निर्णय नं. ३७४० - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७४० - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/११/१५ २३७५ निर्णय नं. ३७४० ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ को रि.नं. १६४० आदेश भएको मिति : २०४५।११।१५।१ मा निवेदक : पर्सा जिल्ला पार्सेनी विर्ता गा.पं. वा.नं. ७ बस्ने दिनानाथप्रसाद साह विरुद्ध विपक्षी : कृषि औजार कारखाना लि. वीरगंजसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाउँ (१) संस्थानमा कर्मचारीको नियुक्ति, बढुवा र सजायँ सम्बन्धी सामान्य सिद्धान्तको दफा ६.८.१ बमोजिम कारवाही गरी निवेदकलाई सेवाबाट हटाएको भन्ने कतैबाट देखिन नआएको स्थितिमा निवेदकलाई कानुन बमोजिम प्रशासनिक कारवाही गरी अवकाश दिएको भन्न नमिल्ने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल, विद्वान अधिवक्ता श्री सुनिल अधिकारी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. म कृषि औजार कारखानाको सहायक स्तर पाँचौ तहको वरिष्ठ बिक्री सहायक पदमा २०४१।१।१९ को निर्णयानुसार नियुक्ति पाई सेवा गर्दै आएकोमा मिति २०४३।६।२१ को निर्णयानुसार शाखा कार्यालय नेपालगंजमा काम गर्ने गरी काजमा खटाइएकोले २०४३।७।११ मा हाजिर भएपछि अचानक बिरामी परेकोले सोको जानकारी हुलाकबाट २०४३।७।१३ मा रजिष्ट्री गरी पठाएको र त्यसपछि पनि बारबार जानकारी पठाउँदै आएकोमा २०४३।७।१२ देखि शाखा कार्यालय नेपालगंजमा किन हाजिर हुन नजानु भएको हो ७ दिन भित्र स्पष्टीकरण दिनु होला भन्ने उल्लेख गरिएको २०४३।१२।१९ को एक मात्र स्पष्टीकरण ०४३।१२।२९ मा प्राप्त भएकोले स्वास्थ्य लाभ हुनासाथ हाजिर हुन आउने छु भनी ०४४।१।२ मा हुलाक मार्फत स्पष्टीकरण पठाएको थिएँ । मैले विरामी परेकोले कार्यालयमा उपस्थित हुन असमर्थ भएको र स्वास्थ्य लाभ हुनासाथ हाजिर हुनेछ भनी दिएको स्पष्टीकरणको कुनै वास्तै नगरी तपाई ०४३।७।१२ देखि बिना सूचना कार्यालयमा अनुपस्थित रहनु भएकोमा काममा बाधा परिरहेको व्यहोरा उल्लेख गरी तपाईको घर ठेगानामा हाजिर हुन आउनु भनी बारम्बार पत्र पठाउँदा समेत अटेर गरी हाजिर हुन नआउनु भएको र कारखानाको कर्मचारी नियमावली, २०४० को परिच्छेद ३ को दफा १५ को १ बमोजिम त्यसरी गयल हुने कर्मचारीको तलब कट्टा गर्ने वा सजायँ गर्न सकिने तथा कर्मचारी नियमावली परिच्छेद ३ को दफा ९ अनुसार कुनै पनि कर्मचारीले नोकरी अवधिभरमा केवल १ वर्षमा नबढाई वेतलबी वा असाधारण बिदा पाउन सक्ने व्यवस्था भएकोमा तपाई सो भन्दा बढी अवधि गैरहाजिर हुनुभएको हुँदा ०४४।४।१९ को निर्णयानुसार ०४४।४।१९ देखि नै लागू हुने गरी कारखानाको सेवाबाट स्वतः अवकाश दिइएको छ भन्ने उल्लेख गरी ०४४।४।२८ मा पत्र प्राप्त हुन आएकोले उक्त निर्णय उपर पुनरावेदन दिएको ०४४।८।७ को निर्णयानुसार खारेज गरिएको छ भनी ०४४।८।१४ मा पत्र प्राप्त भएको र नियमावलीको दफा ८.८.८, ६.६.८(१)(२)(३) बमोजिम सेवाबाट अवकाश दिंदा दिनु पर्ने सफाईको मौका समेत नदिई दफा ६.५.२ बमोजिम अनाधिकृत व्यक्तिबाट भएको उक्त गैरकानुनी निर्णयहरुले मेरो संविधान प्रदत्त मौलिक हकमा आघात पर्न गएको हुँदा नेपालको संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषणको आदेश जारी गरी उक्त निर्णयहरु बदर गरी पुनःनिवे