निर्णय नं. ३७३६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७३६ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/०२/१२ २६४९ निर्णय नं. ३७३६ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको रि.नं. १७२५ आदेश भएको मिति : २०४६।२।१२।५ मा निवेदक : ल.पु.जि.ल.न.पं. वार्ड नं. १ कुपनडोल बस्ने दलबहादुर मल्ल विरुद्ध विपक्षी : सञ्चालक समिति इन्धन संस्थान, ज्ञानेश्वर, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) पत्रमा संशोधन निर्णय गर्दा रिट निवेदकलाई बुझी तथा सूचना जानकारी गराई आफ्नो भन्ने मौका समेत नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त (Natural Justice) प्रतिकूल हुने । (प्रकरण नं. १३) (२) संयुक्त इजलासबाट छैठौं पटकसम्म आदेश हुँदा पनि फाइल पठाउन नसकिने भन्ने प्रत्यर्थीको जवाफ आएबाट समेत निवेदकलाई कहाँको लागि नियुक्त गर्ने निर्णय गरी नियुक्तिपत्र दिएको भन्ने कुरा हेर्न नपाए पनि प्रमाण ऐन, २०३१ को दफा ७(ख) बमोजिम अनुमान गर्नु पर्ने स्थिति आई निवेदकलाई स्थायी पदमा नियुक्त गरी १ वर्षको परीक्षणकालमा राखी परीक्षणकाल समाप्त गरी स्थायी गरेको भन्ने देखिने । (प्रकरण नं. १३) (३) परीक्षणकाल समाप्त भएकै मितिबाट स्थायी गरिएको जानकारी दिई रिट निवेदकलाई सातौं तहको पदमा बढुवा गरी गोरखापत्रमा सूचना समेत प्रकाशित गरी सकेपछि बढुवा हुने हकबाट समेत बञ्चित गरी शुरु नियुक्ति दिएको करीव ८१२ (साढे आठ) वर्ष पछि आई प्राकृतिक न्याय सिद्धान्त विपरीत हुने गरी शुरु नियुक्तिपत्रहरुमा संशोधन गर्ने गरी गरेको प्रत्यर्थीहरुको निर्णय र सो को जानकारी गराएको पत्र समेत त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रत्यर्थी तर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री अशोकनाथ तिवारी आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. इन्धन संस्थान केन्द्रीय कार्यालयको प.सं. ०३५।०३६ इ.स.प्र.शा.च.नं. १२१०२ मिति २०३६।३।२५।२ को पत्रानुसार म निवेदकलाई शाखा अधिकृत पदमा १ वर्षको परीक्षणकालमा रहने गरी मिति २०३६।३।२५ को निर्णय अनुसार स्थायी नियुक्ति गरी उक्त संस्थानको सेवामा कार्य गरी आएको थिएँ । म निवेदक स्थायी कर्मचारी भएको नाताले मेरो तलबबाट संचय कोष कट्टा भई कर्मचारी संचय कोषमा जम्मा हुनुको अतिरिक्त ग्रेड समेत पाइरहेको थिएँ । इन्धन संस्थानको च.नं. ९५ मिति २०३६।५।१२।३ को पत्रानुसार म निवेदकलाई जनकपुर शाखामा सरुवा गरियो र त्यहाँबाट मिति २०३६।८।१९।४ को पत्रानुसार म निवेदकलाई विराटनगर शाखामा सरुवा गरियो । उक्त शाखा कार्यालयमा काम गरिरहेको अवस्थामा इन्धन संस्थानको प.सं. ०३६।०३७ मिति २०३६।११।१४।३ को पत्रानुसार कन्चनपुर शाखा अधिकृत पदमा सरुवा भई उक्त पदमा कार्य गरी आएको थिएँ । इन्धन संस्थानको मिति २०३८।३।१७ को पत्रद्वारा म निवेदकलाई परीक्षणकालमा रहेको अवधि समाप्त भएकोले इन्धन संस्थानको मिति २०३८।३।१६ को निर्णय अनुसार परीक्षणकाल समाप्त भएकै मितिबाट स्थायी गरिएको भनी सूचित गरियो । इन्धन संस्थानकै मिति २०४०।८।१४ को सरुवा बढुवा सम्बन्धी पत्रद्वारा उपशाखा कञ्चनपुरबाट भैरहवा शाखामा २०४१।११।१५ मा शाखा कार्यालय विराटनगरको तह ७ को शाखा प्रबन्धकमा का.मु. मुकरर गरी सरुवा गर