निर्णय नं. ३७१८ - बन्धकी निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७१८ - बन्धकी निखनाई पाउँ भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/१२/१७ २३०६ निर्णय नं. ३७१८ ने.का.प. २०४६ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.इ. नम्बर ७४ फैसला भएको मिति : २०४५।१२।१७।५ मा निवेदक/वादी : का.जि. फर्पिड्ड छइमले गा.पं. वडा नं. ६ बस्ने चेतनकुमारी आचार्य विरुद्ध विपक्षी/प्रतिवादी : रौद्र शमशेर थापाको मु.स. गर्ने का.न.पं. वडा नं. १ नक्साल नागपोखरी बस्ने लोकप्रकाशकुमारी थापासमेत सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।१।५ को फैसला २०४१।४।१२ को फुलबेञ्चको फैसला (ने.का.प. भाग २६, २०४१, अंक ४, नि.नं. १९५२, पृष्ठ ३०१ मा प्रकाशित) मुद्दा : बन्धकी निखनाई पाउँ (१) खाली मुखकै भरमा एकाका नाममा दर्ता रहेको भनी आफैंले स्वीकारेकाले जग्गामा प्रतिवादीहरुको हक भएको भन्न कानुनले नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. सर्वोच्च अदालत पूर्ण इजलासको मिति २०४१।४।१२ गतेको फैसला पुनः पूर्ण इजलासबाट हेरी छिनी दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी वादी चेतनकुमारी आचार्यले चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए फुलबेञ्चबाट छिनिएको प्रस्तुत मुद्दाको मिसिल झिकी पुनः फुलबेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र. बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. जिल्ला विराटनगर प्र. गोग्राहा मौजे मझुवा वकरीमा मेरो ससुरा चन्द्रमणीका नाममा दर्ता भएको रै.नं. १९ मौजा नं. २४६ को कित्ता कित्ता गरी जग्गा बिगहा २७–१४–४ जग्गा १९७० साल अघि नै कं. रु. ५२०।– लिई कर्णेल डिल्ली शमशेरलाई भोगबन्धकी दिएको रहेछ सो जग्गा मेरा नाममा दर्ता गरिदिनु हवस् भनी जिमिदारी भीमप्रसाद समेतलाई भन्दा गरी नदिएको नापीमा बन्धकी जनाइदेउ भन्दा जनाई पनि नदिएकोले सोही कुराको प्रधानमन्त्रीज्यूमा निवेदन दिंदा नापी डोर समेतको उजूरी हुँदा भोगवाला साहुहरु झिकाई बुझी दर्ता गर्नेहरुमा ऐन सवाल रुल नियम बमोजिम गर्नु भन्ने आदेश भई सर्भे गोश्वारामा आई साहुहरु झिकी भोगबन्धकी लिएको होइन भन्ने र सो जग्गा बण्डा गरी खाई आएका छौं भन्ने कागज लेखी दिएबाट तेरो मेरो पर्न आई ऐनका म्यादभित्र इलाका अदालतमा गई हक बेहक छुट्याई आउनु भनी मिति २०१७।१२।४ मा पर्चा गरिदिएबाट मलाई हकदार होइन भनी थैली बुझिलिन मन्जूर नगरेकोले सो बन्धकी थैली रु. ५२०।– धरौट राखी नालेश गर्न आएकी छु । ससुरा चन्द्रमणीको हक छुटेको लिखत कुनै छ भन्छन भने मलाई देखाएमा बयान गर्ने छु छैन भन्ने बुझी लिनुपर्ने थैली बुझी नलिएमा सजायँ गरी बन्धकी थैली तिराई उक्त जग्गा निखनाई पाउँ भन्ने समेत वादी दावी । ३. यी वादी चन्द्रमणीको बुहारी होइनन् यीनले सर्भेमा यही नै जग्गा विषयमा उजूरी दिएकी थिइन । सर्भेबाट जग्गा हक बेहकमा निर्णय भएपछि मात्र बन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भन्ने नालेश दर्ता हुनु पर्ने थियो