निर्णय नं. ३७४९ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७४९ - जग्गा खिचोला भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/१२/०७ २३०७ निर्णय नं. ३७४९ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं. ८७५ फैसला भएको मिति : २०४५।१२।७।२ मा पुनरावेदक/प्रतिवादी : जिल्ला प्यूठान धर्मावती गा.पं. वडा नं. ३ तल्लो गेजवाङ बस्ने लंकबहादुर थापा क्षेत्री विरुद्ध प्रत्यर्थी/वादी : ऐ. ऐ. वडा नं. ४ बस्ने जुगबहादुर पाण्डे क्षेत्री मुद्दा : जग्गा खिचोला (१) सर्वोच्च अदालतमा अनुमतिको माध्यमबाट प्रवेश गर्न नमिल्नेमा अनुमति पाई पुनरावेदनको रुप धारण गरिसके तापनि जुन मुद्दामा अनुमतिको प्रश्नमा नै विचार गर्न मिल्दैन, त्यस्तो अवस्थाको पुनरावेदनमा विचार गरिरहन नपर्ने । (प्रकरण नं. १३) (२) पुनरावेदन सम्बन्धी व्यवस्था कति तहसम्म हुने वा कुन तह वा कुन अधिकारीलाई पुनरावेदन सुन्ने अधिकारी मान्ने भन्ने कुरा विधायिकाको अधिकार भित्रको भएको जुन कुरा विभिन्न ऐन अन्तर्गत विभिन्न निकायहरुको शुरु फैसला वा निर्णय उपरको पुनरावेदन लाग्न सक्ने व्यवस्था पनि विभिन्न अधिकारी समक्ष तोकिएको देखिएकै छ, यस्तो यस किसिमको पुनरावेदनको व्यवस्था हुनै पर्दछ भनेर अदालतबाट भन्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत फैसला न्या.रुद्रबहादुर सिंह १. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. माझकोट तालुक जिम्मा ०९८ सालको मोठमा कान्छा बाबु तकमान र दाजु चेतमानका नाउँमा दर्ता भएको पिपलटारी भन्ने खेत मुरी ।३० ऐ. पिपलटारी ।४० को खला १, डबरगाउँ पिपलटारी भन्ने खेत ।४० म.जा.खो. ।१३ बाँकी ।२७ को खला १ समेत ३ ठाउँमा दर्ता भएको दर्तामा चौकिल्ला नखुलेको पूर्व धर्मावती गंगा खोलोले छाडेको गडयल बगर हस्ते कुमाल समेतको खेत पश्चिम सु. गोविन्दबहादुरको छोरा प्रेमबहादुर समेतको खेत ।१५ र गोथलाको खेत उत्तर धर्मावती खोलो दक्षिण ताराबहादुर, गोविन्दबहादुर थापा समेतको खेत यी ४ किल्लाको एकै चकलाको खेत मुरी ।९७ दर्ता भएको दाजु चेतमानका भागको आधा खेत मुरी ।४८।१० मध्ये चेतमानबाट मैले अंश पाएको उक्त पिपलटारी भन्ने खेत ।३० मध्ये ।१५ मध्ये पूर्व कुलो र मेरै खेत पश्चिम दाजु चेतमान समेतको खेत उत्तर तेजबहादुरको खेत दक्षिण मेरै ।४० मध्येको खेत यो ४ किल्ला भित्रको खेत मुरी ।३।१५ को तिरो रु. १।७५ को, कित्ता १ उक्त पिपलटारी खेत मुरी ।४० मध्ये पूर्व कुलो पश्चिम चेतमान समेतको खेत उत्तर मेरो ।३० मध्येको खेत दक्षिण निज तेजबहादुरको खेत यति ४ किल्ला भित्रको खेत मुरी ।५ को तिरो रु. २।२५ को कित्ता १, डबर गाउँ पिपलटारी खेत ३ ठाउँ गरी ।४० म.जा.खो. ।१३ बाँकी ।२७ मध्ये ।१३।१० मध्ये पूर्व कुलो पश्चिम दाजु चेतमान समेतको खेत उत्तर दाजु चेतबहादुरको ।४० मध्ये ।२० को खेत दक्षिण विष्णुबहादुर के.सी. समेतको खेत यति ४ किल्ला भित्रको खेत मुरी ।३।७।४ को तिरो रु. १।५७।२ भएको कित्ता १ समेत तीनै कित्ता खेतमा मैले तिरो भरो गरी भोग चलन गरिआएको सो खेतहरुमा २०४१ साल बैशाख ३० गतेका दिन गोरु खेतमा लगी जोती धान रोपनी गरेको मैले देखी गई मेरो हकको खेतमा किन रोपनी गर्नु हुन्छ भन्दा यो मेरो छिटन भन्ने खेत हो, अब देखि यो खेतमा तपाइले भोगच