निर्णय नं. ३७२४ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७२४ - जबरजस्ती करणी भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/१२/२९ २५०७ निर्णय नं. ३७२४ ने.का.प. २०४६ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.ई.नं. २२ फैसला भएको मिति : २०४५।१२।२९।३ मा डि.बे. को फैसला ने.का.प. भाग २६, (२०४१) अड्ढ २, नि.नं. १९१२ पृष्ठ २७६ मा प्रकाशित, फैसला मिति २०४१।१।२८।५ निवेदक/वादी : राजकुमारी थारुको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.मोरङ राजघाट गा.पं. वडा नं. ४ बस्ने कुलबहादुर कार्कीसमेत मुद्दा : जबरजस्ती करणी (१) जाहेरवालीको मृत्यु भएकोले आफ्नो जाहेरी व्यहोरा अदालतमा समर्थन गर्न नसकेको कारणबाट मात्र किटानी जाहेरीको व्यहोरा असत्य भन्न नमिल्ने । (प्रकरण नं. २८) (२) २–३ वर्ष अघिको मोहियानी सम्बन्धी सानो विवादलाई लिएर आफ्नो अगाडि आफ्नो श्रीमतीलाई ३ जना मिलेर पालै पालो जबरजस्ती करणी गरे भनी आरोप लगाएको तथा आफ्नो लोग्नेको सामनेमा प्रतिवादीहरुले जबरजस्ती सतित्व नष्ट गरेको भनी जाहेर गरेको कुरालाई निराधार आरोप लगाएको भन्न युक्तिसंगत नदेखिने । (प्रकरण नं. २८) (३) बरामद भएको सामानहरु मेरा हुन् भनी प्रतिवादीले अदालत समक्ष स्वीकार गरिरहेकोमा प्रतिवादीका साक्षीले उक्त खुकुरी प्रतिवादीको होइन भनी बकपत्र गरेबाट साक्षीको बकपत्र विश्वासजन्य नदेखिने । (प्रकरण नं. २८) (४) जाँच गर्ने विशेषज्ञलाई अदालतमा बकपत्र हुन नसकेकोबाट पत्रको आधारमा मात्र जबरजस्ती करणी नभएको भनी अकाट्य आधार मान्न नसकिने । (प्रकरण नं. २८) वादी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा यस सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०४१।१।२८।५ मा भएको फैसला दोहर्याई हेरी दिनु भनी हुकुम प्रमाड्डी बक्स पाउँ भनी श्री ५ को सरकारको तर्फबाट निमित्त महान्यायाधिवक्ताले न्यायिक समिति मार्फत चढाउनु भएको बिन्तिपत्र र यस बारे न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्याई दिनु हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट मिति २०४२।६।७ मा लेखी आए बमोजिम यस सर्वोच्च अदालतको फुलबेञ्च लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. २०३२।११।११ गते कृषि मेला हेर्न पतिसंग आएको र बास बस्न जगरनाथको घरमा जाँदा निज फेला नपरेकोले फर्किरहेको बेला पतिको चिनजानका कुलबहाुदरसंग भेट भयो निजले हामीलाई लाली गुराँसको कोठा नं. ३ मा राखी पतिलाई अर्कै कोठामा लगे । कुलबहादुरले मलाई जबरजस्ती करणी गर्न खोज्दा चिच्याएकोले सो सुनी पति आउँदा कुलबहादुरले खुकुरी निकाली लोग्नेको घाँटीमा राखी करणी गर्न दिँदैनस भने काटी दिन्छु भन्दा डरले जे गर्छौ गर भने पछि लजमा काम गर्ने थिसो आङनामी र गुमानसिंहले खुकुरी लिई बोलीस भने काट्छौं भनी लोग्नेको नजिक खडा भए कुलबहादुरले ३ चोटी करणी गरे त्यसपछि ति दुईजनाले पनि पालैपालो १।१ चोटी करणी गरेको हुँदा जाहेर गर्न आएको छु । अपराधीलाई कारवाही गरिपाउँ भन्ने समेत ०३२।११।१२ को राजकुमारीको जाहेरी । ३. २०३२।११।११ गते श्रीमतीसंग मेला हेर्न आएको बखत राती कुलबहादुरसंग भेट भई निजका साथमा रहेको अरु २ जना