निर्णय नं. ३७१३ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७१३ - लेनदेन भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/१२/०६ ६५४४ निर्णय नं. ३७१३ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं. ७९५ फैसला भएको मिति : २०४५।१२।६।१ मा पुनरावेदक/वादी : जि.कपिलवस्तु, धर्मपनिया गा.पं. वार्ड नं. ८ बस्ने बाबुराम कुर्मी विरुद्ध विपक्षी/प्रतिवादी : जि.कपिलवस्तु बलरामवापुर गा.पं. वार्ड नं. ७ बस्ने कल्लु कुर्मी मुद्दा : लेनदेन (१) जग्गा लेनदेनको प्रयोजनको लागि वादीले प्रतिवादीलाई रु. ६५,०००।– अग्रिम बैना दिएको र यदि ६ महिनाभित्र पास नभएमा वादीले आफ्नो रकमको साँवा ब्याज कपाली सरह असूल गर्नु भने तापनि उक्त लिखतको अन्तमा पुनः “यो बैना कागज गरिदिएँ” भनी उल्लेख छ भने अब कपाली सरह भन्ने ठाउँ नरहने । (प्रकरण नं. १४) (२) स्पष्ट प्रकृतिको बैनापत्रको कागजलाई कपाली तमसुक भनी लेनदेन व्यवहारको २ नं. को हदम्याद १० वर्षभित्र फिराद दायर गर्न पाउने भन्नेसंग सहमत हुन नसक्ने । (प्रकरण नं. १४) (३) बैनापत्र कागजका लागि लेनदेन व्यवहारको ४० नं. आकृष्ट हुने । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पवनकुमार ओझा विपक्षी/प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास, विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस फैसला न्या.हरगोविन्द सिंह प्रधान १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. विपक्षीले आफ्ना हकभोगको जि.कपिलवस्तु गरमदवा गा.पं. वडा नं. ६क, ख, ग, र घ समेतको ज.वि. १४–२–१४ जग्गा रु. ९५,०००।– मा मलाई राजीनामा गरिदिने बोलकबोल गरी घर खर्च गर्न भनी बैना बापत रु. ६५,०००।– घरसारमा बुझी अरु बाँकी रु. ३०,०००।– ६ महीनाभित्र बुझी राजीनामा पास गरिदिनेछु, नगरे उक्त रुपैयाँको सालसालको सयकडा १० का दरले कपाली सरह असूल उपर गरी लिनु भन्ने बोली पारी २०३५।१।३ गते बैनापत्रको कागज गरी मलाई दिएको, उक्त बमोजिम ६ महीनाभित्र रु. ३०,०००।– नबुझी जग्गा रजिष्ट्रेशन पास गरी नदिनु भएकोले तमसुक बमोजिमको साँवा रु. ६५,०००।– र त्यसको कानुन बमोजिम हुन आउने ब्याज समेत लेनदेन व्यवहारको ४, ७ नं. अनुसार विपक्षबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपदत्र । ३. यसमा विपक्षी वादीका दावी बमोजिम मैले वादीसँग कुनै रुपैयाँ लिएको र बैनापत्रको कागज गरिदिएको समेत होइन । वादीको दावी झूठ्ठा हो विपक्ष वादीले झूठ्ठा जाल प्रपञ्चयुक्त व्यहोरा लेखी वास्तविक तथ्य व्यहोरालाई ढाँटी छुट्याई झूठ्ठा एवं गैरकानुनी नालेस दिएका हुन् भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. वादीबाट पेश भएको बैनापत्रको कागज कीर्ते जालसाजी हो भन्ने समेत प्रतिवादीको बयान । ५. पेश भएको बैनापत्र लिखत सद्दे साँचो हो भन्ने समेत व्यहोराको वादीको बयान । ६. वादी प्रतिवादीका साक्षीहरूको बकपत्र भई मिसिल सामेल रहेको । ७. वादीले बैनापत्रको लिखतका आधारमा लेनदेन व्यवहारका २ नं. का म्यादभित्र नालेस दायर गरेको देखिएको सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित नजीरको आधारमा वादीको प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने समेत शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला । ८. अ.बं. ३९ नं. को त्रुटिपूर्ण शुरु जिल्ला अदालतको खारेजी फैसला बदर गरी फिराद दावी बमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादी बाबुराम कुर्मीको