निर्णय नं. ३७२० - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७२० - लिखत दर्ता बदर भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/०१/०६ २७७२ निर्णय नं. ३७२० ने.का.प. २०४६ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.पूर्ण ई. नम्बर ८४ फैसला भएको मिति : २०४६।१।६।३ मा डिभिजनबेञ्चबाट फैसला भएको मिति : २०४३।२।२३ मा पुनरावेदक/प्रतिवादी : का.न.पं. वडा नं. ३३ धोविधारा बस्ने हरिहर भक्त शर्मासमेत विरुद्ध विपक्षी/वादी : वीरगञ्ज वडा नं. १३ थरिहरवा बस्ने नारायणभक्त शर्मा मुद्दा : लिखत दर्ता बदर (१) कुनै कामको लागि अख्तियार दिएकोमा अख्तियारनामा दिने व्यक्तिको मृत्यु भएपछि सो अख्तियारनामा स्वतः निस्कृय हुने । (प्रकरण नं. १३) (२) अख्तियारनामा दिने व्यक्तिको जीवनकालसम्म मात्रै अख्तियारनामा प्रभावकारी हुने, मरी सकेपछि निजको अख्तियारनामाको आधारमा लिखत गरी दिन लिन नमिल्ने । (प्रकरण नं. १३) (३) वैध लिखतमा साक्षी बसेको भए विबन्धनको सिद्धान्त लाग्न सक्ने, तर लिखत नै निस्कृय भएको अवस्थामा सो लिखतको साक्षीको कुनै महत्व वा प्रयोजन नहुने हुँदा यस्तोमा विबन्धनको सिद्धान्त लागू हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्राप्त गरी पर्न आएको पुनरावेदन पेश हुँदा सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. आमा रुकमिणीदेवी ढुंगानाले अस्वस्थताको कारणले उहाँको नाममा दर्ता रहेको घर जग्गाहरुको रेखदेख गर्न समेत निमित्त पिताजी ईन्द्रलोचन शर्मा ढुंगानालाई लेखी दिनु भएको अधिकारपत्र मिति २०३२।१।१८ मा पास भएको उक्त लिखतको आधारमा विपक्षीहरुले मिलोमतो गरी मेरो र मेरो छोरा छोरीको अंशहरु मार्ने नियतले विपक्षीहरुले आफ्ना नामको कि.नं. ११९ रोपनी २–४–३ सीम जग्गा र उक्त जग्गामा भएको १४ कोठे घर मिति २०३४।१२।२४ गते विपक्षी भाउजू ईरा शर्मालाई पिताजीले हालैदेखिको बकसपत्र लेखी पास गरी दिनु भएको माताजी मिति २०३४।३।१२ मा परलोक हुनुभएको कुरा गुम पारी त्यस्तो अप्रभावकारी लिखतबाट बकसपत्र लेखी लिएको समेत गैरकानुनी हुँदा सो लिखत र दर्ता बदर गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३६।१२।१४ गतेको नरनारायण भक्तको फिराद । ३. सम्पूर्ण सम्पत्ति व्यवहार गर्न समेतको लागि अख्तियारनामा कानुन बमोजिम पास गरी मिति २०३२।१।१० मा मेरी श्रीमतीले दिएको अख्तियारपत्र बमोजिम रुकमिणीदेवीको सम्पत्ति मैले ईरा शर्मालाई बकसपत्र लेखी रजिष्ट्रेशन गरी दिएको छु । निज वादीले त्यस बकसपत्रमा मन्जूर गरी सहिछाप गरेको र आफ्नो हकको सम्पत्ति जति बेच बिखन दान दातव्य बाहेक अरु सम्पत्ति बाँकी भएमा खुस गरेको बदर नहुने नजीर स.अ.बाट प्रतिपादित भइसकेको हुँदा विपक्षीले उजूर गर्न पाउने व्यवस्था र अवस्था नभएकोले दावीबाट फुर्सद गरिपाउँ भन्ने मिति २०३७।३।१९ गतेको इन्द्रलोचन शर्मा समेतको संयुक्त प्रतिउत्तरपत्र । ४. लिखतको वैधतामा विवाद गरी प्रस्तुत फिराद दायर भएको छ । एकपटक वैध मानी साक्षी बसी सकेपछि सो लिखतको कुरामा खण्डन गर्न प्रमाण ऐन, २०३१ को दफा ३४(१) ले बन्देज लगाइएको हुनाले सो लिखतलाई फिर