निर्णय नं. ३७२२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७२२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/०२/१० २१४७ निर्णय नं. ३७२२ ने.का.प. २०४६ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट पूर्ण इजलास नम्बर ७० आदेश भएको मिति : २०४६।२।१०।३ मा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट आदेश भएको मिति : २०४२।८।२९ रिट निवेदक : जि.महोत्तरी सोनामाई गा.पं.वडा नं. ३ बस्ने धनिराम राय यादव विरुद्ध विपक्षी/प्रत्यर्थी : मालपोत अधिकृत, मालपोत कार्यालय, महोत्तरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जे जति व्यवहार जालसाजी ठहर भएकोछ सो हदसम्म मात्र दर्ता बदर हुन सक्ने । (प्रकरण नं. १०) रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला र विद्वान अधिवक्ता श्री रामनाथ मैनाली फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।८।२९ को निर्णय दोहोराई हेरी दिनु भन्ने सर्वोच्च अदालतका नाममा हुकुम प्रमाड्डी बक्स पाउँ भनी रिटनिवेदक धनिराम यादवले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारको जुनाफमा चढाएको बिन्तिपत्रमा उक्त मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमाड्डी बक्स भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. सालिन्दा मालपोत बुझाई निर्विवाद हक भोग चलन गरी आएको महोत्तरी जिल्ला निगोला गा.पं. वडा नं. ८ कि.नं. १०० क्षेत्रफल ०–६–११२ र कि.नं. १०६ क्षेत्रफल ०–१९–० जग्गाको स्वामी हुँदा जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेको जग्गा अदालतबाट जालसाजी ठहर भई फैसला भएको भनी विपक्षी दीर्घमाया उप्रेतीले निजको नाममा नामसारी दा.खा. गरिपाउँ भनी निवेदन दिएकोमा यस कार्यालयको नाममा पुर्जी नभएकोले दा.खा. गर्न मिलेन भनी निवेदन तामेलीमा राखी दिने भन्ने मालपोत कार्यालयको निर्णय उपर निजको विपक्षी जि.का.मा पुनरावेदन परेकोमा मालपोत कार्यालयको मिति २०३६।३।२७ गतेको निर्णय त्रुटिपूर्ण भनी पुनरावेदकको नाममा दा.खा. दर्ता गरी ज.ध.प्र.पूर्जा दिने भनी मिति २०४०।१।१३।३ मा निर्णय भएपछि मालपोत कार्यालयको दिने म्यादमा हाजिर भई उक्त जग्गा विपक्षीको नाममा दा.खा. भई जानु पर्ने होइन भनी लिखितजवाफ समेत दिएकोमा जि.का. को निर्णय उपरको उजूरी यो लिखितजवाफ नहुँदा निजको जिकिर तर्फ विचार गर्न नपर्ने भनी जि.का.का. को फैसला बमोजिम धनिरामको नामको श्रेस्ताबाट खारेज गरी दीर्घमायाको नाममा दा.खा. दर्ता गरी ज.ध.प्र.पूर्जा दिन पर्ने देखिन आएको तर दावीको जग्गा निज धनिरामको नाममा साझा संस्था औराहीबाट रोक्का रहेको देखिनाले सो रोक्का फुकुवा भएका बखत मात्र यसै निर्णयबाट नै पुनरावेदकका नाममा दा.खा. गरी ज.ध.प्र. पूर्जा दिने भन्ने मिति २०४०।८।५।२ मा मेरो रोहवरमा मा.पो.का. बाट भएको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ किनभने मा.पो.का. को मिति २०३६।३।२७ गतेको निर्णय पर्चाबाट प्रष्टतः तेरो मेरोको प्रश्न उठेको हुँदा सो को निपटाराको लागि विपक्षीले अदालतमा प्रवेश गर्न पर्नेमा जि.का. समक्ष पुनरावेदन दिई तेरो मेरोको प्रश्न उठेकोमा नामसारी दा.खा. गर्ने काममा अदालतको प्रष्ट कानुनी फैसला तथा आदेश बेगर अन्य कुनै