निर्णय नं. ३७३२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७३२ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/११/०३ २४९२ निर्णय नं. ३७३२ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ. पु.नम्बर ४८० फैसला भएको मिति : २०४५।११।३।३ मा पुनरावेदक/वादी : चिरञ्जीवी पनेरुको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : नु.जि. विदूर गा.पं. वा.नं. ५ बस्ने रामकृष्ण भट्टसमेत मुद्दा : कर्तव्य ज्यान (१) कर्तव्य ज्यान जस्तो जघन्य संगीन प्रकृतिको अपराधमा दावी प्रमाणित गर्ने प्रमाणको भार वादी पक्षको नै रहन जाने । (प्रकरण नं. २१) पुनरावेदक/वादी तर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति २०४४।८।२८।२ को फैसलामा चित्त नबुझेकोले उक्त फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउँ भन्ने वादी श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदनपत्र सहितको मिसिल यस इजलास समक्ष निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २. मेरो सहोदर दिदी अनन्तकुमारी गजुरेलनीले रामकृष्ण भट्टसंग लिनु पर्ने रु. ४,०००।– छ । सुनको ३ टाटे जन्तर लिन जान्छु भनी मिति २०४०।२।१४ गते रामकृष्ण भट्टको घर गएकी थिइन । घर नफर्केको हुँदा रामकृष्ण कहाँ गई दिदीको सोधपुछ गर्दा २०४०।२।१७ गते नै पैसा र गहना दिई पठाएको छु भनेकाले फर्की दिदीको खोजतलाश गर्दै जाँदा मिति २०४०।३।१४ गते त्रिशुली नदीको किनार दर्शनटार भन्ने ठाउँमा निज दिदीको टाउको नभएको लाश फेला परेकोले जाहेर गर्न आएको छु । बुझ्दा दिदी अनन्तकुमारीलाई रामकृष्णले नै पैसा नदिई कर्तव्य गरी मारेको विश्वास लागेकोले निज रामकृष्णलाई पक्राउ गरिपाउँ भन्ने समेत व्यहोराको चिरञ्जीवी पनेरुको जाहेरी दर्खास्त । ३. लाशको गर्धन देखि माथिको भाग काटिएको जस्तो भई टाउको नभएको दायाँ हातको औंलाहरु झरिन गएको भन्नेसमेत व्यहोराको मृतक अनन्तकुमारीको २०४०।३।१९ को लाशप्रकृति मुचुल्का । ४. अभियुक्त रामकृष्णको घर तलाशी लिंदा हरियो खोल भएको डायरी १, फलामे खूर्पा १, फेला परेको भन्ने समेत व्यहोराको २०४०।३।१५ को बरामदी मुचुल्का । ५. २०४० साल ज्येष्ठ १५ गते फुपू अनन्तकुमारी मेरो घरमा आई बुबासंग पैसा मागिन् बुबाले पैसा छैन भने फुपू–आमा बसी रहनु भएको थियो । बेलुका ८ बजे फेरि पैसा मागिन् अनि बुबाले तपाइको हकवालाले तादी पुल निर बोलाएको छ उहीँ गई पैसा दिन्छु भनी बुबा चोटामा उक्ली फलामे खुर्पा र बोरा लिई बुबा र फुपू–आमा घरबाट नदी पुलतर्फ गए अं. १ घण्टा पछि बुबा खूर्पा मात्र लिई आए, त्यसको १९ गतेको दिनमा गाउँकै भरत, श्रीराम म समेत नदी खोलाको पत्थर नदीको दहमा पौडी खेल्न जाँदा सो दहमा टाउको घुमेको जस्तो लागी नजिकै हेर्दा फूपू आमाको टाउको रहेछ बुबाले खुर्पा लिई गएको हुँदा फुपू–आमालाई बुबाले नै काटी मारेको मलाई लाग्छ भन्ने रामचन्द्र भट्टले प्रहरीमा गरेको कागज । ६. यदि आषाढ महीनाको ११ गते बेलुका राती अं. १०–११ बजेको समयमा रामकृष्णले मलाई ए माइला दाइ भनी बोलाएकोले म उठी किन बोलाएको भनी सोध्दा अनन्तकुमारी हराएकी सम्बन्धमा गाउँका मानिसहरुले मलाई पक्राउ गर्न आएकोले अण्डरपेण्ट र गन्जीको भरमा भागी आएको हुँ भने रातको बीचमा घर घेरी मलाई पक्रन खोज्नेहरुलाई काठमाडौं गई मकुन्दे वकीलसंग राय लिई उजूर गर्छु । अब म गल्लीको ब