निर्णय नं. ७३१५ - मोही कायम गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३१५ - मोही कायम गरी पाउँ भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/१२/०६ २७२२ निर्णय नं. ७३१५ ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायधीश श्री रामप्रसाद श्रेष्ठ सम्बत् २०५६सालको दे.पु.नं.५८६१ फैसला मितिः २०६०।१२।६।६ मुद्दा : मोही कायम गरी पाउँ । पुनरावेदक वादीः का.जि.का.म.न.पा.वडा नं ९ वस्ने चोल कुमारी आचार्य विरुद्ध प्रत्यर्थी प्रतिवादीः का.जि.गोठाटार गा.वि.स. वडा नं १ वस्ने कृष्णराज पुडासैनी समेत § आफ्नो नाउँको मोही हक छोडपत्र गरी दिन कानूनले अधिकार दिएको नपाइदा जग्गाधनीको जस्तो अधिकार प्रयोग गरी मोही छोडपत्र गर्दैमा चोल कुमारीको मोही हक स्थापित हुन नसक्ने । § जग्गाधनी र मोही वीच कुतको कवुलियत सम्वन्धमा दोहोरो कवुलियत गरिलिई दिई सम्वन्धित तोकिएको निकायमा दाखेल गर्नुपर्नेमा सो भए गरेको नदेखिएको स्थितिमा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिमको कुतवाली वुझाएको भरपाइ नभएको र पारीत हुन नसकेको २०२४।५।१८ को छोडपत्रको लिखत र कार्यविधि पुरा नगरिएको जग्गाधनीले २०२४।५।१९ मा गरिदिएको भनिएको कवुलियतको आधारमा विवादित जग्गाको मोही वादी कायम हुन सक्ने र मोहियानी हकको प्रमाण पत्र पाउँछ भन्न नमिल्ने । (प्र.नं. १६ र १७) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत पाटनको मिति २०५६।५।२८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम वादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ :– २. साविक वत्तिस पुतली गा.वि.स.हाल का.न.पा. वडा नं ९ अन्तरगर्त पर्ने वतिस पुतली वडा नं. ६ कित्ता नं. ९५ को ०–१०–० जग्गाको जग्गाधनी डम्वर मान श्रेष्ठ र निर कुमारी भएको र जोताहा मोही कृष्ण कुमारी वस्नेत जनिएकोमा निज मोहीले नकमाई मैले अधि देखि नै कमाई २०२४ सालमा पक्कि घर वनाई वसोवास गरी भोग चलन गरि आएको । निज कृष्ण कुमारी वस्नेतले साविक वमोजिम भोग चलन गरि खानु भनि मेरै नाममा मोही कायम हुने गरि सम्वन्धित पंचायतमा २०२४।५।१८मा छोडपत्र समेत गरि दिएको र ज.ध.ले समेत २०२४।५।१९ मा कुत कवुलियत समेत गरि दिई मैले भोग चलन गरि घरवास गरि आएकोले उक्त कित्ताको मोही मेरो नाममा कायम गरी मोही प्रमाण पत्र पाउँ भन्ने समेत चोल कुमारी आचार्यको २०४५।१।३ को निवेदन भएको र मोठ श्रेस्ता फिल्डवुक र २ नं. अनुसूची समेतमा उक्त कित्ता नं. ९५ को मोही कृष्ण कुमारी वस्नेत भएको देखिएको । ३. निवेदिका चोल कुमारी आचार्यको माग वमोजिमको कि.नं ९५ को जग्गाको मोही आमा कृष्ण कुमारी वस्नेत भएको भएतापनि आमाले खन जोत नगरि २०२४ साल देखि नै चोल कुमारी आचार्यले खन जोत गरि आएको र आमा कृष्ण कुमारीले छोडपत्र समेत गरी दिएको र आमा परलोक समेत भै सकेकोले उक्त कित्तामा निज चोल कुमारीको मोही कायम गरि दिएमा मन्जुर छ भन्ने भोलामान सिं वस्नेतको २०४५।२।३१ को निवेदन । ४. मिति २०४५।२।३१ को निर्णय वाट कृष्ण कुमारी वस्नेत कट्टा गरि चोल कुमारी आचार्यका नाममा मोही प्रमाण पत्र दिएको सो प्रमाण पत्र उपर कृष्ण राज पुडासैनीले ज.ध.लाई वुझ्दै नवुझि चोल कुमारी आचार्यलाई मोही प्रमाण पत्र दिएको वदर गरि पाउँ भनि श्री सर्वोच्च अदालतमा दिएको रिट निवेदनवाट मोहियानी हक एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्ने वा नसर्ने भन्ने कुरा प्रमाणको मूल्याङ्कन गरि तोकिएको आधिकारी स्वयमले प्रक्रिया पुरा गरि निर्णय गर्नु