निर्णय नं. ३७२७ - विध्वंसात्मक अपराध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७२७ - विध्वंसात्मक अपराध भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/०२/२४ ३७५८ निर्णय नं. ३७२७ ने.का.प. २०४६ अङ्क २ तीन न्यायाधीशको इजलास माननीय नयायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको फौ.वि.अ.स.पु.नं. १५ साधक ८ फैसला भएको मिति : २०४५।२।२४।२ मा पुनरावेदक/वादी : प्रहरी शिविर लैनचौरका प्र.ना.नि. डोलबहादुर थापाको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि.धनुषा गा.पं. तारापति सिर्सिया वा.नं. ८ बस्ने चन्द्रविजय साहसमेत मुद्दा : विध्वंसात्मक अपराध (१) विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ११(२) मा प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानुन बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्मक अपराध सम्बन्धमा कुनै कानुनी कारवाही र सजायँ यसै ऐनमा परे सरह मानी यसै ऐन बमोजिम हुनेछ भनी स्पष्ट उल्लेख भएको देखिँदा प्रचलित कानुन बमोजिम मुद्दा दायर भई नसकेको अपराधमा कारवाही र सजायँ गर्न यो ऐन बनेको देखिने । (प्रकरण नं. १०९) (२) नेपाल अधिराज्यको सुरक्षा, शान्ति र व्यवस्था कायम राख्न सर्वसाधारणको ज्यू ज्यान र धन सम्पत्ति तथा महत्वपूर्ण सार्वजनिक सरकारी र गैर सरकारी स्थान, भवन र साधनहरु समेत सुरक्षा गर्न विध्वंसात्मक अपराधलाई विशेष रुपले नियन्त्रण गर्न तथा तत्सम्बन्धी सजायँको विशेष व्यवस्था गर्न संविधानको धारा १७(२) को उद्देश्य परिपूर्तिका लागि उक्त ऐन बनेको तथ्य ऐनको प्रस्तावनाबाट देखिने । (प्रकरण नं. १०९) (३) संविधानको धारा ११(३) मा जेसुकै कुरा लेखिएको भए तापनि संविधानको धारा १७(२) मा उल्लेखित उद्देश्य अनुरुप राज्यले कानुन बनाउन सक्ने र संविधानको धारा १७(१) समेतको आधारमा त्यसरी बनेको कानुनले संवैधानिक हकहरुको प्रयोगलाई समेत बन्देज लगाउन सक्ने देखिएबाट अघि भएको अपराधलाई पछि बनेको ऐनले सजायँ गर्न संविधान तथा ऐनको दफा ११(२) समेतको आधारमा कुनै असर पुर्‍याएको नदेखिँदा यस अपराधमा विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन बमोजिम कारवाही भई सजायँ गर्न समेत संविधान र कानुन अनुकूल नै देखिने । (प्रकरण नं. १०९) (४) वारदात गराएको भन्ने शंकारहित प्रमाण वादी श्री ५ को सरकारबाट प्राप्त हुन नआएको अवस्थामा अभियुक्तहरुको हकमा वादी दावी बमोजिम सजायँ गर्न मनासिब नहुने । (प्रकरण नं. ११०) (५) अभियोग पुष्टि गर्ने शंकारहित प्रमाणको अभावमा विध्वंसात्मक अपराध जस्तो संगीन प्रकृति र अवस्थाको कसूर केवल अभियोगको भरमा मात्र ठहर गर्न न्यायसंगत नहुने हुँदा शंकाको सुविधा अभियुक्तहरुले पाउने । (प्रकरण नं. १११) (६) विध्वंसात्मक कार्य गर्न गराउन विदेशी भूमिमा रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहले खडा गरेको गिरोहले खेमराज मायालु समेतको सहमतीबाट विस्फोटक पदार्थ सहित विध्वंसात्मक कार्य गर्न गराउन पठाएको सिद्ध हुन आएकोले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ३(१) र ३(२) को कसूरमा सोही ऐनको दफा ७(१) अनुसार अभियुक्तहरु मध्ये प्रेमबहादुर विश्वकर्मा, रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंहलाई मृत्युदण्डको सजायँ गर्ने ठहर गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको इन्साफमा केही परिवर्तन गरी रहन नपर्ने । (प्रकरण नं. ११२) पुनरावेदक/वादी तर्फबाट : विद्वा