निर्णय नं. ३७१० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७१० - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/१२/०६ २७१३ निर्णय नं. ३७१० ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. १७६७ आदेश भएको मिति : २०४५।१२।६।१ मा निवेदक : जिल्ला पञ्चायत पाल्पाका उपसभापति दयाराज बस्यालसमेत विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार समेत विषय : उत्प्रेषण (१) अधिकार राख्नेले सो अधिकार प्रयोग गर्न पाउँदैन भनी भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) निलम्बन केही समयको लागि हो भनेकोमा त्यो अनिश्चित कालका लागि हो भन्ने अर्थ गर्नु र अदालतले मुद्दाको म्याद तोके जस्तो गरी अवधि तोक्न पर्ने भन्न नमिल्ने । (प्रकरण नं. ११) (३) बहिष्कार गरेको भन्ने कुरा फाइलबाट देखिएको तथा निवेदनमा बहिष्कार नगरेको भनी स्पष्ट रुपमा भन्न नसकेको अवस्थामा निवेदकलाई सफाईको मौका दिनु पर्ने भन्न सकिने नदेखिने । (प्रकरण नं. १२) (४) पदको दुरुपयोग गरेमा श्री ५ को सरकारलाई निलम्बन गर्न सक्ने अधिकार जिल्ला पञ्चायत ऐन, ०१९ को दफा ४०(४) ले दिएकै हुँदा सो अधिकार प्रयोग गरी श्री ५ को सरकारले निवेदकहरूलाई निलम्बन गर्ने गरेको आदेश गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैलानी प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णय निम्न अनुसार छ । २. गत २०४४।१।२६ गते सम्पन्न जिल्ला पञ्चायतको निर्वाचनमा निर्वाचित हामी निवेदकहरूले आफूले गर्नुपर्ने कर्तव्य पालना गर्दै आई रहेकोमा जिल्ला पञ्चायत सचिवालय पाल्पाको अत्यन्त जरुरी गोप्य पत्र भनी दिइएको मिति ०४४।९।२८ को पत्रबाट हामी निवेदक समेतलाई ०४४।९।१ गते श्री ५ महेन्द्र जयन्ती तथा संविधान दिवसको बहिष्कार गरी आफ्नो पद अनुरुपको आचरण नगरी पदको दुरुपयोग गरेकोले जि.पं. ऐन, ०१९ को दफा ४० उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारको मिति ०४४।९।२४ को निर्णयानुसार निजहरूलाई अर्को आदेश नभएसम्मको लागि निलम्बन गरिएकोले निजहरूलाई जानकारी दिनु होला भन्ने पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको खबर स्थानीय विकास अधिकारी पाल्पालाई दिनु होला भन्ने गृह मन्त्रालय शा.सु. काठमाडौंको प्राप्त आ.वा. अनुसार अनुरोध छ भनी जिल्ला कार्यालय पाल्पाको पत्र प्राप्त हुन आएकोले उपरोक्तानुसारको व्यहोरा अवगत गर्नु हुन जानकारी गराइएको छ भनी निलम्बन गरिएको जानकारी गराइयो । हामी निवेदकहरूलाई निलम्बन गरिएको पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको मिति ०४४।९।२६ को पत्रमा विकेन्द्रीकरण (कार्य व्यवस्था) नियमावली, ०४१ को नियम ११ उपनियम (१)(ज) अनुसार दलविहीन पञ्चायत व्यवस्थाको सम्बद्र्धन हुने कार्यमा सदा संलग्न हुनुपर्ने पदीय कर्तव्य भएका तपाइले २०४४।९।१ को राष्ट्रिय पर्व श्री ५ महेन्द्र जयन्ती तथा संविधान दिवसलाई बहिष्कार गरी आफ्नो काम कर्तव्य विपरीत काम गरी आफ्नो पदको दुरुपयोग गर्नु भएको हुँदा तपाईलाई जिल्ला पञ्चायत ऐन, २०१९ को दफा ४० उपदफा (४) बमोजिम श्री ५ को सरकारको २०४४।९।२४ को निर्णयानुसार अर्को आदेश नहुञ्जेलसम्मको लागि तपाईको पदबाट निलम्बन गरिएको व्यहोरा जानकारी गराइएको छ भनिएको छ । ३. उक्त पत्रहरूबाट हामीहरू माथि लगाइएको आरोपको कुरा हामी निवेदकले क