निर्णय नं. ३७४७ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७४७ - उत्प्रेषणयुक्त परमादेश भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/०१/०५ २८२९ निर्णय नं. ३७४७ ने.का.प. २०४६ अङ्क २ संयुक्तइजालस माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. १८६९ आदेश भएको मिति : २०४६।१।५।२ मा निवेदक : एसियन फिल्म्स इन्टरनेशनल प्रा.लि.को तर्फबाट अधिकार प्राप्त सहायक कार्यालय प्रबन्धक का.जि. भेडासिं बस्ने गंगाबहादुर प्रधान विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार, सञ्चार मन्त्रालय, काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) चलचित्रको केही भाग मात्र कलाकारहरुको नेपाली भाषाको अज्ञानताले गर्दा डविंग भएको चलचित्रलाई विदेशमा निर्माण भएको मान्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अविक्ता श्री सिन्धुनाथ प्याकुरेल प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.महेशरामभक्त माथेमा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर भएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. “हामी एक हौं” नामक नेपाली चलचित्र विदेशमा निर्माण गरी नेपाली भाषामा डविंग मात्र गरेको होइन र नेपाल अधिराज्यको विभिन्न ठाउँमा छायांकन भएको प्रमाण सहित आर्थिक ऐन, २०४२ तथा २०४३ अन्तर्गत विभिन्न कर कार्यालयहरुको धरौटी खातामा रहेको मनोरञ्जन करको ५०% रकम अनुदानको रुपमा सोझै यस प्रा.लि. ले फिर्ता पाउने भएकोले फिर्ता पाउँ भन्ने जिकिर थियो । ३. उक्त चलचित्र नेपाली भाषामा नै छायांकन गरेको हो होइन ? भन्ने पत्र प्रत्यर्थी सञ्चार मन्त्रालयले पठाएको थियो । २०४३।११।२४ मा सप्रमाण सबै व्यहोरा प्रष्ट खुलाई प्रत्यर्थी नं. १ समक्ष यस प्रा.लि. ले पत्र प्रस्तुत गरेकोमा २०४४।११।२६ को बोधार्थ पत्र यस प्रा.लि. मा हालसालै प्राप्त भयो । सो पत्रमा नेपाली भाषामा छायांकन नगरी विदेशी भाषाको चलचित्रलाई नेपाली भाषामा डब गरिएको हुँदा आर्थिक ऐन, २०४२ को दफा ११ बमोजिम उक्त चलचित्रका निर्मातालाई मनोरञ्जन कर फिर्ता गर्न नमिल्ने भन्ने २०४४।११।२५ मा निर्णय भएको हुँदा अनुरोध गरिन्छ भन्ने लेखिएको रहेछ । ४. नेपाल अधिराज्यमा नेपाली भाषामा निर्मित यस चलचित्रको शुरुवात देखि नै श्री ५ को सरकार सञ्चार मन्त्रालयले आवश्यक स्वीकृति र सहयोग पुर्याई आएको हो । नेपाली भाषामा डविंग मात्र भएको होइन । यस्तो चलचित्रलाई आर्थिक ऐन, २०४२ को दफा ११ ले जम्मा उठेको मनोरञ्जन करको रकम मध्ये कार्यालयको धरौटी खातामा राखिएको ५० प्रतिशत रकम अनुदान सोझै धरौटी खाताबाट रिट निवेदकको उद्योगलाई उपलब्ध गराइदिनु भन्ने सम्पूर्ण कर कार्यालयहरुको नाममा परिपत्र गर्नुपर्ने कर्तव्य भएको प्रत्यर्थी नं. २ ले पनि सो कर्तव्य पूरा नगरी प्रत्यर्थी नं. १ सित अवैध मिलेमतो गरी उपलब्ध गराइएन । परिणामतः ऐनको दफा ११ को उल्लंघन हुन गएको छ । ५. २०४२।५।२ को संचार मन्त्रालयको इजाजतपत्रको अधीनमा रही यो चलचित्र निर्माण गर्ने २०४२।५।१९ मा प्राप्त इजाजतपत्र अन्तर्गत रही नेपाली भाषामा नेपालमा निर्माण भएको हो । निर्माण भइसकेपछि श्री ५ को सरकार केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच गर्ने काम भयो । जाँचपासको कार्य पूरा भएपछि २०४३।४।९ मा दिइएको प्रमाणपत्रमा चलचित्रको भाषा “नेपाली” भन्ने प्रष्ट छ । त्यसकारण प्रत्यर्थीहरुको मिलेमतो पूर्ण अवैध एवं दोषपूर्ण क्षेत्राधिकारको अभावमा भए गरेको निर्णयपत्र लेखाई समेतबाट निवेदकको संविधानको धारा १०,