निर्णय नं. ३७२६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७२६ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०५/०९ १९६० निर्णय नं. ३७२६ ने.का.प. २०४६ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रिट पूर्ण इजलास नम्बर ८४ आदेश भएको मिति : २०४६।१।६।३ मा सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४२।५।९।१ को आदेश निवेदक/रिटनिवेदक : जिल्ला अर्घाखाँची भगवती गा.पं.वा.नं. ६ बस्ने जेमदग्नी पाण्डेसमेत विरुद्ध विपक्षी/प्रत्यर्थी : गुल्मी जिल्ला वन कार्यालय जिल्ला वन नियन्त्रणको अध्यक्षतामा गठित पहाडी क्षेत्रमा आवादी क्षेत्र र वन जंगलक्षेत्र छुट्याउने समिति विषय : उत्प्रेषण (१) कानुनी आधार बिना गठन गरिएको समितिलाई कानुनी अधिकार प्राप्त समिति भन्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।५।९।१ को निर्णय फुलबेञ्चबाट दोहोराई हेरी दिनु भन्ने हु.प्र. बक्स पाउँ भनी रिटनिवेदक जेमदग्नी पाण्डे समेतले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा मिसिल झिकी फुलबेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट तोक लागी आएअनुसार पेश हुन आएको प्रस्तुत रिटनिवेदनपत्रको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. म निरतन पाण्डेको जेठो छोरा छविलाल र कान्छो म जेमदग्नी भएको छविलालको स्वर्गवास भइसकेकोले निजको हक खाने छोरा म घनश्याम हुँ । म जेमदग्नीको बाबु र म घनश्यामको बाजे भनी रतन पाण्डेको नाम २००६ सालको दर्ता तिरो रु. ।१२।२ बाह्र पैसा दुई दाम लागेको राता कटेरी भन्ने जग्गा दर्ता भई पोत तिरी आजसम्म भोग चलन गर्दै आएका छौं । यो जग्गाको तालुकदार जिल्ला गुल्मी गा.पं. सिमिचौर वडा नं. ४ आमडाँडा बस्ने मनिराम पाण्डे क्षेत्री हुनु हुन्छ । वहाँको दाम काम गर्ने ऐ.ऐ. को भाइ प्रेमनारायण पाण्डे हुनु हुन्छ । वहाँलाई हामीले सेरमा बुझाउँदै आएका छौं । मिति २०३९।१०।१२।७ मा पनि हामीहरुले वहाँलाई सेरमा बुझाई रसिद लिएका छौं । हालको सर्भे नापी हुँदा हामीहरुको जग्गा जिल्ला गुल्मी गा.पं. सिमचौर वडा नं. ४ को कि.नं. १ वन क्षेत्रमा मिलाई नापी भयो । हामीहरुको तिरो भरो भोगको जग्गाको छुट्टै नापी नक्शा गराई ज.ध. दर्ता प्रमाण पूर्जा पाउँ भनी हामीहरुले ९ नं. नापी गोश्वारामा निवेदन दियौं । समितिले मिति २०४१।५।२९ गतेमा निर्णय गर्दा नि.नं. ३ मा सोही गा.पं. वडा नं. ४ मा पर्ने कि.नं. १ जेमदग्नी समेतको द.नं. ३३६ मिति २०४१।१।२६ गतेको निवेदन भूमिसुधार ७ नं. फाराम रसिदको नक्कलहरु पेश भएको नापी हुँदा वनमा नापी भएको ठूल्ठूला सल्लाघारी भएको हुँदा उक्त वनक्षेत्र कायम गर्ने भनी पर्चामा लेखी म हरिप्रसाद पाण्डेले मिति २०३०।१२।२५ गतेमा रु. ५,८००।– मा पूर्व कुलो पश्चिम खोलो उत्तर कुन्ते पानी जाने कुलो दक्षिण कुसमा खरको साँध यति ४ किल्लाभित्रको वगहा भन्ने खेत माटो मुरी ।१।८।४ को कित्ता १ ऐ. माटो मुरीको पूर्व कुलो पश्चिम कामीको खोरिया जाने कुलो उत्तर शिवलालकै र धनीकै साँध दक्षिण कामीको खोरियो जाने ठाडो बाटो यति ४ किल्लाभित्रको वगाहा भन्ने माटो मुरी पाथी ।।१२।४ को कित्ता १ जिल्ला गुल्मी