निर्णय नं. ३७२५ - ज्यान सम्बन्धी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७२५ - ज्यान सम्बन्धी भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/१२/२२ २४७६ निर्णय नं. ३७२५ ने.का.प. २०४६ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पूर्ण ई.नं. १७ फैसला भएको मिति : २०४५।१२।२२।३ मा सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४२।१।१६।१ को फैसला निवेदक/प्रतिवादी : हाल जुम्ला कारागारमा थुनामा रहेको बन्दी सानुमुनी चन्द्र प्याकुरेलको हकमा निजको एकाघरसंगको आमा श्रीकला जैसेनी विरुद्ध विपक्षी/वादी : पुरीलालको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान सम्बन्धी (१) एकजनाले गरेको करणीबाट मात्र मृत्यु हुन नसक्ने भनी जिकिर लिएतर्फ विचार गर्दा योनी वरिपरी रौ नआएको, स्तन भर्खर आउनु शुरु मात्र भएको अवस्थाकी केटीलाई लाश प्रकृति मुचुल्कामा देखिएको अवस्था समेतलाई विचार गर्दा जबरजस्तीसंग करणी गर्दा मृत्यु हुन नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. २४) निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।१६।१ को फैसला दोहोर्‍याई हेरी निर्णय गर्नु भन्ने सर्वोच्च अदालत पूर्ण इजलासको नाउँमा हुकुम प्रमांगी बक्स पाउँ भनी प्रतिवादी सानुमुनीचन्द्र प्याकुरेलको हकमा निजको एकाघरको आमा श्रीकला जैसेनीले दिएको बिन्तिपत्रमा डिभिजनबेञ्चबाट छिनिएको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी हुकुम प्रमांगी बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. दीपलालको छोरा भएको उपलक्ष्यमा ०३६।९।२४ गते रात छैठी मनाउन मानिस जम्मा भई दिपलालको घरमा खेल भएको र त्यहाँ वर्ष १५ की हरिकला पनि आएकी थिई रातमा देवमुनिको वर्ष २२ को छोरा मुनिचन्द्रले हरिकलालाई बोलाई अन्दाजी १६।१७ सय गज टाढा पुर्‍याएपछि मरिछन् । उक्त लास गराबाट उठाई निज मुनिचन्द्रको घरमा ल्याई राखेका छन् । के कारणबाट मृत्यु भएको हो थाहा छैन । निज मुनिचन्द्रलाई पक्री साँचो सत्य पत्ता लगाई कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त । ३. नाक मुखबाट रगत बगेको, आँखा दुवै चिमलिएको, ओठ केही खुलेको, कालो चोलो लगाएकी, कठालो र दुवै बाहुलामा रगत लागेको, जिउँडोमा घोटिए जस्तो डाम देखिएको दुवै हातमा चुरा र चाँदीका बाला लगाएकी, दुवै घुँडा ठाडो पारी दुवै खुट्टा खुम्चिएको, कपालको चुल्ठा रगतले भिजेको, दुवै हातको हत्केला र नङमा माटो लागेको, बायाँ कानमा रु. १।– को चाँदीको चक्की लगाएकी, गाला फुलेको, गुद्वारबाट केही दिशा निस्की जतातता भएको, योनीबाट रगत निस्की गुद्वारमा जमेको, मुखबाट रगत निस्की छातीबाट बगेको, बायाँ गोडामा २ इन्च लामो १ इन्च चौडा छाला खुइलिएको, घाउ, एक साप्रामा जलौरो उठेको बायाँ तिघ्राको भित्री भागमा २ इन्च लामो ११२ इन्च चौडा पिरामीड आकारको छाला खुइलिएको, योनीबाट रगत आएको, रौं नआएको, स्तन आउन मात्र शुरु भएको, लगाएको घाँघर र ओड्ने च्यादरमा समेत सेतो दाग परेको, दिशा जताततै लागेको भन्ने लाश प्रकृति मुचुल्का । ४. छोरा भएको उपलक्ष्यमा २०३६।९।२४ मा दिपलालको घरमा भएको भोजमा खेल खेलेको ठाउँमा भू.पू.प्र.पं. ले डाकी २ केटी मैले ल्याएको छु, हरिकलालाई बोलाएर ले पल्तीर गई खेलौँला भनेकाले हरिकलालाई इशारा गरी लगी अलिपर पुगेपछि