निर्णय नं. ३७११ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७११ - बन्दीप्रत्यक्षीकरण भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/१२/३० २६५२ निर्णय नं. ३७११ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको नि.नं. ११३५ आदेश भएको मिति : २०४५।१२।३०।४ मा निवेदक : कारागार शाखा खोटाड्डमा थुनामा रहेको पैशल राईको हकमा भगजित राई भन्ने भोगजित राई विरुद्ध विपक्षी : पूर्वाञ्चल क्षे.अदालत धनकुटासमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) वडा नं. १ को वतनको व्यक्तिलाई वडा नं. ५ मा म्याद तामेल भएकोलाई रीतपूर्वक म्याद तामेल भएको मान्न नमिल्ने, यस्तोमा मुद्दामा प्रतिवाद गर्ने मौकाबाट बन्चित भएको नै मान्नु पर्ने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ । २. मेरो भाइ नाता पर्ने पेशल राईलाई २०४५।८।२ का दिन बिहान प्रहरीहरू आई तिमीलाई ६ महीना कैद लागेकोले पक्राउ गरी कैद गर्नु भन्ने मौखिक व्यहोरा बताई पुर्जी समेत केही नदिई पक्राउ गरी थुनामा राखेकोले फैसलाको नक्कलबाट कैद लागेको थाहा पाइयो । प्रतिवादी पेशल राई समेत भएको धर्म परिवर्तन मुद्दामा खोटाङ जिल्ला अदालत र सगरमाथा अञ्चल अदालत ओखलढुंगा बेञ्च समेतबाट सफाई दिएकोमा श्री ५ को सरकारबाट पुनरावेदनको अनुमितको निवेदन परी अ.बं. २०२ नं. बमोजिम हामीहरूलाई झिकाइएको नोटिस म्याद मध्ये मेरो नामको नोटिस म्यादमा वडा नं. ५ बस्ने भनी उल्लेख गरी म्याद जारी गरी बेरितसंग तामेल गराई सो म्यादलाई प्रमाणमा लिई फैसला गरिएको उक्त फैसला त्रुटिपूर्ण छ । त्यस्तो त्रुटिपूर्ण र गैरकानुनी फैसलाको आधारमा कुनै पनि व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको अपहरण गर्न सर्वथा मिल्दैन । पेशल राईलाई कानुन बमोजिम बाहेक गैरकानुनी फैसलाबाट संविधान तथा कानुनद्वारा प्रदत्त मौलिक हकमा आघात परेबाट गैरकानुनी फैसलाबाट गरिएको बन्दीलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको निवेदनपत्र । ३. यस्मा के कसो भएको हो निवेदकको माग बमोजिको आदेश किन जारी हुन नपर्ने हो यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक ७ दिनभित्र लिखितजवाफ पठाउनु भनी रिटनिवेदनको १ प्रति नक्कल साथै राखी विपक्षीलाई सूचना पठाई लिखितजवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासबाट मिति २०४५।९।९।६ मा भएको आदेश । ४. यस्मा प्र.बलराम राई समेतका प्रतिवादीहरूले हिन्दू धर्म छाडी क्रिश्चियन धर्म लिएको ठहर्छ । प्रतिवादीहरूले धर्म परिवर्तन नगरेको हदसम्मको फैसला बदर हुन्छ । इसाई धर्म प्रचार प्रसार गरे भन्ने दावी पुग्न नसक्ने ठहर्याएको शुरुको इन्साफलाई सदर गर्ने गरेको सगरमाथा अञ्चल अदालत ओखलढुंगा बेञ्चको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट २०४५।३।१७ मा फैसला भएकोमा कानुनद्वारा प्रदत्त हक अधिकार क्षेत्र ग्रहण गरी कानुन अनुरुप नै भए गरेको निर्णय हुँदा यस्तोमा रिटनिवेदन आकृष्ट हुने अवस्था विद्यमान नहुँदा सम्बन्धित धर्म परिवर्तन मुद्दाको रेकर्ड मिसिल संलग्न गरी रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाको लिखितजवाफ । ५. पूर्वाञ्चल