निर्णय नं. ७३११ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३११ - उत्प्रेषणयुक्त परमादेश भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०७/०४ ३३८६ निर्णय नं. ७३११ ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत् २०५७ सालको रिट नं. ....२९७० आदेश मितिः२०६०।७।४।३ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः सुनसरी जिल्ला हरिनगरा गा.वि.स.वडा नं. १ वस्ने महमद सुलेमान अन्सारी (मियाँ) विरुद्ध विपक्षीः पुनरावेदन अदालत, विराटनगर समेत § शुरु अदालतले गरेको आदेश उपर परेको अ.वं. १७ नं. वमोजिमको त्यस्तो निवेदनको रोहवाट पुनरावेदन सुन्ने अडृाले रीत वेरीतसम्म हेरी वेरीत देखिन आए रीतपूर्वक गर्न गराउनको लागि आदेश दिन सम्म सक्नेमा मुद्दाको तथ्यभित्र प्रवेश गरी अन्तिम नभएको मुद्दाको परीणाम नै फरक पर्ने गरी पुनरावेदकीय क्षेत्राधिकार ग्रहण गरी सुनुवाई गरे जस्तो निष्कर्ष निस्कने गरी आदेश गर्न नमिल्ने । § कानूनी र तथ्यगत प्रश्नको निरोपण शुरु अदालतवाटै मुद्दाको फैसला गर्दा गरीनु पर्ने बिषय देखिंदा शुरु अदालतले स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने कुरामा प्रभाव पर्ने गरी अ.वं. १७ नं. को निवेदनवाट आदेश गरेको कानूनसम्मत हुने देखिदैन । शुरुवाट मुद्दा फैसला भैसकेपछि पक्षको पुनरावेदन परेको अवस्थामा पुनरावेदनको रोहवाट मात्र पुनरावेदन अदालतले त्यसप्रकारको कानूनी र तथ्यगत प्रश्नको निरोपण गर्नु कानूनसम्मत नहुने । § प्रस्तुत विवादमा पुनरावेदन अदालतवाट भएको आदेशले शुरु अदालतमा दायर भएको मुद्दाको नै समाप्ति (Terminate) हुने परीणाम श्रृजना गरेको देखिएको र अ.वं. १७ नं. को निवेदनवाट मुद्दा चलेको थाहा पाएको मिति किटान वारे विवेचना गरी निर्णय गर्नु त्रुटिपूर्ण हुने भई त्यस्तो निर्णयवाट शुरु न्यायकर्ताको स्वतन्त्र निर्णयमा प्रभाव पर्दछ भनी यस अदालतवाट सिद्धान्त प्रतिपादित भई रहेको समेतवाट पुनरावेदन अदालत, विराटनगरको आदेश त्रुटिपूर्ण देखिदा उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १५ र १६) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री जगन्नाथ महतो विपक्षी तर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री शरदकुमार खड्का अवलम्वित नजिरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ । २. म निवेदकले मोरङ जिल्ला झुर्किया गा.वि.स. वडा नं. २ (ख) कि.नं. २२१ को क्षे.फ. ७.२.१० जग्गा दयानन्द अमातसंग र.नं. ११४२१ मिति २०५४।१।९ मा राजिनामा पारीत गरी लिई ज.ध.प्र.पुर्जा समेत पाई हालसम्म भोग चलन गर्दै आएको छु । उक्त रजिष्ट्रेशन पास गराउँदा विपक्षी मध्येका कमल कुमार र शान्ति देवीको मन्जुरी नलिएकोले आधा लिखत वदर गरी पाउँ भनी म निवेदक समेत उपर परेको विपक्षीहरुको दे.नं. १२५१ को लिखत वदर मुद्दामा मोरंग जिल्ला अदालतवाट मेरा नाममा जारी भएको म्याद म घरमा नभएको अवस्थामा मेरी श्रीमती आसमा मियाइन हुँदाहुँदै श्रीमती नै नभएकी मरियम खातुन मियाइनीलाई मेरो एकाघर सगोलको पत्नि भनी ०५४।१०।७ मा अ.वं. ११० को रीत नपुर्याई तामेल गराई मोरङ्ग जिल्ला अदालतवाट २ भागको १ भाग लिखत वदर हुने ठहराई ०५५।९।९ मा फैसला भएछ । ३. उक्त फैसला भएको कुरा ०५६।३।८ मा थाहा पाई अ.वं. २०८ नं. वमोजिम उजुरी साथ प्रतिउत्तर लेखी ०५६।४।९ मा निवेदन दिएकोमा अ.वं. ११० नं.को रीत पुगि म्याद तामेल नभएको र अ.वं. २०८ नं.को म्याद भित्रै प्रतिवादी लेखि ल्याएको हुँदा