निर्णय नं. ३७४४ - भाडा दिलाई घर खाली, जालसाज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७४४ - भाडा दिलाई घर खाली, जालसाज भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/१२/१० २४९४ निर्णय नं. ३७४४ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ९३५ फैसला भएको मिति : २०४५।१२।१०।५ मा पुनरावेदक/वादी : जि.मोरङ दादर वैरिया गा.पं. वार्ड नं. ३ बस्ने गयासरी राजवंशी विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने दुधराज राजवंशीसमेत मुद्दा : भाडा दिलाई घर खाली, जालसाज (१) कुनै पनि हक हस्तान्तरण गरिएको घर पारित छैन भन्ने अधिकार घरको दातालाई मात्र हुन्छ, त्यस्तो हक अधिकारको विषयमा प्रश्न उठाई आउने र अर्काको जग्गामा घर बनाउन स्वीकृतिसम्म नलिई मैले सो घर बनाएको हुँ भन्ने दावी लिने व्यक्तिलाई सो सम्बन्धमा विवाद उठाउने अधिकार नहुने । (प्रकरण नं. २२) (२) वादीले आफ्नो दातासंग लिएको घरसारको राजीनामा दाताले स्वीकारी रहेकै अवस्थामा घरसंघाको पुर्जीको आधार लिई त्यस्तो घरका सम्बन्धमा विवाद उठाउने अधिकार प्रतिवादीको हुन सक्ने भन्न नमिल्ने । (प्रकरण नं. २२) (३) एकाको जग्गामा अर्को व्यक्ति गई जग्गाको हकवालासंग स्वीकृतिसम्म नलिई घर बनाउन सक्ने स्थित नहुने । (प्रकरण नं. २२) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ :– २. मेरा नाउँको दादरवैरिया गा.पं. वार्ड नं. ३(ख) कि.नं. ३३६ को बिगाहा ०–१–१५ मा जग्गा दाता हिरामोति राजवंशीले बनाएको घर थान २ समेत मलाई ०३३।२।१२।३ मा रु. ९००१।– मा उक्त घर थान २ मलाई बिक्री राजीनामा लेखी दिएको र सो घर भएको जग्गा पनि सोही मितिमा पास गरी दिएकोले मेरा नाममा दर्ता भई भोगी आएकोमा विपक्षीले ०३४।२।१ गते घर भाडामा लिएको भाडा साल साल बुझाउँदै आएको र भर्पाई मैले दिने गरी आएकोमा ०३८ साल ज्येष्ठ महीनादेखि भाडा नबुझाएको र ०४०।९।१।५ का दिन प्रमाणका मानिस लिई गई भाडा दिई घर खाली गरी दिनोस आफैं बस्छु भन्दा भाडा पनि दिन्न घर खाली पनि गर्दिन भनी जवाफ दिएकाले घर खाली गरी भाडा दिनोस भनी ३५ दिने सूचना ०४०।१०।३ मा हुलाकद्वारा पठाई खाली समेत नगरेबाट नालेश गर्न आएकोछु । ०३८ साल ज्येष्ठ १ गतेदेखि आज फिराद दायर भएका मितिसम्मको महीना १ के रु. १००।– ले २।१० को घर भाडा रु. ३,४००।– दिलाई भराई घर समेत खाली गराई पाउँ भन्ने ०४०।११।३० को फिरादपत्र । ३. हिरामोति राजवंशीसंग घर बनाई बस्नका लागि जग्गा माग्दा सा.रै.नं. १०७ को ६–१–१० मध्येबाट ०–६–१० राजीनामा दिने भई सर्भे नापी लागू नहुँदै ०२७।९।२३ मा राजीनामा लिखत गर्दा नापीमा दादरवैरिया गा.पं. वार्ड नं. ३(ख) कि.नं. १६० मा परी नापी भएको ०–८–५ मध्ये पूर्वतर्फको जग्गा दाताले नापी ०–६–१० छुट्याई दिएका सो अनुसार काशीदेवीका नाउँमा पारित भएको सो जग्गामा घर बनाउन अघिको ऐ. वार्ड नं. ६ को घर भत्काई ०२७।१०।१६ गते गा.पं. को सिफारिश पाई ०२७ साल फाल्गुण देखि घर बनाउँदा काठ नपुगी घरसंघाको पुर्जी इजाजत अनुसार ०२८ साल आषाढ भरमा लम्बा १६ चौडा १३ हात तख्ताको बार टिनको छाना हाली ५।५ हातको बुर्जा निकाली २ तल्ले खम्बे घर १ सो घरदेखि पश्चिम केही आगन छोडी आगनको पश्चिमपट्टि दाता हिरामोतीले आफूलाई बाँकी