निर्णय नं. ३७४५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७४५ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/१२/२१ २५३५ निर्णय नं. ३७४५ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रिट नं. १८७४ आदेश भएको मिति : २०४५।१२।२१।२ मा निवेदक : धनकुटा जिल्ला धनकुटा न.पं. वार्ड नं. ७ बस्ने प्रमिला जोशी विरुद्ध प्रत्यर्थी : लोकसेवा आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय, धनकुटासमेत विषय : उत्प्रेषण (१) विज्ञापन गरिएको पद प्राविधिक भएकोले प्राविधिक कामको लागि चाहिने प्राविधिक योग्यताको माग गरेको विज्ञापन उचित होइन भन्न नसकिने । (प्रकरण नं. ११) (२) विज्ञापन गर्दा चाहिने योग्यता सम्बन्धमा त्रुटि भएमा सच्याउन नपाइने भन्न नमिल्ने । (प्रकरण नं. ११) (३) विज्ञापन नै रद्द भएकोमा दर्खास्तको मान्यता रहिरहेको भन्न नसकिने । (प्रकरण नं. ११) (४) निवेदकको निवेदन नै नपरेको विज्ञापनका सम्बन्धमा पहिलो रद्द भइसकेको विज्ञापनमा दर्खास्त दिएकै आधारमा विवाद उठाउन पाउने अधिकार निवेदकलाई प्राप्त छ भन्न सकिने कुनै कानुनी आधार रहे भएको नपाइने । (प्रकरण नं. ११) (५) योग्यता नै नपुगेको र दर्खास्त नै नभएको निवेदकलाई अन्तर्वार्तामा सामेल नगराइएको आधारमा सो विज्ञापनलाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ :– २. विपक्षी एकीकृत स्वास्थ्य सेवा विकास परियोजना पूर्वाञ्चल क्षेत्रीय तालिम केन्द्र धनकुटाले आवश्यक शैक्षिक योग्यता आई.ए. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित काममा अनुभव प्राप्त गरेको भनी विज्ञापन ०४१।७।१७ गते प्रकाशित गरेकोमा म निवेदक तोकिएको योग्यता प्राप्त व्यक्ति भएकोले निवेदन दिएकोमा सो विज्ञापनको अन्तर्वार्ता स्थगित भएको सूचना विपक्षी परियोजना क्षेत्रीय तालिम केन्द्रबाट अन्तर्वार्ताको अघिल्लो दिन प्रकाशित गरियो । त्यसपछि ०४२।१०।६ मा उक्त केन्द्रबाट तथ्यांक सहायक पदपूर्तिको ०४१।७।१७ को विज्ञापन रद्द गरिएको सूचना प्रकाशित गरी ०४२।१०।७ मा प्राविधिक कर्मचारीको आवश्यकता भनी पुनः सूचना प्रकाशित गरियो । सो सूचना बमोजिम दर्खास्त दिन जाँदा म निवेदकलाई तपाइको पहिल्यैको निवेदन छ पुनः दर्खास्त दिनु पर्दैन भनियो । तोकिएको अन्तर्वार्ताको दिन विपक्षी केशवप्रसाद र राधेश्यामको मात्र अन्तर्वार्ता लिई मेरो अन्तर्वार्ता लिइएन । सो उपर लोकसेवा आयोग पूर्वाञ्चल क्षे.कार्यालयमा उजूरी दिएकोमा विपक्षी लोकसेवा आयोगले शैक्षिक योग्यता नमिलेको कारणले विज्ञापन रद्द गरिएकोमा यस कार्यालयबाट कारवाही गर्न नमिल्ने भन्ने जानकारी गराइयो । ३. एकपटक दर्खास्त स्वीकृत गरी सकेपछि सो दर्खास्त रद्द गर्ने र विज्ञापन रद्द गर्न सक्ने अधिकार विपक्षी परियोजना क्षे.का.लाई छैन । त्यसरी रद्द गरिएको लोकसेवा आयोग कार्यविधि नियम, ०२७ को नियम १० को प्रतिकूल छ । लोकसेवा आयोग दिग्दर्शन, ०३६ को परिच्छेद ८ को दफा (ई) को नियम ५ अनुसार हरेक विज्ञापन गो.प.मा प्रकाशित गर्नुपर्नेमा २०४२।१०।७ को विज्ञापन सो बमोजिम गो.प.मा प्रकाशित पनि भएको छैन । ०४१।७।१७ को विज्ञापन बमोजिमको म निवेदिकाको शैक्षिक योग्यता हुँदाहुँदै सो विज्ञा