निर्णय नं. ७३०७ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३०७ - उत्प्रेषण समेत भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: ४६ फैसला मिति :२०६१/०१/१७ ३७६७ निर्णय नं. ७३०७ ने.का.प.२०६१ अङ्क १ विशेष इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री हरिजंग सिजापति सम्बत् २०६० सालको रिट नं. ..३९ आदेश मितिः २०६१।१।१७।५ बिषय :– उत्प्रेषण समेत । पुनरावेदक प्रतिवादी का.जि.का.म.न.पा. वडा नं. ३२ डिल्लीवजार स्थित कानूनी राज्य प्रबर्द्धन समाजको तर्फवाट ऐ.का अख्तियारप्राप्त महासचिव भई आफ्नो हकमा समेत ऐ.ऐ. वस्ने अधिवक्ता भरतमणि गौतम समेत विरुद्ध विपक्षीः श्री ५ को सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, सिंहदरवार, काठमाडौं समेत § प्रस्तुत रिट निवेदनमा निवेदकले भूमि सम्बन्धी ( पाँचौ संशोधन ) ऐन,२०५८द्वारा भूमि सम्बन्धी ऐन, २०२१ मा थप गरिएको दफा २६घ ३ मा रहेको मोही लागेको जग्गा जग्गावाला र मोेही वीच वाँडफाँड गर्ने कारवाही भूमिसुधार अधिकारीले सो ऐन लागू भएको मिति २०५८।४।३२ को दुई बर्ष भित्र टुंगो लगाइसक्नु पर्ने कानूनी व्यवस्थाले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७ द्वारा प्रत्याभूत सम्पत्ति सम्बन्धी अधिकार र धारा १२(२) (घ) द्वारा प्रत्याभूत आवत जावत र वसोवास गर्ने स्वतन्त्रतामा समेत आघात पुर्‍याएकोले सो व्यवस्था प्रारम्भ भएकै मिति देखि अमान्य र वदर घोषित गरी पाउँ भन्ने मुख्य मागदावी लिएकोमा श्री ५ को सरकारलाई प्रदान गरिएको अधिकारको प्रयोग गरी श्री ५ को सरकारले मोही लागेको जग्गा जग्गावाला र मोही वीच वाँडफाँड गर्ने कारवाही टुंगो लगाई सक्नु पर्ने अवधि २०६२ साल चैत्र मसान्तसम्म तोकेको भूमिसुधार तथा व्यवस्था मन्त्रालयवाट नेपाल राजपत्र खण्ड ५३ अतिरिक्ताङ्क ७१, मिति २०६०।११।२२ मा सूचना समेत प्रकाशित भएको देखिदा निवेदकले संविधानसँग वाझिएको भनी दावी लिएको विवादित प्रावधान नै संशोधन भई नयाँ व्यवस्था भइसकेकोले निवेदकले निवेदनमा जिकिर लिए जस्तो मोही र जग्गावाला वीच मोही लागेको जग्गा वाँडफाँड सम्बन्धमा मिति २०६०।४।३२ पछि कारवाही नै हुन नसक्ने स्थिति विद्यमान रहेको नदेखिंदा निवेदन माग वमोजिमको आदेश जारी गरिरहनु पर्ने अवस्था नदेखिंदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ९) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक अवलम्वित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(१) अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छ :– २. भूमि सम्बन्धी ऐन, २०२१ मा भएको (चौथो संशोधन) द्वारा थप गरिएको दफा २६ ख, २६ ग, २६घ र २६ङ मा मोही लागेको जग्गा जग्गाधनी र मोही वीच वाँडफाँड गर्ने सम्बन्धमा विभिन्न व्यवस्था गरिएको छ । भूमिमा द्वैध स्वामित्वको अन्त्य गर्ने विधायिकी मनसाय अनुरुप कानून निर्माण भएतापनि द्वैध स्वामित्वको अन्त्य नभएकोले भूमि सम्बन्धी ऐन, २०२१ मा भएको पांचौ संशोधनले जग्गाको द्वैध स्वामित्वको अन्त्य गर्नको लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६घ पछि दफा २६घ१ थप गरी दफा २६ग र २६घ को प्रयोजनको लागि भूमि सम्बन्धी (पाँचौ संशोधन) ऐन, २०५८ प्रारम्भ भएको मिति २०५८।४।३२ गते देखि ६ महिना भित्र मोही लागेको जग्गा बाँडफांड गर्न निवेदन दिनु पर्ने, नदिएमा ७ नं. फाँटवारी र उपलब्ध भएसम्मको प्रमाणहरु बुझी मोही लागेको जग्गा भूमिसुधार अधिकारीले वाँडफाँड गरी दिन सक्ने व्यवस्था ऐनको दफा २६घ२ मा र