निर्णय नं. ३७२३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७२३ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/१२/२२ २५०९ निर्णय नं. ३७२३ ने.का.प. २०४६ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको रिट पू.इ.नं. ४३ आदेश भएको मिति : २०४५।१२।२२।३ मा निवेदक : जि.दाङ त्रिभुवन नगर न.पं. वडा नं. १० बस्ने रामधिरज गुप्ता विरुद्ध प्रत्यर्थी : त्रिभुवन नगर नगरपञ्चायत वडा नं. ११ बस्ने सुन्दर गुप्तासमेत विषय : उत्प्रेषण (१) मालपोत कार्यालयको प्रशासनिक भूलले निवेदकको नाउँमा दाखेल खारेज गरिएकोमा पछिबाट सामान्य भूललाई आफैं सच्याई गरेको कार्यलाई त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात र विद्वान अधिवक्ता श्री सिताराम तिवारी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदन पेश हुँदा सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश बीच मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :– २. मुल पुर्खा बुधई मेरो बुबा आमा ठकुरा र निजका दुई छोरा मध्ये जेठा सुन्दर र कान्छा म रामधिरज हौं । आमा तथा बुबा कालगतिले स्वर्गीय भइसक्नु भएको छ । दाइ सुन्दरको छोरा शिवशंकर हुनुहुन्छ । हामी दुवै दाजु भाइ तथा आमाको बीचमा २०१६ साल आश्विन १६ गते रीतपूर्वकको अंशबण्डा पास भई आ–आफ्नो भागमा परेका जग्गाको दाखिल खारेज समेत गराई जोत भोग गरी आएका छौं । आमाको भागमा ५–१८–१९ जग्गा जिउनीमा परेकोमा जिल्लामा २०२८ सालमा नापी हुँदा आमाको नाउँमा ज.वि. ५–०–९१२ कायम भयो । अंशबण्डामा आमाले जिउनीमा पाउनु भएको जग्गा कुनै किसिम हक छाडी लिखत गरी दिन समेत नपाउने भन्ने भोग चलन मात्र गर्न पाउने भनी प्रष्ट लेखियो । आमालाई मेरै घरमा राखी सेवा स्याहार सम्भार दान तिर्थ ब्रत गरी औषधि उपचार समेत गराई आएको थिएँ २०२५।१२।१५ मा आमाले जिउनी जग्गाको शर्तनामा समेत लेखिदिनु भयो । ३. प्रत्यर्थी सुन्दर गुप्ताले मेरी आमालाई गफलतमा पारी निजको नाउँमा रहेको जिउनीको जग्गा गा.पं. धौराही वार्ड नं. ७ क. कि.नं. १५, १६, १७, १८, २०, २१, २३, २८ गरी जम्मा ज.वि. ५–०–९१२ जग्गा प्रत्यर्थी शिवशंकर गुप्ताको नाउँमा २०३३।१०।२२ मा भू.प्र.का. दाङबाट बकसपत्र पास गराउनु भएछ । आमा २०३७।४।२ मा स्वर्गवास हुनुभयो । २०३९।१२।३० मा आमाबाट प्रत्यर्थीले बकसपत्र गराई लिएको कुरा थाहा पाई मेरी आमा ठकुरीको जिउनीको जग्गा ५–०–९१२ बकसपत्र बदर गरी आधी २–१०–४३/४ प्रत्यर्थी २ बाट दिलाई पाउँ भनी ०४०।५।१९ गते बकसपत्र बदर मुद्दा दाङ दे.जि.अ. मा परेकोमा वादीको हक जति आधा बकसपत्रसम्म बदर हुने ठहर्छ भनी २०४१।८।२८ मा जि.अ.बाट फैसला भयो । सो फैसला उपर अञ्चलमा पुनरावेदन परेकोमा अञ्चलले सदर गरी क्षे.अ.मा अनुमतिको लागि निवेदन परेकोमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएन मुद्दाको अन्तिम टुड्डो लाग्यो प.क्षे.अ.को आदेशबाट टुड्डो लागिसकेको बकसपत्र मुद्दाबाट तपसील बमोजिमका जग्गाहरु मध्ये कित्तै पिच्छे आधि सुन्दर गुप्ताको नाउँबाट बदर गराई वादी रामधिराज गुप्ताको नाउँमा दा.खा. गरिदिनु भनी दाङ दे.जि.अ.ले २०४२।१०।२।७।१ मा मा.पो.का. दाङलाई पत्र लेखी पठायो । पुनः उक्त पत्रमा शिवशंकर गुप्ताको नामबाट बदर गरी