निर्णय नं. ३७१२ - हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७१२ - हक कायम भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/११/१२ ३०१२ निर्णय नं. ३७१२ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ९६० फैसला भएको मिति : २०४५।११।१२।५ मा पुनरावेदक/वादी : का.जि. विष्णु गा.पं. वडा नं. २ बुढानिलकण्ठ बस्ने दयालक्ष्मी श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने भक्तीदेवी श्रेष्ठसमेत मुद्दा : हक कायम (१) अदालतबाट घोषणा गरिएको हक निर्विवाद रुपले आफ्नो बनाउन सो हक प्रति सचेत हुनुपर्ने दायित्व सम्बन्धित पक्षको नै हुन आउने । (प्रकरण नं. १४) (२) कुनै पनि फैसला कार्यान्वयन नगराइदा सो फैसलाको औचित्य निश्चित समयभित्र समाप्त हुने देखिन्छ भने त्यस्तो फैसला कार्यान्वयन गर्नु गराई माग्नु पर्ने पक्षले आफ्नो दायित्व पूरा नगरे उक्त फैसला बमोजिमको निजको हक रहिरहेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १४) (३) कानुनले प्रष्ट रुपमा बोलेको कुरामा स्वयं पक्षले आफ्नो हक प्रति सचेत नरहे अदालतले सहयोग गर्न नसक्ने । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. ल.पु. गावहाल टोलको दक्षिण मोहडा पूर्व पश्चिम लम्बाई २ नाले ३ कबले ३ तल्ले पक्की झिंगटी घर र सो घरले चर्चेको लगापात समेतको पूर्व सानुको घर पश्चिम लोकपतिको घर उत्तर चोक र दक्षिण सडक यति ४ किल्लाभित्रको घर भक्तीदेवीले रु. ९०१।– बाट ल.पु. पोता रजिष्टे«शन मार्फत मिति २००६।५।२३।५ मा कोमलबहादुरलाई भोगबन्धकी पारित गरिदिनु भएकोमा म वादीका लोग्ने भक्तमानले ३ खण्डको १ खण्ड मेरा अंश छुट्याई पाउँ भनी नालेश गरेकोमा ३ खण्डको १ खण्ड बदर भई म वादीका लोग्नेले अंश भाग पाउने ठहरी मिति २००७।१२।२३।५ मा फैसला भएकोमा लोग्ने कालगतिले परलोक भई उक्त लिखत बमोजिम ३ खण्डको १ खण्ड घर छुट्याई दिनोस भनी विपक्षीलाई भन्दा आज भोलि भनी छुट्याई नदिनु भएको र हाल ३ नं. नापी गोश्वाराबाट उक्त घर नापी हुँदा विपक्षीले एकलौटी दर्ता गर्नु भई जग्गाधनी प्रमाण पुर्जा समेत लिनु भएको भन्ने कुरा मिति २०४०।५।३० मा थाहा पाएकोले यो नालेश गर्न आएको छु । तसर्थ रु. ४००।– जाने घर हक कायम गरी मिति २०४०।२।१९ मा दर्ता गरेको ३ खण्डको १ खण्ड दर्ता बदर गरी ३ खण्डको १ खण्ड घर समेत अड्डैबाट चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावी झूठ्ठा हो जुन घरमा वादीले दावी गरेको छ त्यो ल.पु.न.पं. वडा नं. २१ कि.नं. ७९६ को घर जग्गा वादीको र मेरो समेत हक लाग्ने होइन भाउजू भक्तिदेवीको मात्र एकलौटी हकको हो सो यस विषयमा अघिनै फैसला भई सो फैसला निष्कृय भइसकेकोले फेरी नालेश गर्न वादीलाई कुनै हक अधिकार कानुनले दिएको छैन नालेश नलाग्नेमा म समेतलाई दुःख दिने नियतले नालेश गरेको वादीका फिरादपत्र अ.बं. ८५ नं. र १८० नं. बमोजिम खारेज गरी अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको कृष्णमानको प्रतिउत्तरपत्र । ४. वादी दावी असत्य र झूठ्ठा हो वादीका लोग्नेले आफ्नो भाग बिक्री गरिसकेपछि मेरो हक भागको पनि लिने उद्देश्यले नालेश गरी फैसला गराएको रहेछ तर फैसलाले हक पाउने न