्यवस्था गा.पं. ऐनको दफा ३०(क)(१)(२) मा गरेको छ म जग्गाधनीलाई थाहा जानकारी नदिई मेरो वार्डमा सूचना प्रकाशित नगरी बदनियत चिताई प्राकृतिक न्याय सिद्धान्तको विपरीत मेरो जग्गा प्राप्त गर्नुबाट मलाई संविधान तथा कानुनद्वारा प्र