निर्णय नं. ७३१० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३१० - कर्तव्य ज्यान भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०५/२६ ३६६९ निर्णय नं. ७३१० ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्बत् २०५७ सालको फौ.पु.नं. ..२६६९ सम्बत् २०५८ सालको फौ.पु.नं. .२८२२,२८९६ फैसला मितिः २०६०।५।२६।६ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः वर्दिया जि.मनाउ गा.वि.स. वार्ड नं. ६ घर भै जिल्ला कार्यालय कारागार शाखा वर्दियामा थुनामा रहेकी शुभद्रा रोका मगर विरुद्ध प्रत्यर्थी वादी रेकवहादुर रोका मगरको जाहेरीले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः दाङ्ग जि.त्रिभूवननगर न.पा.वार्ड नं. १० घोराहीमा घर भई कारागार शाखा गुलरिया वर्दिया थुनामा रहेको शंकर कुमार गुप्ता विरुद्ध प्रत्यर्थी वादीः रेकवहादुर रोका मगरको जाहेरीले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः वर्दिया जि.मनाउ गा.वि.स. वार्ड नं. ६ घर भै हाल जिल्ला कारागार शाखा पाल्पामा थुनामा रहेको प्रकाश चन्द विरुद्ध प्रत्यर्थी वादी रेकवहादुर रोका मगरको जाहेरीले श्री ५ को सरकार § प्रतिवादी शुभद्राले मृतक सीमा रोका मगरलाई मार्ने मनसायले लठ्याउने पदार्थ जाँडमा मिसाई खुवाएको भन्ने नदेखिई निजलाई निस्लोट निन्द्रामा पारी प्रतिवादी शंकर कुमार गुप्ता समेतको सम्पर्कको वातावरणको परियोजना गरेको सम्म संभावना देखिन आउँछ । झाँक्री आउन नमानेपछि निजले स्वभावत प्रतिवादी शंकर कुमार गुप्ता र प्रकाश चन्दलाई खवर गरेको र निज समेतको उपस्थितिमा निजहरुको कर्तुत जगजाहेर हुने डरले आत्तिएर निजहरु तिनै जनाले संयुक्त रुपमा सिमा रोका मगरलाई अर्धचेत अवस्थामा लगी डोरीले बाँधी उचाली झुण्ड्याई सोही झुण्ड्याएको कारणवाट मृतकको मृत्यु भएको देखिन्छ । प्रतिवादी शंकर कुमार गुप्ता र प्रकाश चन्दको हकमा समेत अदालतमा भएको प्रतिवादी शुभद्रा रोकाको साविती समेतवाट पोलिएका निज प्रतिवादीहरु केवल सह अभियुक्तको पोलवाट मात्र कसूरदार देखिन नआई निज प्रतिवादीहरुको मौकाको साविति र अन्य सवुद तथा परिस्थितिजन्य प्रमाण समेतद्वारा समर्थित भैरहेको देखिएकाले निजहरु तिन जनालाई अभियोग दावी वमोजिमको कसूरदार ठहर गरी प्रतिवादी प्रकाश चन्द र शुभद्रा रोका मगरलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. र प्रतिवादी शंकर कुमार गुप्तालाई ऐ.को १३ (४) नं. को सजाय हुने ठहर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिंदा सदर हुने । § अपराधमा संलग्न यि प्रतिवादीहरुको उमेर, अपराधको परिस्थिति र अवस्थालाई विचार गर्दा प्रतिवादीहरु १७ देखि २१ बर्ष सम्मका कच्चा उमेरका अपरिपक्व अवस्थाका व्यक्तिहरु देखिन आउँछन् । दाजु भाउजुको इच्छा विरुद्ध गैर वैवाहिक सम्बन्ध र सम्पर्कका लागि घरमा भएकी भाउजुलाई लठ्याउने औषधी खुवाउँदा पटक पटक वान्ता हुनु र अर्धचेतन वा अचेत अवस्थामा पुग्नुवाट स्वभावतः आत्तिई झाँक्री वोलाउँदा झाँक्री समेत नआएको कारणले वुद्धि विवेक नपुगी प्रतिवादीहरु समेत भै कुरा फैलने डरले भाउजुलाई संयुक्त रुपमा झुण्ड्याएको भन्ने देखिन आएको र मार्ने मनसायले पूर्ण तयारी गरेको नदेखिएकोेले नियोजित रुपमा कुनै निकृष्ट लोभ वा प्रयोजनको लागि जघन्य अपराध घटाउने प्रतिवादी सरह निजहरुलाई सजाय गर्दा चर्को पर्ने देखिई निज तीनै जना प्रतिवादीहरुलाई मुलुकी ऐन अ.वं. १८८ नं. ले जनही ८ (आठ) बर्ष कैदको सजाय हुने । § (प्र.नं.३६ र ३७) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री र