निर्णय नं. ७३०८ - दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३०८ - दर्ता बदर भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६१/०१/२४ २८८९ निर्णय नं. ७३०८ ने.का.प.२०६१ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री राम नगिना सिंह सम्बत् २०६० सालको दे.पू.इ.नं. ..२३ फैसला मितिः २०६१।१।२४।५ मुद्दा :– दर्ता बदर । पुनरावेदक प्रतिवादीः नुवाकोट जिल्ला ओखरपौवा गा.बि.स. वडा नं. ७ घर भै हाल वारा जिल्ला जितपुर आदर्श गा.बि.स. वडा नं. ३ वस्ने पुड्के वलामी विरुद्ध बिपक्ष वादीः नुवाकोट जिल्ला ओखरपौवा गा.बि.स. वडा नं. ७ वस्ने सन्तवीर वलामी § विवादको कि.नं. ८५४ को जग्गाको सम्बन्धमा यी वादी प्रतिवादी दुवैले आफ्नो नाउँमा मोही हक कायम हुनुपर्ने भनी उही कार्यालयमा एकै पटक माग गरी एउटै फाटवालाका जिम्मामा दुवै मिसिल रहेकोमा एउटा निवेदनमा मात्र निर्णय गरी अर्को निवेदनलाई दर्ता बदर गर्न जाउ भनी सुनाएको पाइंदा एकै कार्यालयमा एकै पटक परेको उही विषयमा जति उजुर परेको छ सबै एकै साथ राखी हेर्नुपर्नेमा त्यसो नगरेको सो निर्णय र काम कारवाही कानूनसम्मत हुन नसक्ने । § मोहीले जग्गा छाडेमा वा तोकिए वमोजिम कूत नबुझाएमा वा मोही हक हस्तान्तरण गरेमा सो कुराको लिखित सूचना दिनु पर्ने कानूनी व्यवस्था भएकोमा सो वमोजिमको कार्यविधि प्रस्तुत मुद्दाको विवादित जग्गाको सम्बन्धमा भए गरेको नदेखिदा पनि विवादित जग्गाको मोही वादी दावी बमोजिम यी वादी रहेछन् भन्न सकिने अवस्था देखिन नआउने । § वादी प्रतिवादी दुवैको एकै समयमा एकै कित्ता जग्गामा मोही हक कायम गरी पाउ भनी परेको निवेदनमा अलग अलग निर्णय गर्नुका साथै विवादित जग्गा गुठी देखिएकोमा गुठी जग्गाका सम्बन्धमा मोही तेरो मेरोमा निर्णय गर्ने अधिकार नै मालपोत कार्यालयलाई नभएको हुँदा मालपोत कार्यालय नुवाकोटको मिति २०५३।११।२३ को निर्णय अधिकार क्षेत्रात्मक त्रुटी समेतका आधारमा बदर हुने § अधिकारक्षेत्र नै नभएको निकायले फिराद गर्न अदालत जानु भनी गरेको मिति २०५४।४।३० को त्रुटीपूर्ण निर्णयका आधारमा परेको फिरादवाट सुनुवाई गरी सो मालपोत कार्यालयको निर्णय बदर गरी प्रत्यर्थी वादीका नाउँमा मोहियानी नामसारी समेत हुने ठहर गरेको नुवाकोट जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला समेत त्रुटी पूर्ण देखिन आउँदा मालपोत कार्यालय नुवाकोटको मिति २०५३।११।२३ को निर्णय वदर गरी प्रत्यर्थी वादीको नाउँमा मोहियानी हक नामसारी हुने ठहर गरेको शुरु नुवाकोट जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला वदर हुने ठहर्याएको हदसम्म माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिव ठहर्ने । (प्र.नं. १७ देखि १९) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री गोपाल श्रेष्ठ विपक्षी वादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, र विद्वान अधिवक्ता श्री तारावहादुर सिटौला अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत पाटनको मिति ०५६।९।२ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) (ख) वमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भई निर्णयार्थ पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा र ठहर यसप्रकार छ :– २. बिपक्षी प्रतिवादी पुड्के वलामीले म