निर्णय नं. ३७३४ - प्राचीन मूर्ति चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७३४ - प्राचीन मूर्ति चोरी भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/१२/१५ ३५०९ निर्णय नं. ३७३४ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फै.पु.नम्बर ५२७ फैसला भएको मिति : २०४५।१२।१५।३ मा पुनरावेदक/वादी : प्रहरी प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : ल.पु.जि. ठेचो गा.पं. वा.नं. ५ बस्ने कृष्णगोपाल मालीसमेत मुद्दा : प्राचीन मूर्ति चोरी (१) प्राचीन मूर्तिहरुको स्थानान्तरणमा प्राचीन स्मारक संरक्षण ऐन नै लागू हुने । (प्रकरण नं. १५) (२) एकै वारदातमा २ ऐन अन्तर्गत सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत फैसला न्या.बब्बरप्रसाद सिंह १. म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न प्रकार रहेछ । २. सबूद प्रमाणको आधारमा पक्राउ भई प्रतिवेदन साथ दाखिल भएका कृष्णगोपाल माली, ज्ञानभक्त मालीको बयान गराउँदा चोभार गणेशको अगाडिको भत्केको पाटीमा जडान गरी राखेको ढुंगाको मूर्ति ज्ञानबहादुर महर्जन र गौतम दाश श्रेष्ठले लगी यो मूर्ति चोरी गरी ल्याउनु भनेकोले हामी कृष्णगोपाल, ज्ञानभक्त र वेनबहादुर भन्ने भिमसेन महर्जन रातको समयमा गई उक्त ढुड्डाको वरुणको मूर्ति चोरी गरी ल्याई सो रात नखुनेरको तोरी बारीमा लुकाई भोलिपल्ट ज्ञानबहादुर, गौतम दाशलाई हामी ३ जनाले लगी सो मूर्ति देखाउँदा निजहरुले यो मूर्ति काम नलाग्ने भनी निजहरु गए र हामी ३ जनाले सो मूर्ति बोकी पाटन अस्पतालको पछाडि बाटोमा छाडी त्यहाँबाट आ–आफ्नो घरमा गयौं र पक्राउ भएपछि सो ढुड्डाको वरुणको मूर्ति पनि बरामद गरी दिए भनी उल्लेख गरी दिएको र बेनबहादुर भन्ने भिमसेन महर्जनको बयान गर्दा चोभारको मूर्ति चोरी गर्न म गएको भन्ने उल्लेख गरी दिएका सो बरामद भएको ढुड्डाको वरुणको मूर्ति पुरातत्व विभागमा जाँच गर्न पठाउँदा सय वर्ष नाघी सकेको रु. ५०,०००।– जाने मूर्ति हो भन्ने पत्र प्राप्त भएको र घटनास्थलमा सरजमीन बुझ्दा पक्राउ भई आएका कृष्णगोपाल, ज्ञानभक्त वेनबहादुर भन्ने भिमसेन महर्जनले चोरी गरेको भनी उल्लेख गरी दिएकोबाट समेत वेनबहादुर भन्ने भिमसेन महर्जन इन्कार भए तापनि निजहरु तीनै जनासंग संगै गई अन्यत्र पनि मूर्ति चोरी गरेको हुँदा यो चोभारको वरुणको मूर्ति निजहरु तीनै जनाले चोरी गरेको देखिन्छ । तत्सम्बन्धमा सम्पूर्ण संकलित कागजातहरु अध्ययन गरी विचार गर्दा ज्ञानबहादुर महर्जन र गौतम दाश श्रेष्ठले चोरी गर्न पठाई कृष्णगोपाल माली, ज्ञानभक्त माली र वेनबहादुर भन्ने भिमसेन महर्जनले चोरी गरी ल्याई मु. ऐ. चोरीको १ नं. र प्राचीन स्मारक संरक्षण ऐनको दफा १३ को अपराध गरेको देखिन आएको हुँदा निज कृष्णगोपाल माली, ज्ञानभक्त माली र वेनबहादुर भन्ने भिमसेन महर्जन उपर दोश्रो पटक कायम गरी मु. ऐन चोरीका १,१२ र १४ बमोजिम प्राचीन स्मारक संरक्षण ऐनको दफा १३ को उपदफा ५ बमोजिम कारवाही भई सजायँ समेत हुन चोरी गर्न पठाएका ज्ञानबहादुर महर्जन र गौतम दाश श्रेष्ठ उपर मु. ऐ. चोरीको १२।१४ नं. र प्राचीन स्मारक संरक्षण ऐनको दफा १३ को उपदफा ५ बमोजिम कारवाही भई सजायँ हुनुका साथै फरार ज्ञानबहादुर महर्जन र गौतम दाश श्रेष्ठको प्रति अदालतबाटै समाव्हान जारी भई उल्लेखित माग बमोजिम कारवाही सजायँ हुन सम्बन्धित कागजात मुर्ति र अभियुक्तहरु यसै साथ प्रस्तुत भ