निर्णय नं. ३७४६ - खुन डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७४६ - खुन डाँका भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/११/१७ २४४१ निर्णय नं. ३७४६ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पू.नं. ५०१ फैसला भएको मिति : २०४५।११।१७।५ मा पुनरावेदक/वादी : कारीयाही थरुनीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.सप्तरी सिस्वा गा.पं. वा.नं. ८ बस्ने बुद्धिलाल चौधरी थारुसमेत मुद्दा : खुन डाँका (१) ज्यानसम्बन्धीको १३ नं. अन्तर्गतको दावी नलिई मुख्य अभियुक्त को हो भन्ने ठहर गर्न नसकिनेमा ऐ. का १७(१) नं. बमोजिम अभियुक्तहरुलाई सजायँ गर्ने प्रहरी प्रतिवेदन माग दावी नमिल्ने । (प्रकरण नं. १७) (२) ज्यान सम्बन्धीको १७(१) नं. बमोजिम सजायँ गर्ने माग दावी भएकोमा सो नै कायम हुन नसकेको स्थितिमा अभियुक्तहरु वारदात स्थलमा गएको तथा वारदात भएको भन्ने देखिन आएन, खुन वारदात पश्चात डाँका पनि भयो होला की भन्न पनि दशीको समेत अभाव रहेको तथा घटनास्थल प्रकृति मुचुल्का, सरजमीन समेतबाट डाँका वारदात भएको पत्यारलायक नदेखिँदा डाँका गरेको समेत नठहर्ने । (प्रकरण नं. १७) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे फैसला न्या.हरगोविन्द सिंह प्रधान १. पूर्वाञ्चल क्षे.अ.को २०४३।३।१५।१ को फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. २०४० साल ज्येष्ठ ८ गतेका राती लोग्ने मागेन चौधरी घरमा नरहेको अवस्था २०।२२ जना डाँकाहरु भाला लाठी बन्दूक लिई मेरो घरमा आउँदा कुकुर कराएको आवाजबाट निन्द्राबाट ब्यूँझी बाहिर निस्कदा बुद्धिलाल चौधरी, नारायण चौधरी, शैनीचौधरी, पाचुचौधरी, बन्हु चौधरीलाई चिनें । डाँकाहरुले सासू सोमनीलाई मारी बिगो रु. १७,३२०।– को धनमाल डाँका गरी लगे, डाँकाहरु पक्राउ गरी कारवाही गरिपाउँ भन्ने समेत कारीयाही थरुनीको २०४०।२।१२ को जाहेरी दर्खास्त । ३. मर्ने सोमनीको कान काटी चिरेको, पेटमा ठाउँ ठाउँमा भाला लागी आन्द्रा भुँडी निस्केको, कालो रगत भएको भन्ने लाश प्रकृति मुचुल्का । ४. मैले खुन डाँका गरेको होइन, २०४०।२।८ गतेका दिन रात म राजविराजमा छु । ०४०।२।९ गते घर गाउँमा पुगेपछि हजूरआमा पर्ने सोमनी इनारमा लडी सोही ८ गते मृत्यु भइन् भन्ने सुनें भन्ने समेतको बुद्धिलालको इन्कारी कागज । ५. बुझिएका सरजमीन १२ जनामध्ये ६ जनाले बुद्धिलाल समेतलाई चिनेका हौं । डाँका भएको हो, सोमनीलाई हतियार प्रयोग गर्दा देखेनौं भन्ने ६ जनाको भनाई र डाँका भएको होइन, सोमनी इनारमा लडी मरेकी हुन् । मरेको लाशमा भाला, खुर्पि जस्ता हतियार प्रयोग गरी जाल प्रपंच रची रिसइवी साध्ने उद्देश्यले यस प्रकारको उजूरी दिएका हुन् । जाहेरीमा किटान भएका बुद्धिलाल समेत सबैजना चालचलन राम्रो भएका व्यक्ति हुन् तिनीहरुले डाँका खुन गरेका होइनन् भन्ने ६ जनाको भनाई भएको जना १२ को सरजमीन मुचुल्का । संकलित सबूद प्रमाणबाट विरुद्ध खण्डमा लेखिएका मानिसहरुले हातहतियार प्रहार गरी मुलुकी ऐन चोरीको ६ नं. बमोजिम कसूर गरी मर्ने सोमनीलाई ज्यान सम्बन्धीको १ नं. को कसूर गरेको प्रमाणित हुन आएकोले निजहरु उपर चोरीको १४(४) नं. बमोजिम कारवाही भई यसैले मारेको भन्ने अहिले सम्म संकलित प्रमाणबाट खुल्न नआएकोले निजहरु उपर ज्यान सम्बन्धीको १७(१) बमोजिम समेत कारवाही भई