निर्णय नं. ९०४७ - सरकारी छाप दस्तखत कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०४७ - सरकारी छाप दस्तखत कीर्ते भाग: ५५ साल: २०७० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७०/०१/२४ ५५५१ ने.का.प. २०७०, अङ्क ८ निर्णय नं.९०४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की आदेश मिति : २०७०।१।२४।३ ०६६–CR–०८८७ मुद्दा : सरकारी छाप दस्तखत कीर्ते । पुनरावेदक/प्रतिवादी : काभ्रेपलान्चोक जिल्ला, नासिका गा.वि.स. वडा नं ५ बस्ने मनिष श्रेष्ठ विरूद्ध विपक्षी/वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार § सरकार वादी हुने फौजदारी कसूर प्रमाणित हुनको लागि कुनै फौजदारी कानूनको स्पष्ट उल्लङ्घन भएको हुनु जरूरी छ । फौजदारी कानूनको उल्लङ्घन गरेको भन्ने कुरा दावी लिने पक्षले सप्रमाण पुष्टि गराउन सक्नुपर्ने । § राहदानीको भित्री पाना कागजको फोटोकपीसरहको कागज बनाएको कार्यलाई अभियोग दावीबमोजिम कीर्ते कागजको १, ९ र १२ नं. अनुसार सरकारी छाप दस्तखत कीर्ते भन्न सक्ने अवस्था नहुँदा प्रतिवादीले राहदानीको भित्री पानालाई स्क्यान गरी सो कागजातहरू अप्रयुक्त अवस्थामा बरामद भएको घटनालाई सरकारी सक्कल कागज कीर्ते गरेको हो भन्न सकिने अवस्था नरहने । (प्रकरण नं.४) पुनरावेदक/प्रतिवादीका तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता शंभु थापा र अधिवक्ता श्री कृष्णप्रसाद देवकोटा विपक्षी/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता भरतलाल शर्मा अवलम्बित नजीर : सम्बद्ध कानून : कीर्ते कागजको महलको १, ९ र १२ नं. फैसला न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६६।३।१८ को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मनिष श्रेष्ठको कोठाबाट कम्प्युटर सि.पि.यु. थान १, भिषासम्बन्धी राहदानीसम्बन्धी स्क्रीन गरी राखेको २, लेखेको सि.डी. थान १, अन्य सि.डि. थान ७, फल्पी ११, राहदानी प्रिन्ट थान १ र जीवन प्रधान नामका सर्टिफिकेटसमेत फेला परेको भन्ने व्यहोराको मिति २०६१।११।११ को बरामदी मुचुल्का । बरामद भएका राहदानी प्रिन्ट जीवन प्रधानको नामको सर्टिफिकेटलगायतका कीर्ते कागजात तथा पक्राउमा परेका मनिष श्रेष्ठलाई प्रतिवेदन साथ दाखिल गरेका छौं । कानूनबमोजिम कारवाही गरी पाऊँ भन्ने व्यहोराको मिति २०६१।११।११ को प्रहरी प्रतिवेदन । सरकारी छाप दस्तखत कीर्ते गरी कागजातहरू तयार गर्दा आर्थिक फाइदा धेरै सजाय कम हुने भएकोले प्रेमकुमार चौलागाई, कृष्णबहादुर जिम्बा, सूर्यबहादुर बस्नेत, मनिष श्रेष्ठसमेतको मिलोमतोबाट प्रेम कुमार चौलागाईले सरकारी विभिन्न छापहरू मैले कम्प्युटर राखी राहदानीको नक्कली प्रिन्ट जीवन प्रधानका सर्टिफिकेटलगायतका कागजात तयार गरेकोमा प्रहरीले सुराक थाहा पाई पक्राउ गरेको हो भन्ने व्यहोराको मनिष श्रेष्ठको अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान । सरकारी छाप दस्तखत जतिसुकै कीर्ते गरेपनि सजाय कम हुने भएकोले मेरोसमेत मिलोमतोमा जीवन प्रधान, देवेन्द्र पाण्डे, भिमप्रसाद पाण्डे, केदार पाण्डे, मुकेस मदिसेसमेतको मिलोमतोबाट रू.५००।– देखि रू.७,०००।– सम्म प्रतिवादीसँग लिई सरकारी सर्टिफिकेटहरू मसमेतको मिलोमतोमा मनिष श्रेष्ठले तयार गरेका हुन् भनी कृष्णबहादुर जिम्बा, सूर्यबहादुर बस्नेत, सोनाम वाङचुक भन्ने दिपक तामाङ र प्रेमकुमार चौलागाईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको छुट्टाछुट्टै बयान । पक्राउमा परेका मनिष श्रेष्ठ, कृष्णबहादुर जिम्बा, प्रेमकुमार चौलागा