निर्णय नं. ३७१९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७१९ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/०२/०५ ३७९३ निर्णय नं. ३७१९ ने.का.प. २०४६ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको रि.फु.नं. ४६ आदेश भएको मिति : २०४६।२।५।५ मा निवेदक/रिटनिवेदक : जि.पर्सा मुडली गा.पं. वार्ड नं. ३ बस्ने शेषनाथ प्रसाद कुर्मी विरुद्ध विपक्षी/प्रत्यर्थी : ऐ.ऐ. बस्ने मकवुल अहमदसमेत पूर्ण इजलासको मिति २०४३।११।५ को फैसला ने.का.प. भाग २९, (२०४४) अंक २ नि.नं. २९८६, पृष्ठ १४० मा प्रकाशित विषय : उत्प्रेषण (१) भूमिसम्बन्धी ऐन, २०२१ एउटा विशेष ऐन हो र यसमा प्रयुक्त शब्दहरुलाई ऐनको मर्म विपरीत हुने गरी अन्य प्रचलित नेपाल कानुनमा प्रयुक्त अर्थ अनुसार व्याख्या गर्नु पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६३ मा यो ऐन र यस अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सोही बमोजिम र अरुमा प्रचलित नेपाल कानुन बमोजिम हुने भन्ने उल्लेख भएबाट भूमिसम्बन्धी ऐन, २०२१ मा प्रयुक्त शब्दहरुको व्याख्या गर्दा उक्त ऐनमा भएको व्यवस्था अनुकूल व्याख्या गरिनु पर्ने । (प्रकरण नं. १३) (३) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा प्रयोग भएको छोराहरु शब्द भित्र कानुन व्याख्या सम्बन्धी ऐनको दफा २(म) मा गरिएको परिभाषा अनिवार्य रुपमा अवलम्बन गरिनु पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १३) (४) एकै साथ द्वैध अस्तित्व राख्न सक्ने स्थितिको धर्मपुत्रलाई धर्म पिता तर्फको मोही हक सर्न सक्ने भन्ने प्रष्ट कानुनी व्यवस्थाको अभावमा मोही हक पाउँछ नै भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. १४) (५) मोहियानी हकलाई अन्य प्रचलित कानुनमा व्यवस्था गरिएको अंश र अपुतालीको हक जस्तो एउटा पूर्ण अधिकारको रुपमा लिन नमिल्ने । (प्रकरण नं. १४) (६) मोही हक अंश बण्डा बेचविखन वा अन्य कुनै पनि तरिकाबाट हक टुटाई लिन नपाइने । (प्रकरण नं. १४) (७) अंश र अपुतालीको सन्दर्भमा समान स्थितिका हकदारहरुको समान अधिकार र दायित्व रहन्छ भने मोहियानी हकको सम्बन्धमा यस्तोमा समान हक अधिकार र दायित्व नरहने । (प्रकरण नं. १४) (८) मोही मरेमा निजको मोहियानी हक निजका पति पत्नी वा छोराहरु सबैको समान हक नरहने यो अविभाजित हुने । (प्रकरण नं. १४) (९) मोहियानी हक अंश अपुताली झै स्वतः प्राप्त हुने निर्विवाद हक हो भनी भन्न नमिल्ने । (प्रकरण नं. १४) (१०) आफ्नै विर्यबाट जन्मेका सबै छोराहरुले समान रुपमा हक प्राप्त गर्न नसक्ने स्थितिको मोहियानी हक केबल धर्मपुत्र भएका नाताले अंश अपुतालीमा झै धर्म पिता तर्फको मोही हक प्राप्त हुन नसक्ने अवस्थालाई समानताको हक विपरीत भनी तर्क गर्न नमिल्ने । (प्रकरण नं. १४) (११) कानुन व्याख्या सम्बन्धी ऐन, २०१० व्याख्याको जटिलतालाई हटाउन मद्दत गर्न एउटा साधारण ऐन हो विशेष ऐनमा भएको विशेष व्यवस्थालाई नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले काट्न नसक्ने । (प्रकरण नं. १४) (१२) मोहियानी हक भनेको कानुनले तोके बमोजिम जग्गावालाको हित विपरीत नहुने गरी आफ्नो र आफ्नो परिवारबाट कमाउने सम्मको हक हो । (प्रकरण नं. १४) (१३) जग्गा कमाउने मोही मरे पनि निजको सो कमाउने हक आफ्नो परिवारकै सदस्यहस्रु बीच रहोस् भन्ने मनसायले विधायिकाले मोहीको मृत्युपछि निजको मोहियानी हक