निर्णय नं. ३७३५ - दाखेल खारेज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७३५ - दाखेल खारेज भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/०१/१४ २८३७ निर्णय नं. ३७३५ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ७७५, ७७६ फैसला भएको मिति : २०४६।१।१४।४ मा पुनरावेदक/वादी : तनहुँ बन्दीपुर गा.पं. वार्ड नं. ४ बस्ने मण्डली माया श्रेष्ठसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. खैरेनी गा.पं. वार्ड नं. ७ बस्ने श्यामबहादुर पंतसमेत मुद्दा : दाखेल खारेज (१) एकपटक आफ्नो भाग छुटाई कित्ताकाट गरिदिन मन्जूर भई कागज गरिसकेपछि अहिले आई कित्ताकाट गरिदिन मन्जूर छैन भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम बिवन्धनको सिद्धान्तले नमिल्ने । (प्रकरण नं. १४) (२) कानुन बमोजिम गरी लिखत राजीनामा बमोजिम जग्गा भोग चलन भइरहेको स्थितिमा र कानुन बमोजिम आफ्नो अंश हक लाग्ने जग्गा बिक्री गर्न बंदेज लगाउँदा कानुन प्रतिकूल हुन जाने । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी अवलम्वित नजीर : सर्वोच्च अदालत डिभिजनबेञ्चबाट २०२४।११।२४।५ मा सिद्धान्त (ने.का.प. २०२५, नि.नं. ४०७, पृष्ठ ८९) प्रतिपादन भएको । फैसला न्या.बब्बरप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।८।३ को फैसला उपर पुनरावेदन गर्ने अनुमतिको लागि वादीहरुको अलग अलग पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षी अम्बाकुमारी पंत, श्यामबहादुर पंत र भैरवबहादुर पंतको सगोलको जग्गाबाट मिति २०३६।११।१० मा मण्डलीमाया श्रेष्ठ, गंगाकुमारी परियार २०३७।५।१९ मा गयाप्रसाद श्रेष्ठले, २०३७।११।३० मा निर्मल प्रधान र २०३६।१०।१५ मा नवीन प्रधानले र भैरवबहादुरको भागबाट र २०३९।३।७ मा मोहनबहादुर देवाजुले श्यामबहादुर पंतको हकको जग्गा किनी सो किनेको जग्गा दाखिल खारेज गरिपाउँ भनी मिति २०३६।१२।१४ मा मण्डलीमाया श्रेष्ठ, मिति २०३९।३।२० मा गंगाकुमारी परियार, मिति २०३८।८।२९ मा गयाप्रसाद श्रेष्ठ मिति २०३८।५।१८ मा निर्मल प्रधान, मिति २०३८।५।१८ मा नवीन प्रधान, मिति २०४०।३।१० मा मोहनबहादुर देवाजु समेतको चितवन मालपोत कार्यालयमा निवेदन परेको सो निवेदन अनुसार मालपोत कार्यालयबाट भैरवबहादुर पंत, श्यामबहादुर पंत र अम्बाकुमारी पंतलाई झिकाई कागज गराउँदा आ–आफ्नो भाग बण्डा गरी आ–आफ्नो भागमा पर्ने कित्ताबाट बिक्री गरेको जग्गाको कित्ताकाट भएमा मन्जूर छौं भन्ने व्यहोराको निजहरुले कागज गरेको । ३. उपरोक्त लिखत बमोजिम दा.खा. भएमा मन्जूर भएको भन्ने उपरोक्त जग्गाधनी श्यामबहादुर पंत र १/४ हिस्सा मध्येका अम्बाकुमारी र श्यामबहादुरको कानुन ग्राहृय लिखत पेश भएमा वा सगोलका जग्गाधनीहरु सबै उपस्थित भई संयुक्त निवेदन दिई कित्ताकाट गरी दाखिल खारेज गरी लिन दिन माग गरेको अवस्थामा सो बमोजिम दाखिल खारेज कारवाही गर्ने गरी हाल प्रस्तुत निवेदन मिसिल तथा सम्बन्धित अन्य लिखत निवेदन तामेलीमा राखी दिने भन्ने समेत व्यहोराको मिति २०४०।३।२७।२ को मालपोत कार्यालय चितवनको निर्णय आदेश । ४. मालपोत कार्यालयको निर्णयमा चित्त बुझेन बदर गरी हाम्रा नाउँमा दाखिल खा