निर्णय नं. ७३१६ - जवर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३१६ - जवर्जस्ती करणी भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/१२/०६ ३०६९ निर्णय न. ७३१६ ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री रामनगिना सिंह संम्वत् २०५८ सालको फौ.पु.नं. ३०६६ फैसला मितिः २०६०।१२।६ मुद्दाः जर्वजस्ती करणी । पुनरावेदक प्रतिवादी भारत कटिलर मनिहारपुर घर भै हाल कारागार शाखा मोरङ्गमा थुनामा रहेका नागेन्द्र साह भन्ने विन्देश्वर साह विरुद्ध प्रत्यर्थी वादीः वुद्धमाया तामाङ्गको जाहेरीले श्री ५ को सरकार § वारदात पश्चातनै यी प्रतिवादीको विर्य जस्तो भिजेको एवं रगतको दागहरु भएको कट्टु समेत वरामद भै उक्त वरामदी मुचुल्कामा यी प्रतिवादी स्वयं रोहवरमा वसेको अवस्था समेत देखिंदा यी प्रतिवादी विन्देश्वरी साहले पीडित १० महिनाकी वच्चीलाई जवर्जस्ती करणी गरेको होइन भन्ने अवस्था नदेखिने । § जवर्जस्ती करणीको महलको १० नं. बमोजिमको वादी दावीका सन्दर्भमा शुरुले प्रतिवादी नेपाली नागरिक नदेखिएको आधारमा उक्त दावी नपुग्ने गरी फैसला गरेकोमा पुनरावेदन अदालतवाट सो हदसम्म उल्टी गरी वादी दावी अनुसार प्रतिवादीको आधा अंश पीडितलाई भराई दिनु पर्ने ठहर्‍याएकोमा सो तर्फ प्रतिवादीले पुनरावेदन पत्रमा कुनै जिकिर पनि नलिएको र यि प्रतिवादीको नेपाल अधिराज्य भित्र रहेको चल अचल सम्पत्तिवाट भराउन मिल्ने नै हुँदा त्यसतर्फ केही विचार गर्न नपर्ने । (प्र.नं. २३ र २४) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री लिलामणी पौडेल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत विराटनगरवाट मिति ०५८।२।८ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादी पक्षवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :- २. २०५४।१२।२० गतेका दिन वुद्धिमाया तामाङनीकी छोरी १० महिनाकी शान्ति तामाङ्गलाई नागेन्द्र शाहले जवर्जस्ती करणी गरेको हुँदा पक्राउ गरी दाखेला गरेको छु भन्ने समेत व्यहोराको प्र.ह अम्वरवहादुर श्रेष्ठको मिति ०५४।१२।२० को प्रतिवेदन । ३. नागेन्द्र साहले लगाएको कपडा खोली हेर्दा भित्र लगाउने कटुको भित्रिभाग अगाडि पट्टी विर्यजस्तो भिजेको दाग र रगत लागेको प्रष्ट देखिएको भन्ने समेत व्यहोराको मौकाको वरामदी मुचुल्का । ४. पूर्व मुख भएको फुसको छानो २ कोठा भएको घरको दलानमा झोलुङ्गो झुण्ड्याएको र सो झोलुङ्गोमा वुद्धीमायाकी १० महीनाकी छोरी शान्ती तामाङ्ग सुताएको र सो अवस्थामा नागेन्द्र शाहले जवरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । ५. २०५४।१२।२० मा म आफ्नै घरमा थिएँ । नागेन्द्र शाह आएर मलाई दोकानवाट चुरोट ल्याई दिनु होस भन्दा ७,८ मिनेट टाढाको पसलमा गई फर्किएर आउँदा वच्चा रोएको सुनी दगुर्दै आउँदा निज नागेन्द्रले मेरी छोरीलाई वोकी भित्रवाट वाहिर आउदै गरेको देखी के भयो भनी सोध्न खोज्दा निज मेरी छोरीलाई भुईमा राखी भाग्न खोज्दा समाती हारगुहार गर्दा गाउँलेहरुले निजलाई समाती मेरी छोरीको योनीवाट भलभल रगत आई रहेको देखि जवरजस्ती करणी गरेको थाहा पाई प्रहरीमा खवर गरेको छु । सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वुद्धिमाया तामाङको जाहेरी दरखास्त । ६. घटनाको दिन खोला नुहाउन भनी जाहेरवालीको घरको वाटो हुदै जाँदा जाँड खाएर एकछिन वसे र चुरोट लिन जाहेरवालीलाई पठाएं । जाडले मातेकोले करणी गर्ने इच्छा भयो । निज पीडीत झोलुङ्गोमा रहेकोमा झिकी