निर्णय नं. ७३०६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३०६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ । भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६१/०१/३१ ३८५४ निर्णय नं.७३०६ ने.का.प.२०६१ अङ्क १ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत २०६० सालको रि.पू.ई.नं.....१२ आदेश मितिः २०६१।१।३१।५ विषयः उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ । निवेदकः जिल्ला ललितपुर ल.पु.उ.म.न.पा. वार्ड नं. १८ वस्ने उपेन्द्र गोपाल श्रेष्ठ विरुद्ध विपक्षीः भूमिसुधार कार्यालय, ललितपुर समेत § जग्गा घर र घरले चर्ची खाली जग्गा वाँकी नरहेको अवस्थाको जग्गा वाँडफाँड गर्दा रकम लिने दिने प्रयोजनको लागि छुट्टै निवेदनको ढाँचा नियममा नतोकिएको र भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ङ ले पनि सो व्यवस्था गरेको नपाइदा ऐनको दफा २६ख मा तोकिएको अधिकारीले दफा २६ग, २६घ र २६ङ को अधीनमा रही मोही लागेको जग्गा जग्गावाला र मोहीलाई वाँडफाँड गर्न सक्ने छ भन्ने व्यवस्था गरेकोले जग्गा वाँडफाँडको लागि निवेदन परेपछि के कसरी वाँडफाँड गर्ने भन्ने प्रयोजनको लागि ऐनको दफा २६ङ स्वतः कृयाशील हुने । § वाँडफाँड गर्दा जग्गा नै आधा आधा गर्ने, जग्गा छाडी प्रचलित दर भाउले हुन आउने रकम लिने दिने समेतको कार्य जे जस्तो गर्न मिल्छ उक्त कानूनी व्यवस्थाको अधिनमा रही सम्बन्धित अधिकारीले गर्नुपर्ने हुँदा वाँडफाँड हुन नसक्ने जग्गाको मुआव्जा वा रकमको माग गरी छुट्टै निवेदन दिनु पर्छ भन्न मिल्ने देखिन नआउने । § जहाFसम्म मोहीले घरवासको जग्गा बिक्री गर्न सक्ने कुराको सन्दर्भमा मोहीले घर बनाएको कारणले जग्गाको मोहियानी हक स्वतः स्वामित्वमा रुपान्तरण नहुने । § मोहीद्वारा जुनसुकै अवस्थामा पनि जग्गाको स्वामित्व हस्तान्तरण हुन नसक्ने हुँनाले दर्ता श्रेस्ता यथावत जग्गाधनीकै रहन्छ, मोही सम्म घरवास बिक्री गरीएको जग्गाको परिवर्तन हुने हो । यस्तो स्थितिमा मोही परिवर्तन हुने कुराले जग्गाधनीको हैसियत र निजको हकाधिकारमा तात्विक भिन्नता ल्याएको मान्न नमिल्ने । § विधायिकाले मोहीले घर बनाएको जग्गा मोहीकै भागको वण्डामा पर्ने र त्यसो गर्दा जग्गा वापत जग्गाधनीलाई मुआव्जा वा रकम मोहीबाट दिलाई दिने मनसाय राखेको देखिने । § घरले ओगटेको कारण जग्गाधनीलाई कम जग्गा पर्न गए सो वापत रकम मोहीबाट दिलाई दिनु पर्ने व्यवस्था गरेको पाईदा घरले ओगटेको जग्गा पनि वांडफाँड हुन सक्ने र जग्गै दिलाउन नसके सो वापत रकम दिलाउनु पर्ने कानूनको मनसाय रहेको देखिने । § भूमि सम्बन्धी ऐन, २०२१ मा भएको ०५३ सालको चौथो संशोधनको उद्देश्य भूमिमा द्वैध स्वामित्व हटाउनु रहेको छ । सदा सर्वदा कालान्तर सम्म स्वामित्व एउटाको भोग अर्काको रहने गरी भूमि व्यवस्था कायम गर्नु कानूनको मनसाय नहुने । § सबै व्यवहार र अवस्था कानूनमा उल्लेख हुँदैन र त्यो संभव पनि छैन । कानूनले उद्देश्य र प्रयोजन देखाउने हो । प्रयोग सम्बन्धित निकायहरुले न्यायोचित तवरले गर्नुपर्ने । § कुनै ऐनको कुनै दफाले सो कानूनको मूल प्रयोजनलाई पूर्णतः प्रतिविम्बित नगरेको पनि हुन सक्छ । अतः कानूनको कुनै दफाको अर्थ गर्नु पर्दा पूरा ऐनको समग्र व्यवस्था र उद्देश्य बिचार गरेर गरीएमा मात्र विधायिकाले सो दफामा राखेको विधायिकी मनसाय स्पष्ट हुन जाने । § ऐनको दफा २६ङ (१)(ग) ले र ऐ. (२) ले मोहीले घर बनाएको जग्गाको वाँडफांड गर्दा जग्गाधनीलाई घरले ओगटेको जग्गाको भाग पर्न गए त्यसको र