निर्णय नं. ७३१२ - सार्वजनिक अपराध ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३१२ - सार्वजनिक अपराध । भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/१२/०२ ४३८६ निर्णय नं. ७३१२ ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री वलिराम कुमार सम्बत् २०५७ सालको फौ.पु.नं. ...२२५५ फैसला मितिः २०६०।१२।२।२ मुद्दा :– सार्वजनिक अपराध । पुनरावेदक वादी घनश्याम न्यौपानेको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादी वाग्लुङ्ग जिल्ला वाटाका चौर गा.बि.स.वडा नं. २ वस्ने धनप्रसाद न्यौपाने समेत § सार्वजनिक स्थान भन्नाले स्वभावैले सवैको सजिलैसंग पहुँच हुने स्थानलाई जनाउँछ । सार्वजनिक स्थानमा सबैको पहुँच सजिलैसंग हुने भएकोले त्यस्ता ठाउमा कुटपीट गरी वा अन्य कृयाद्वारा शान्तिभंग गर्ने कार्य गरेमा रोकथाम गर्नु र त्यस्तो घटना वा वारदातमा संलग्न व्यक्तिलाई सजाय दिनु यस ऐनको मुख्य उद्देश्य रहेको देखिने । § निजी गोठघर जग्गामा कुटपीट भएकोमा न्याय मांग गर्न आउन जाहेरवालालाई अन्य प्रचलित नेपाल कानून मुलुकी ऐन कुटपीटको महलले छुट्टै व्यवस्था गरीरहेको देखिन आउँदा एउटा ऐनको वाटो अपनाई आउनु पर्नेमा लाग्दै नलाग्ने ऐनको वाटो समाई प्रवेश गरेको अवस्थामा लाग्दै नलाग्ने ऐनको व्याख्या गरी प्रतिवादीहरुलाई सजाय गर्न मिल्ने अवस्था देखिन नआउने । (प्र.नं. १८) पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्र थापा प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः आदेश न्या.वलिराम कुमारः पुनरावेदन अदालत वाग्लुङ्गको मिति २०५७।१।२७ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) (ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ : – २. मिति २०५६।२।१८ गते बेलुका १० बजेका समयमा म विरामी भएको हुँदा लामाद्वारा झारफूक गरी खोजी भैरहेको बिपक्षीहरुले मेरो गोठनेरको सार्वजनिक वाटोबाट वोलाउनु भएको र म विरामी मानिसलाई किन वोलाउनु भएको भनी जांदा मलाई देख्ने वित्तिकै रातको समय बिपक्षीहरुले हातमा समाई रहेका लाठी समेतले मेरो गोठनेरको सार्वजनिक वाटोमा कुटपीट गरी मरणासन्न अवस्थामा पुर्‍याएका हुँदा निजहरु उपर केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ अन्तर्गत कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको घनश्याम शर्माको जाहेरी दरखास्त । ३. निज घनश्याम शर्माको छाला खुइलिएको र आंखामा समेत निलडाम भएको भन्ने घा जांच केश फाराम । ४. सार्वजनिक वाटोमा वारदात भएको भन्ने घटनास्थल प्रकृति मुचुल्का । ५. मिति २०५६।२।१८ गते राती जाहेरवालाको घरमा गुहार सुनी जांदा जाहेरवाला शख्त घाइते भएका, सोधपुछ गर्दा जाहेरीमा उल्लेखित प्रतिवादीहरु र अन्य नचिनेका ८।९ जना मानिसले कुटपीट गरी भागी गएका भन्ने हिमवहादुर वि.क. ले प्रहरीमा गरेको कागज ६. प्रतिवादीहरुले जाहेरवालालाई कुटपीट गरी भागी बेपत्ता भएका र हाल निजहरु गाउँ घरमा देखा परेका छैनन् भन्ने समेत व्यहोराको रिम बहादुर वस्नेत, गोविन्द न्यौपाने, केशवराज न्यौपाने, राधिका न्यौपाने, भैरवहादुर कार्की, हेमकला शर्मा र देववहादुर थापाले प्रहरीमा गरेको कागज । ७. गाउँ घरमा खोजतलास गर्दा प्रतिवादीहरु फेला नपरेको भन्ने प्र.स.नि. गोपाल बहादुर वस्नेतको प्रतिवेदन । ८. प्रतिवादीहरुले जाहेरवालालाई रातको समयमा सार्वजनिक स्थानमा वोलाई कुटपीट गरी केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ को देहाय (ख) (ग) (ज) अनुसारको अपराध कसूर गरेका हुँदा सोही ऐनको दफा ६(१) अनुसार स