निर्णय नं. ३७१६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७१६ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/११/२७ २५६९ निर्णय नं. ३७१६ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.सा.नं.७६ फैसला भएको मिति: २०४५।११।२७।६ मा वादी : आङवाङको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : कारागार शाखा सोलुखुम्बुमा कैदमा बस्ने डोमा लमेनी मुद्दा : कर्तव्य ज्यान (१) रक्सी खाई माती दुःख दिने, घरबाट निक्ली जा भन्ने समेतबाट लोग्नेलाई मारेको, अपराधको प्रकृती हेर्दा लोग्नेलाई मार्नु पर्ने सम्मको रिसइवी मनसाय अरु भएको मिसिलबाट नदेखिने, यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने देखिएकोले १० वर्ष मात्र कैद गर्ने गरी अ.बं. १८८ नं. बमोजिम व्यक्त गरिएको अञ्चल अदालतको रायलाई सदर गरेको क्षेत्रीय अदालतको राय मनासिब ठहर्ने । (प्रकरण नं. १६) फैसला न्या. हिरण्येश्वरमान प्रधान १. पु.क्षे.अ.बाट साधक सदरका लागि पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. बाबु रिन्जी लामा अगाडि देखि नै घर वरपर सबै ठाउँमा डर त्रास देखाई रहने गर्ने र २०४३।५।३१ गते बेलुका खाना खाई आमा र बाबु सुतेका २०४३।६।१ गते अं. बिहान ६ बजे आमाले मलाई तिम्रो बाबु राती उठी कहाँ गएँ भन्दा म र किपा लामा समेत ३ जनाले खोज तलास गर्दै जाँदा जुनवेसी खोलाको ढुङ्गामा आड लागी राखेको लास देखेकोले बाबुले आफंै आत्महत्या गरी मरेको हुनुपर्छ । कानुन बमोजिम गरिपाउँ भन्ने समेत प्र.आङवाङ लामाको जाहेरी । ३. जुनवेसी खोलाको माझमा उत्तानो परी मरेको रिन्जी लामाको लासको देब्रेपट्टी आँखा माथि ३ ईन्च लम्बाई आधा ईन्च चौडाई भएको घाउ र घाँटीमा डोरीले कसे जस्तो डाम देखिने टाउकोमा अं. १ १/२” लम्बाई, १/२” चौडाई गहिराई भएको चोट र दाहिने कानमाथि अं. ३ ईन्च लम्बाई आधा ईन्च चौडाई गहिराई भएको चोट देखिएको भन्ने लास प्रकृति मुचुल्का । ४. २०४३।६।१ गते बिहान अं. ७ बजेको समयमा मृतकको श्रीमती डोमा लमेनीले मेरो लोग्ने हरायो खोज्न गुहार दिनु पर्‍यो भनी भनेकोले म समेत ३ जनाले खोजतलास गर्दै जाँदा जुनबेसी खोलामा लास फेला परेको भन्ने किपा लामा समेत ३ जनाले अधिकारप्राप्त अधिकारी समक्ष गरेको कागज । ५. टाउकोमा लागेको चोटको कारण मृतकको मृत्यु भएको सम्भावना छ भन्ने समेत २०४३।६।३ को पोष्ट मार्टम रिपोर्ट । ६. २०४३।५।३१ गते लोग्नेले जाँड रक्सी खाई मातिई काट्छु मार्छू भन्दै हिड्ने गर्थे । लोग्ने सुत्ने बेलामा निजलाई मार्ने विचार गरी अं. रातको २ बजेको समयमा बाहिरबाट सानो डोरी ल्याई सो डोरीले घाँटीमा कसी १०।१५ मिनेट पछि हेर्दा लोग्ने मरेको जस्तो लागी छोरा आङवाङलाई बोलाई तिम्रो बाबुलाई घाँटीमा डोरीले कसी मारी आएको भनी छोरालाई सुनाउँदा किन त्यस्तो गरेको भनी मरेको लासलाई पिठ्युमा बोकी जुनबेसी खोलातर्फ म समेत गई खोलामा फाली आई सुतेको हो भन्ने समेत व्यहोराको प्र.डोमा लमेनीको अधिकारप्राप्त अधिकारी समक्ष भएको कागज। ७. २०४३।५।३१ गते म तख्ती ओसार्ने काममा जंगल गएको थिएँ, लडी मरेको गोरुको मासु लिई घर आएँ, बाबु कुखुराको मासु र रक्सी समेत खाई मातेका थिए । रातको ९।१० बजेको समयमा भाइ बहिनी समेत माथि कोठामा म होटल कोठामा सुतेका, आमा र बाबु आफ्नै कोठामा सुत्न गएको र मुखामुख गर्दै थिए । रातमा बाबु र आमाको बीच के भयो, २ बजे राती आमाले बोलाई तिम्रो बाबु रक्सी खाई मातिई दुःख दिई रहने भएकोले निद