निर्णय नं. ७३०९ - एक रूपता कायम हुन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३०९ - एक रूपता कायम हुन भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६१/०१/२४ २८५८ निर्णय नं. ७३०९ ने.का.प.२०६१ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री रामनगिना सिंह संवत् २०६१ सालको पु.इ.प्रतिवेदन नं...१० आदेश मितिः २०६१।१।२४।५ विषय :– एक रुपता कायम हुन । § प्रतिवेदनमा उल्लेख गरिएका दोहर्‍याई हेर्ने निस्सा प्रदान भएका निवेदनहरु मध्ये निवेदन नम्बर ३८०९, ४८९८, ४२२६, ५१९३, ५१९२ मा मुद्दा दोहर्‍याउने निस्सा प्रदान भएको देखिएकोले अ.वं. २०१ नं. ले फैसला गर्नुपर्ने अवस्थाको हुँदा तामेलीमा राख्न नमिल्ने । § दोहोर्‍याउने आदेश भएपछि स्वतः पुनरावेदनमा रुपान्तरण हुने अवस्थाको निवेदनमा कोर्ट फी समेतका दस्तुरका हकमा ठहरे बमेजिम हुने गरी दर्ता गर्न सकिने बमोजिमको कानूनी व्यवस्था हुँदा हुँदै तारेख गुजारेको भन्ने आधारमा तामेलीमा राख्ने गरी भएको आदेश अ.वं. २०१ र १९३क कोर्ट फी ऐन २०१७ को दफा १४(४) समेतका आधारबाट कानून बमोजिमको मान्न नमिल्ने । § दोहोर्‍याउने आदेश भएको उल्लेखित सबै निवेदनहरुमा पुनरावेदन दर्ताका लागि लाग्ने कानून बमोजिमको कोर्ट फी र अन्य दस्तुर समेत लिई आउनु भनी अंक तोकी यथोचित समय दिई तारेख दिनु पर्नेमा सो बमोजिम गरी पुनरावेदन दर्ता तर्फको कारवाही अघी बढाएको देखिन नआउने । § निस्सा प्रदान भएपछि तारेख नगुजार्दा सम्मको अवधिमा तारेख तोक्दा कोर्ट फी समेतका दस्तुरका सम्बन्धमा उल्लेख गरी तारेख तोक्नु पर्नेमा सो बमोजिम भए गरेको देखिएन । साथै सो सम्बन्धमा कोर्ट फी ऐन, २०१७ को दफा १४(४) मा भएको व्यवस्था बमोजिमको प्रक्रिया समेत अवलम्बन गर्न सकिनेमा सो बमोजिमका काम कारवाही पनि सम्बन्धित फांटबाट भए गरेको देखिएन । यसरी कानून बमोजिमको कार्य गर्नुपर्ने कर्तव्य र दायित्व भएका कर्मचारीले लामो समय सम्म कुनै कारण नखोली पटक पटक साधारण तारेख मात्र तोकी उपरोक्त बमोजिमको कार्य नै नगरी तारेख गुजारेको भनी तामेलीका लागि पेश गरेको देखिएबाट सम्बन्धित कर्मचारीले कानूनी कर्तव्य र दायित्व पूरा गरेको नदेखिंदा त्यस्ता कर्मचारी माथि विभागीय कारवाही गर्नु भन्ने रजिष्ट्रारको नाउंमा आदेश समेत जारी हुने । (प्र.नं. २ र ३) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः अवलम्वित नजिरः आदेश यसमा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएपछि पुनरावेदन दर्ताका लागि लाग्ने कानून बमोजिमको कोर्ट फी तथा अन्य पुनरावेदन दस्तुर समेत दाखिला नगरी तारेखमा रहेका निवेदकले तारेख गुजारेकाले तामेलीका लागि भनी पेश भएका निवेदनहरु मध्ये कुनै निवेदनमा तामेलीमा राख्ने र कुनै निवेदनमा कोर्ट फीको हकमा पछि फैसला हुँदा ठहरे बमोजिम हुने गरी पुनरावेदनको लगतमा दर्ता गर्ने भन्ने आदेश भई कार्यविधिमा एकरुपता नभएकोले एकरुपता कायम हुनका लागि पेश गरेको छु भन्ने व्यहोराको सह–रजिष्ट्रारको प्रतिवेदनमा “एकरुपता कायम हुन वाञ्छनिय देखिँदा सर्वाेच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(च) बमोजिम पूर्ण इजलासमा पेश गर्नु“ भन्ने सम्माननीय प्रधान न्यायाधीशको आदेशानुसार प्रस्तुत प्रतिवेदन यस इजलासमा पेश हुन आएको पाइयो । २. प्रतिवेदनमा उल्लेख गरिएका दोहर्‍याई हेर्ने निस्सा प्रदान भएका निवेदनहरु मध्ये निवेदन नम्बर ३८०९, ४८९८, ४२२६, ५१९३, ५१९२ मा मुद्दा दोहर्‍याउने निस्सा प्रदान भएको देखिएकोले अ.वं. २०१ नं. ले फैसला गर्नुपर्ने अवस्थाको हुँदा तामेलीमा राख्न मिलेन । कोर्ट फी समेतका दस्