निर्णय नं. ७३१३ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३१३ - उत्प्रेषण समेत भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०८/२३ ३१८२ निर्णय नं. ७३१३ ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री वलिराम कुमार संवत २०५७ सालको रि.नं........३६०२ आदेश मितिः २०६०।८।२३।३ विषयः उत्प्रेषण समेत । निवेदकः गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरको तर्फवाट सो कार्यालयका प्रमुख सुरेश कुमार उपाध्याय विरुद्ध विपक्षीः श्री ९ नं. नापी गोश्वारा, विराटनगरका नि. कार्यालय प्रमुख श्री नारायण चौधरी समेत § प्रस्तुत जग्गा पहिले नांप जाँच भै श्रेस्ता तयार भएको भन्ने देखिएको अवस्थामा जग्गा (नांपजाँच) ऐन, २०१९ को दफा ६ को उपदफा (६क) वमोजिम विवादित जग्गाको जग्गाधनी वा प्रतिनिधि नापीका समयमा म्यादमा उपस्थित नभए पनि सम्वन्धित स्थानिय निकायको सदस्य तथा मालपोत कार्यालयको अधिकृत प्रतिनिधि समेत राखी मौजुदा दर्ता श्रेस्तामा उल्लेखित जग्गावालाको नाममा दर्ता गर्न सकिने । § प्रस्तुत मुद्दामा पहिले २०२५ सालमा भएको नापी पछि २०५७ सालमा पुन नापी भएकोमा जग्गा (नांप जाँच) ऐन, २०१९ को दफा ६ को उपदफा (९) वमोजिम मौजुदा श्रेस्ता वमोजिम दर्ता गर्ने निर्णय गर्दा निमित्त प्रमुख नापी अधिकृतले दर्ता श्रेस्ता वमोजिम नगरी भोग चलनमा रहेको भनी फिल्डवुकमा जनाउने गरी गरेको मिति २०५७।९।२४ को निर्णय अनधिकृत देखिँदा उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १०) निवेदक तर्फवाटः विद्वान सरकारी उप न्यायाधिवक्ता श्री विश्वराज कोइराला विपक्षी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री राधेश्याम अधिकारी अवलम्वित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ (२) वमोजिम दर्ता हुन आएका प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :- २. मोरङ जिल्ला विराटनगर उप महानगरपालिका साविक वडा नं. ५ र हाल वडा नं. १० को कित्ता नं. ४३७ को ७ कठ्ठा ५ धुर र कित्ता नं. ४६० को ४ कठ्ठा १५ धुर गरी जम्मा १२ कठ्ठा जग्गा श्री ५ को सरकारवाट जग्गा प्राप्ति ऐन, २०३४ वमोजिमको प्रक्रिया पुरा गरी २०३५।११।१ मा जग्गाधनी हरेन्द्रकुमार, शरदचन्द्र, स्नेहीमयी घिमिरे र निर्मला वस्नेतवाट अधिग्रहण गरी कानून वमोजिम जग्गाधनीलाई मुआव्जा समेत वितरण गरी श्री ५ को सरकार, आवास तथा भौतिक परियोजना विभागको नाममा नामसारी भई जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त भएको रहेछ । उक्त जग्गा मिति २०४०।७।८ मा आवास तथा भौतिक परियोजना विभागवाट उद्योग विभागको नाममा नामसारी भै जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त भएको र श्री ५ को सरकारको मिति २०४९।८।५ को निर्णयानुसार उद्योग विभाग अन्तर्गतका क्षेत्रीय कार्यालयहरु खारेज भएको हुनाले सो विभाग अन्तर्गत पूर्वान्चल क्षेत्र विराटनगरमा रहेको उद्योग विभागको नाममा रहेको श्री सम्पत्ति घर, जग्गा समेत घरेलु तथा साना उद्योग कार्यालय मोरङ विराटनगरको नाममा हस्तान्तरण गर्ने भनी घरेलु तथा साना उद्योग विभागको मिति २०५०।१२।१८ को आदेशानुसार उपरोक्त कि.नं. को जग्गा मालपोत कार्यालय मोरङको मिति २०५०।१२।२९ को निर्णयवाट घरेलु तथा साना उद्योग कार्यालय मोरङ विराटनगरको नाममा नामसारी भई श्री ५ को सरकार (मन्त्रिपरिषद) को मिति २०५१।२।५ को निर्णयानुसार १२ कठ्ठा जग्गा मध्ये निवेदक नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय विराटनगरलाई पूर्व तर्फवाट र कि.नं. ४३७ को जग्गा विगाहा ०–७–५ को जग्गा ०¬–१२–० मध्ये क