निर्णय नं. ३७४३ - लेनदेन जालसाज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७४३ - लेनदेन जालसाज भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/०१/१४ ९४६० निर्णय नं. ३७४३ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ८८५ फैसला भएको मिति : २०४६।१।१४ मा पुनरावेदक/वादी : जि. सिरहा हरकट्टी गा.पं. वार्ड नं. ७ बस्ने सबूरदेवी यादवनीसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने केशरवति यादवनी मुद्दा : लेनदेन जालसाज (१) सहिछाप गरेको देखिए पनि वास्तविक रुपमा लेनदेन नभएको देखिन आएबाट तमसुक बमोजिमको थैली भराई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने । (प्रकरण नं. १५) (२) लेनदेन नै नभएकोमा लेनदेन भएको तमसुक खडा गरेको हुँदा जालसाजी गरेको हैन भन्न नसकिने । (प्रकरण नं. १६) पुनरावेदन वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंह विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री पवनकुमार ओझा फैसला न्या.पृथ्वीबहादुर सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. विपक्षीको स्वर्गीय पति भगिरथ यादवले घर खर्च गर्न भनी म संग रु. ५२,२०१।– बुझी लिई सो को ब्याज लगाई साँवा ब्याज समेत २०३८ साल पौष मसान्त सम्ममा बुझाउने गरी ०३८ साल बैशाख २ गतेमा रीतपूर्वकको कपाली तमसुक लेखी मलाई दिनुभयो र भाका बाद साँवा ब्याजको हुने थैली बुझाई दिनुहोस् भनी निज भगिरथ यादवलाई बराबर तर–तागेता गर्दा टारवार गरी सो थैली बुझाउन नपाउँदै निजको ०३९ साल श्रावण १२ गतेका दिन आफ्नो कालगतिले मृत्यु भयो । निजको काजकृया खतिउपति खाने विपक्षी श्रीमती नै हुनाले मेरो साँवा ब्याज समेत बुझाउनु होस भनी विपक्षीलाई भन्दा नबुझाई पचाउने नियत गरेकाले लेनदेन व्यवहारको २ नं. बमोजिम विपक्षी उपर फिराद गर्न आएको छु । मेरो प्रमाण बुझी साँवा रु. ५२,२०१।– को लिखत मिति ०३८।१।२ गतेले आज ०३९।९।१२ गते सम्म १।८।१० को हुने दसौंद ब्याज रु. ८,८४५।१० र साँवा समेत जम्मा रु. ६१,०४६।१० र अन्तिम भरी भराउ मिति सम्मको हुने ब्याज समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत वादीको फिरादपत्र । ३. मेरा पति भगिरथ यादवले विपक्षीसंग ०३८।१।२ गतेका दिन कर्जा लिनु भएको र अन्य कुनै दिन समयमा कर्जा लिनु भएको छैन, होइन र पतिले आफ्नो होस हवास राजीखुशीबाट कुनै किसिमको लिखत विपक्षीलाई गरिदिनु भएको छैन । तसर्थ वादी दावीको रकम मैले, विपक्षीलाई बुझाउन पर्ने छैन । मेरो पति भगिरथ यादवको मृत्यु ७१ वर्षको उमेरमा ०३९ सालमा भएको हो । पित्तमा पत्थर र क्यान्सरबाट पिडीत हुनुहुन्थ्यो, वहाँको दुई पत्नीमा जेठी खैकी यादवनी र कान्छी म हुँ । खैकीबाट ५ छोरीमा जेठी सबुरदेवी मेरो सौतेनी छोरी हुन् जेठीबाट पुत्र नभएपछि निज पतिले २५ साल ज्येष्ठ महीनामा म संग विवाह गरेको मेरो गर्भबाट पनि छोरी ३ भएका विपक्षीको पति अर्थात् जुवाई रामप्रसाद यादव कृषि शाखामा जे.टि. पदमा कार्यरत छन् । राजविराजमा लोग्ने भगिरथ यादवलाई दरभंगा लिएर जान जुवाई रामप्रसादलाई सहयोगको रुपमा लिएर गएको पछि घर आएपछि पतिसंग केही जग्गा भाग मागेकोमा दिन नसक्ने कुरा गरेकोमा कुनै पनि तहबाट सम्पत्ति हत्याउने नियत वहाँहरुले लिनु भएको रहेछ । विपक्षी मेरामा भएका अवस्था विपक्षी सबुरदेवी निजको पति रामप्रसाद, सबुरदेवी, ठकाई यादव, रामनारायण यादव १, लक्ष्मण राय अमात समेत मिली ऋण तिर्न वारेशनामा